+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

नदिजन्य वस्तु उत्थनन्को पुनः अनुगमन गरिने



समाज   171 पटक पढिएको        
हेटौंडा, ३ बैशाखः नदिजन्य वस्तुको उत्खनन्का विषयमा जिल्ला अनुगमन समितिको आइतबारको बैठकले अघिल्लो उपसमितिको प्रतिवेदनमा कमि कमजोरी देखाउँदै पुनः अनुगमन गर्ने निर्याय गरेको छ ।



बैठकले नदीजन्य पदार्थमा आधारित उद्योगहरुले डम्पीङ गर्ने नदीजन्य पदार्थ आफ्नो स्वामित्वमा रहेको जग्गा वा भाडामा लिएको जग्गामा राख्नुपर्ने सो बाहेक सार्वजनिक, पर्ति जग्गामा राखेको भए तत्काल हटाउन लगाउने निर्णय गरेको छ । त्यस्तै बैठकले दर्ता भएका बालुवा उद्योगहरुलाई मापदण्ड पु¥याई संचालन गर्न लगाउने तथा दर्ता नभई संचालित उद्योगहरुलाई हटाउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको क्षेत्रको हकमा तोकिएको विधि, परिमाण बमोजिम तथा स्वीकृत नभएको क्षेत्रबाट संकलन भए, नभएको नियमित रुपमा अनुगमन गरी ७/७ दिनमा प्रतिवेदन बुझाउने गरी जिम्मेवारी तोकिएको छ । नदीजन्य पदार्थको व्यवस्थापन कार्यमा सम्बन्धित स्थानीय तहको जिम्मेवारी एवम् अधिकार सुनिश्चित गर्नका लागि समबन्धित स्थानीय तहलाई वातावरणीय प्रभाव मूल्याङ्कन गरिएका क्षेत्रको जानकारी उपलब्ध गराउने तथा उत्खनन्सं/कलन कार्यको प्रभावकारी अनुगमन कार्यका लागि समेत अनुरोध गरी पठाउने निर्णय भएको छ । जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेको दरभन्दा बढी मुल्यमा नदिजन्य पदार्थ बिक्रिवितरण गरेको पाईएमा आवश्यक कारवाहि अघि बढाउने निर्णय गरेको छ ।

ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रल्हाद धिताल, मकवानपुरका प्रहरी उपरीक्षक विकास राज खनाल, सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेशका अमर खत्री तथा आमन्त्रीत सदस्यका रुपमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, नेकपा एमालका तर्फबाट एकालाल श्रेष्ठ, नेपाली कांग्रेसका राजीव सुवेदी र माओवादी केन्द्रका तर्फबाट कमान सिंह पाख्रिनको सहभागिता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    107     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top