: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समाज 10 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ३ बैशाखः नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरले ३ नम्बर प्रदेशका मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । सरकारले आदिवासी जनजातिहरुको महत्वपूर्ण पर्वहरुमा विदा कटौती गरेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल आदिवासी जनजाति जिल्ला महासंघ जिल्ला समन्वय समन्वय परिषद् मकवानपुरका अध्यक्ष तीर्थ बहादुर थापाले मुख्यमन्त्री डोरमणि पौडेले मार्फत ज्ञापनपत्र बुझाउनुभएको हो । विदा कटौतीको निर्णयमा पुनरावलोकनको माग गर्दै ज्ञापनपत्रमा प्रदेशको नामाकरण पहिचान सहितको हुनुपर्ने, काठमाडौंमा सरकारले भत्काइरहेको साँस्कृतिक सम्पत्तिलाई तुरुन्तै रोक्नु पर्ने, संविधानमा उल्लेख भएको धर्मनिरपेक्ष राष्ट्रमा विभिन्न जनजातिका क्रियाकलापलाई कानुनी मान्यता दिनुपर्ने लगायतको मागहरु रहेका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय स्तरबाट हुने निर्णय भएकोले आफुले आइतबार नै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाउने बताउनुभएको थियो ।

त्यस्तै आइतबार नै तमु ह्युल छोँज धीं (गुरुङ राष्ट्रिय परिषद्) को ३ नम्बर प्रदेश समितिले पनि मुख्यमन्त्रीलाई महत्वपूर्ण चाडपर्वका बिदा कटौति गर्ने निर्णयमा पुनरावलोकन गरियोेस् भन्दै ज्ञापनपत्र बुझाएको छ । तमु ह्युल छोँज धीं ३ नम्बर प्रदेशका अध्यक्ष धर्मराज (राजु) गुरुङ र प्रदेश प्रमुख सन्तलाल गुरुङले संयुक्त रुपमा मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     222
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277984 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top