+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

हेटौंडाको उपयुक्त विकल्प छैन



सम्पादकीय   11 पटक पढिएको   सम्पादकीय     
फेरी प्रदेश नम्बर ३ मा राजधानीको विषय चर्चामा आएको छ । प्रदेश संसदमा प्रतिनिधिहरुले केन्द्रको स्थायित्वका लागि आवाज उठाएका छन् । वाहिरबाट आएका सांसदहरुले बसोबासको व्यवस्था अझै गरेका छैनन् । उनीहरु हेटौंडामा केन्द्रले स्थायित्व पाउँदैन भन्नेमा ढुक्क देखिएका छन् । संसद वैठकमा प्रदेश नम्बर ३ को स्थायी राजधानीका लागि काभ्रे, नुवाकोट र भक्तपुरका लागि प्रस्ताव पेश भएका छन् । यी प्रस्ताव माथि पक्कै पनि छलफल हुनेछ ।



यदि मतदान भएमा हेटौंडामा नराख्ने भन्नेमा दुईतिहाई पुग्ला तर कुन ठाउँमा भन्ने विषय फेरी विवादित हुनेछ । हो यही अवस्थामा मकवानपुरको तर्फबाट विशेष भूमिका निर्वाह गर्नु आवश्यक छ । प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारका विषयमा मकवानपुर भन्दा उपयुक्त स्थान अरु कुनै पनि जिल्ला छैन । संघीय व्यवस्थामा आर्थिक चुनौती भईरहेका बेलामा प्रदेश केन्द्रका लागि थप व्ययभार किन सृजना गर्ने भन्ने प्रश्न सबै सांसदलाई सोध्नु पर्ने देखिन्छ । प्रदेश सांसदहरुले नेपालको आर्थिक अवस्था नबुझेका हुन् वा नबुझे झैं गरेका छन् ? हालै अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको श्वेतपत्रले देशको ढुकुटी नै रित्तो भएको उल्लेख छ । यस्तो रित्तो ढुकुटीमा प्रदेश केन्द्र सारेर थप व्ययभार किन पार्ने भन्ने प्रश्नमा पनि सांसदहरु गम्भीर हुनै पर्दछ ।

केन्द्र सार्नका लागि भन्दै संसदमा प्रस्ताव नै दर्ता भईसक्दा समेत मकवानपुरको तर्फबाट कुनै पनि आधिकारिक प्रतिक्रिया आएको छैन । कुनै दल, भातृ संंगठन, पेशागत संघ वा नागरिक समाज, उद्योगी, व्यवसायीका संघ, संगठन ढुक्कले बसेका छन् । यस्तै संसद र सडकको जिम्मेवारीमा रहेको विपक्षी वा सत्तापक्षीय कुनै पनि दलका सांसदहरुका प्रतिक्रिया आएका छैनन् । पार्टीका भातृ संस्थाहरु खै ? के उनीहरु पनि पार्टीको पिछलग्गुकै भूमिकामा रहने हो वा नागरिकप्रतिको जिम्मेवारी पुरा गर्ने हो ? जसरी आयो त्यसै गरी पठाउने हो भने जिल्लाका सबै पक्ष चुपचाप बसे भैगयो, होईन भने सडक र सदनमा किन हेटौंडाको पक्षमा आवाज उठिरहेका छैनन् । यस्तै निजी क्षेत्रमा ठूल ठूला संगठनहरु क्रियाशील छन् । तर उनीहरुको पनि भूमिका देखिएको छैन । हेटौंडालाई नै स्थायी केन्द्र नतोकेसम्म व्यवसायीहरुले आफ्नो क्षेत्रबाट दवाव दिनु पर्दछ । यातायात क्षेत्र होस वा उद्योग प्रतिष्ठान तथा मजदुर सबै अगाडि आउनै पर्दछ ।

यसैक्रममा मकवानपुर जिल्लाबाट औपचारिक छलफल सुरु भएको छ । जिल्ला समन्वय समितिले प्रदेशको राजधानी हेटौंडामा नै किन नहुने भन्ने विषयमा सरोकारवाला पक्षबीच छलफल गराएको छ । जिल्ला समन्वय समितिका प्रमुखकै अध्यक्षतामा भएको वैठकले हेटौंडा नै प्रदेश केन्द्रको उपयुक्त ठाउँ भएको निश्कर्ष निकालेको छ । स्थानीय तहका प्रमुखदेखि प्रदेश संसदका सदस्यहरुको उपस्थितिमा भएको छलफलले केन्द्र हेटौंडामा नै हुनुपर्ने ठहर गरेका छन् । तर, हेटौंडामा स्थापना भइसकेको केन्द्रलाई अन्यत्र जान नदिनका लागि कुनै योजना देखिँदैन । काठमाडौं वा सोसँगै प्रदेश केन्द्र चाहिने हो भने त केन्द्रीय राजधानी छँदै थियो, किन संघीय व्यवस्था गरिएको भन्ने प्रश्नको जवाफ माग्नु पर्दछ । आम नागरिकबाट उठाईएका प्रश्नको सही जवाफ हेटौंडामा हुँदैन भन्नेहरुसँग पनि छैन । तर, सांसदहरुलाई आउन जान समस्या भएको वहानामा प्रदेश केन्द्र जस्तो विषय चलाउनु हुँदैन । एउटा केन्द्र चलाउँदा अन्य प्रदेशमा पनि फेरी विवाद बल्झने पक्का छ । त्यसैले हेटौंडामा नै प्रदेश केन्द्र रहनु नै उपयुक्त देखिन्छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वहुप्राविधिक महाविद्यालयको निर्माणमा मुख्यमन्त्रीको अग्रसरता/ कात्तिक १ बाट रुख कटान

    हेटौंडा, ३१ असारः नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण कार्यको लागि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता देखाउनुभएको छ । महाविद्यालयको विषयमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितीमा नेपाल स्थित भारतिय राजदुतावासका पदाधिकारी, सिटिईभिटीका पदाधिकारी, प्रदेशका सचिवहरु सहितको टोलीबीच शनिबार छलफल भएको थियो ।
    शिक्षा
    14     समाज संवाददाता
  • मानन्धरको आँखाको नानी संकलन

    हेटौंडा, ३० असारः नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मान्नधरको आँखाको नानी शनिबार संकलन गरिएको छ ।
    स्वास्थ्य
    56     समाज संवाददाता
  • कुखरेनीमा नयाँ सम्मवेल

    हेटौंडा, ३१ असारः हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीमा खानेपानीको लागि नयाँ सम्मवेल संचालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो सेवा क्षेत्रभित्र खानेपानीको थप स्रोत वृद्धि गर्ने उद्धेश्यले नयाँ सम्मवेल निर्माण गरी शनिबारबाट संचालनमा ल्याएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतले सम्मवेलको उद्घाटन गर्नु भएको थियो ।
    समाज
    104     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • महासन्धीमा हस्ताक्षर गर्न आग्रह

    समाज संवाददाता हेटौंडाः मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारलाई ‘बलपूर्वक वेपत्ता पारिएका सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६’ मा हस्ताक्षर गरी नेपाललाई उक्त महासन्धीको पक्ष राष्ट्र बन्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय वेपत्ता दिवसको दिन मंगलबार इन्सेकले ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ । मकवानपुरमा पनि इन्सेक प्रतिनिधी प्रताप विष्टले मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्नुभएको छ ।
    राजनीति
    99    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top