: +०५७-५२६८३०, ९८५५०-६८२२७

खेलकुद


भलिबलमा १० टिमको सहभागिता

खेलकुद 6 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ४ बैशाखः बसामाडी जेसीजको आयोजनामा आज मंगलबारबाट हुने स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०७५ मा १० टिमको सहभागिता रहने भएको छ ।

सहभागी १० टिमलाई लिग–कम–नकआउट प्रणालीमा खेल सञ्चालन गर्ने गरी सोमबार खेल तालिका तयार पारिएको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग चरण खेलाएपछि नकआउट प्रणालीमा खेल खेलाइनेछ ।

सहभागी टिममध्ये समूह ‘क’ मा विनयबाबु स्मृति क्लब, छतिवन गाउँपालिका र केवशलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको टिम रहेको छ । समूह ‘ख’ मा सान्नानटार र युग प्रकाश क्लब रहेको छ । समूह ‘ग’ मा हटिया स्पोर्टस एकेडेमी, हुप्रचौर टिम र माउन्टेन भ्यु भलिबल टिम रहेको छ । समूह ‘घ’ मा पदमपोखरी र नेपाल रेडक्रस सोसाइटी मकवानपुरगढी गाउँपालिकाको टिम रहेको छ । आज मंगलबार र भोलि बुधबार समूह चरणका खेल हुने र बिहिबार र शुक्रबार नकआउट चरणका खेल सञ्चालन गर्ने गरी खेल तालिका तयार पारिएको बसामाडी जेसीजका अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो । हुप्रचौरमा हुने प्रतियोगिताभर कुल १३ खेल हुनेछ । 





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277893 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top