: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


मकवानपुरमा ९ प्रतिशत लाभग्राहिले पाए तेस्रो किस्ता

समाज 197 पटक पढिएको बिवश अधिकारी


मकवानपुरमा ९ प्रतिशत लाभग्राहिले पाए तेस्रो किस्ता


हेटौंडा, २८ चैत्रः २०७२ सालको महाभूकम्प र त्यसपछिका पराकम्पबाट प्रभावित लाभग्राही मध्ये मकवानपुरमा हालसम्म करीब ९ प्रतिशतले मात्र तेस्रो किस्ता राहत रकम प्राप्त गरेका छन् । महाभूकम्प गएको ३ वर्ष हुनै लाग्दासम्म विभिन्न कारणले अझै पनि करीव ९१ प्रतिशत भूकम्प प्रभावितले सरकारी अनुदान प्राप्त गर्न सकेका छैनन् । मकवानपुरमा महाभूकम्पका कारण घरवारविहिन भएका लाभग्राही घरधुरी संख्या ३१ हजार ८ सय १७ रहेको छ । जसमध्ये हाल सम्म २ हजार ८ सय ५२ जना लाभग्राहिले मात्र तेस्रो किस्ता प्राप्त गरेका छन् ।

जिल्ला पुनर्निर्माण सहजीकरण समितिको मंगलबार बैठक बसेको थियो । गुनासो फ¥छ्यौटपछि थप भएका लाभग्राहिको संख्या १ हजार ५ सय ७९ सहित कुल ३१ हजार ८ सय १७ रहेका छन् । जस मध्ये हालसम्म २४ हजार ८ सय ८७ लाभग्राहिले अनुदानका लागि सम्झौता गरेका छन् ।  मकवानपुरमा अझै पनि ६ हजार ९ सय ३० जना भूकम्प प्रभावित लाभग्राहिको अनुदान सम्झौता हुन बाँकि रहेको बताईएको छ । त्यस्तै मकवानपुरमा कुल सम्झौता भएका लाभग्राही मध्ये हालसम्म कुल २३ हजार ६ सय २९ जना लाभग्राहिले पहिलो किस्ता रकम प्राप्त गरेका छन् । जसमध्ये २२ हजार २ सय ११ जना लाभग्राहीले सरकारबाट र १ हजार ४ सय १८ जना लाभग्राहिले विभिन्न गैरसरकारी संस्था मार्फत पहिलो किस्ता प्राप्त गरेका छन् ।

कुल सम्झौता गरेका लाभग्राहि मध्ये मकवानपुरमा ९ हजार ७ सय ३ जनाले मात्र दोस्रो किस्ता अनुदान प्राप्त गरेका छन् । जस मध्ये सरकारबाट ८ हजार ६ सय ७४ र गैरसरकारी संस्था मार्फत १ हजार २९ रहेका छन् । मकवानपुरमा २३ हजार ९ सय ६१ भूकम्प प्रभावित लाभग्राहीको गुनासो सम्बोधन भएको छ । जसमध्ये ४ हजमर १ सय ५० प्रवलीकरण लाभग्राही रहेका छन् । जसमा १ हजार ९ सय ४४ जनाको प्रवलीकरण सम्झौता भएको र १ हजार ६ सय ७० जनाको प्रवलीकरणका लागि पहिलो किस्ता बुझिसकेको जानकारी दिईएको छ । अहिलेकै अवस्थामा पुनर्निर्माण हुने हो भने सरकारले ५ वर्षमा सम्पन्न गर्ने भनेको पुनर्निर्माण कार्य पुरा नहुने देखिन्छ । मकवानपुरमा भूकम्प पछिको पुनर्निर्माणमा विशेषगरी लालपुर्जाबिहिन लाभग्राही, स्थानान्तरण सम्बन्धी समस्या, नगरपालिकाबाट पास भएको र भूकम्प प्रतिरोधि भवन मापदण्डको समस्या लगायत कारणले गर्दा पुनर्निर्माण प्रक्रियामा ढिलाई भएको बताईएको छ ।

जिल्ला पुनर्निर्माण सहजीकरण समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख विनोद कुमार खड्का, जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद धिताल, भूकम्प पुनर्निर्माण प्रधिकारण मकवानपुरका प्रमुख सोमराज तिमल्सिना, जिल्ला आयोजना ईकाइका प्रमुख पुष्पराज अधिकारीको सहभागिता रहेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



वनकरियालाई ज्याकेट र सोलार

गढी संरक्षणमा प्रधानसेनापतीको चासो सेनाको टुकडी स्थापना गर्न स्थानीयको माग

सेवा प्रवाहका लागि सुधार योजना,जिल्लाको विकासमा प्रशासनको चासो

बसामाडी जेसीजमा पाण्डे

नगरभर फोहर फाल्ने कन्टेनर, डस्टबीन छैन, जथाभावी फोहर फाले नगरपालिकाले कारवाही गर्ने

बस्तीपुर जेसीजमा न्यौपाने

शनिबार लायन्सको फेलोसीप

मेलमिलाप परियोजनाले ५ हजार लाभान्वित

मकवानपुरे टोलीसँग यातायात मन्त्रीको भेट, थप बुझेर अघि बढ्ने मन्त्रीको आश्वासन
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     222
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277991 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top