+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

गाउँपालिका अध्यक्षका छोरा सरकारी विद्यालयमा



शिक्षा   5 पटक पढिएको   समाज संवाददाता     
छतिवन, ३ बैशाखः बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्ना छोरालाई सरकारी विद्यालयमा भर्ना गर्नुभएको छ । विद्यार्थी भर्ना अभियानमा सक्रिय हुन केन्द्र र प्रदेश सरकारले अपील गरिरहेका बेला मकवानपुरमा भने स्थानीय सरकार प्रमुखले आफ्नो छोरालाई सरकारी विद्यालयमा भर्ना गरेर सरकारी शिक्षामा सुधारका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेका छन् ।

गाउँपालिका अध्यक्षका छोरा सरकारी विद्यालयमा


बकैया गाउँपालिकाका अध्यक्ष खनालले बकैया–४ स्थित महेन्द्र नमुना माविमा कक्षा ८ मा छोरालाई भर्ना गर्नुभएको छ । खनालले कान्छा छोरा प्रज्वल खनाललाई महेन्द्र नमूना माविमा भर्ना गरेर गाउँपालिकामा भर्ना अभियानको सुरुवात गर्नुभएको विद्यालयका प्रधानाध्यापक नारायण चापागाईंले बताउनुभयो । बकैयाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना अभियान सुरु भएको छ । गाउँपालिका अध्यक्ष खनालले सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र व्यवस्थापन समितिलाई कुनैपनि बालबालिका भर्नाबाट बन्चित हुनु नपर्ने गरी अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले गाउँपालिकाको शिक्षा समितिलाई भर्ना अभियानलाई प्राथमिकता दिन निर्देशन दिएको बताउनु भयो । बकैयामा २ श्रोत केन्द्रमा ५० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालय सन्चालनमा छन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top