: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


भर्ना अभियानको सार्थकता

सम्पादकीय 16 पटक पढिएको सम्पादकीय




यतिबेला बालबालिकाहरुलाई विद्यालयमा भर्ना अभियान सुरु भएको छ । यसपटक राज्यकै तर्फबाट बालबालिकालाई विद्यालय पु¥याउन विशेष पहल गरेको छ । स्थानीय तहका सबै जनप्रतिनिधिहरुले विपन्न परिवारको कम्तिमा एकजना बालबालिकाको अभिभावकत्व लिनुपर्ने भन्दै सरकारले निर्देशन नै दिएको छ ।

आर्थिक अभावका कारण विद्यालय जान नपाएका बालवालिकाहरुका लागि सरकारले गरेको यस्तो प्रयासमा स्थानीय जनप्रतिनिधिहरुले पक्कै पनि सहयोग गर्नु कर्तव्य र जिम्मेवारी हो । ३ लाख भन्दा बढी बालबालिकाहरु विद्यालय जानबाट वन्चित भएका छन् भने ८८ हजार भन्दा धेरै बालबालिकाले विद्यालय नै देख्न नपाएको शिक्षा विभागको तथ्याङ्कले देखाएको छ । यस्तो भयावह परिस्थितिको अन्त्य गर्ने जिम्मेवारी राज्यका निकायका अतिरिक्त सबै नागरिकको कर्तव्य पनि हो । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक जनाको अभिभावकत्व लिनुभएको छ । प्रधानमन्त्रीको यो अभियानले देशका कुनै पनि बालबच्चाहरु शिक्षाबाट वन्चित नहुन भन्ने सन्देश प्रवाह गरेको छ ।

अभिभावकत्व लिनु भनेको उनीहरुलाई भर्ना गरेर झारा टार्नेमात्र होईन । आवश्यक पर्ने एक वर्षको विद्यालय पोशाक समेत उपलव्ध गराउनु पर्ने छ । शिक्षा मन्त्रीले पनि विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग, क्षेत्र र समुदायका शिक्षाबाट बन्चित एकजना बच्चालाई विद्यालय पु¥याउने जिम्मा लिन सबैलाई आग्रह गरेका छन् । आफ्ना समुदायमा रहेर आर्थिक अवस्थाका कारणले विद्यालय जान नपाएकाहरुलाई जो सुकैले पनि सहयोग गर्न सक्ने छन् । विद्यार्थीको अविभावकत्व लिनेले एक वर्ष स्टेसनरी, पोसाक र दिवा खाजाको प्रबन्ध गरे अर्को वर्षदेखि विद्यार्थीको सम्पूर्ण खर्च मन्त्रालयले नै व्यहोर्ने नीति लिएको छ । यता ३ नम्बर प्रदेशका मुख्यमन्त्रीले पनि भर्ना अभियानमा संलग्न हुन सबैसँग अपिल गर्नुले प्रदेश सरकारको चासोलाई प्रष्ट्याएको छ । जुनसुकै अवस्थामा पनि भर्ना अभियानलाई प्रदेशभर नै प्रभावकारी बनाउन स्थानीय तहका प्रतिनिधि, सांसद, मन्त्री, प्रशासक तथा उद्योगी, व्यवसायी सबैको इमान्दारीपूर्वक सक्रिय सहभागिताको खाँचो छ । विगतमा पनि यस्तै गरी भर्ना अभियान सन्चालन हुने गरेका थिए । ती अभियान केवल औपचारिकतामा मात्र सीमित देखिए । यसपटक भने त्यस्तो नहोस् भन्ने कुरामा सबै सचेत र इमान्दार हुनै पर्दछ ।

कमजोर आर्थिक अवस्था भएकाहरुलाई जस्तोसुकै शैक्षिक वातावरण भए पनि कुनै फरक पर्दैन । त्यसैले उनीहरु विद्यालय नै जाँदैनन् र सुरुमा भर्ना भईहालेमा पनि आयमा जोडिनु पर्नेभएकाले छोड्नु पर्ने बाध्यतामा छन् । त्यसैले विपन्न परिवारका बालबालिकाहरु विद्यालय जानबाट वन्चित हुँदै आएका हुन् । यसपटक भने उनीहरुलाई आर्थिक भार नपर्ने गरी विपन्न परिवारका छोराछोरीको पढाईको जिम्मेवारी लिइदिनका लागि सक्षम नागरिकसँग राज्यले अपील गरेको हो । दैनिक रुपमा दशौं हजार फजुल खर्च गर्नेहरुको जमात देशका मुख्य सहरहरुमा ठूलो छ । उनीहरुले एक दिनको फजुल खर्चलाई यस्ता परिवारका नानीहरुको शिक्षामा खर्च गरिदिए मात्र पनि शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिकाहरुले वन्चित हुनु पर्ने छैन । भर्ना दर सत्प्रतिशत पु¥याउने राज्यको लक्ष्यमा सबै नागरिकको हातेमालो आवश्यक छ । भर्ना मात्र पनि पर्याप्त छैन । निरन्तर विद्यालयमा उपस्थित हुने वातवरण बनाउन सक्नु पनि चुनौतीको विषय हो । भर्नापछि विद्यालय छोड्ने प्रवृत्तिको अन्त्य गर्न सकिए मात्र भर्ना अभियानको सार्थकता हुने छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     222
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277983 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top