: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह


सरकारी साधन, निजी नम्बर प्लेट

स्थानीय तह 7 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ४ बैशाखः हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको चालु अवस्थाका सानाठूला गरी ४३ वटा सवारी साधनमध्ये अधिकांश सवारी साधन निजी सम्पत्तिको रुपमा प्राइभेट नम्बर प्लेट राखेर चलाइरहेको छ । सरकारी स्वामित्वको सवारी साधनको नम्बर प्लेट सेतो पृष्ठभूमिमा रातो अक्षरले सवारी नम्बर लेख्नुपर्ने हुन्छ । तर, हेटौंडा उपमहानगरपालिकाको अधिकांश सवारी साधनमा निजी सवारी साधनको रुपमा सञ्चालित छ ।

उपमहानगरका कर्मचारीका अनुसार माओवादी द्वन्द्वकालमा सुरक्षाको दृष्टिकोणले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राख्न सुरु गरिएको थियो । सरकारी साधनमाथि आगजनी, आक्रमण गर्ने, कर्मचारी नै असुरक्षित हुने चुनौतिका कारण सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखिने गरेको हो । तर, तत्कालिन विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारको नेतृत्व गरिसक्दा द्वन्द्वकालिन समयमा सुरक्षाका दृष्टिले गरिएको वैकल्पिक व्यवस्था अझै कायमै छ । हेटौंडा उपमहानगरपालिकामा मात्रै नभई देशभर सरकारी स्वामित्वका हजारौं सवारी साधन निजी नम्बर प्लेट राखेर चलिरहेको कर्मचारी नै स्वीकार्छन् । ‘तत्कालिन द्वन्द्वको समयमा सुरक्षाका दृष्टिले गरिएका काम सुधार्नु पर्ने भए पनि त्यसो हुन सकेको छैन’, हेटौंडा उपमहानगरका एक कर्मचारीले भने, ‘तर, यसप्रति कसैले चासो देखाउन सकेको छैन ।’

हेटौंडा उपमाहानगरपालिकाको स्वामित्वमा रहेका सवारी साधन मध्ये हाल ६ वटा मोटरसाईकल र एउटा जिप बाहेक सबै सवारी साधन रातो नम्बर प्लेटमा संचालित रहेको छन् । उपमहानगरपालिकामा हाल चालु अवस्थाका २९ वटा वटा मोटरसाईकल मध्ये २३ वटा रातो नम्बर प्लेटमै संचालन भईरहेका छन् । त्यस्तै उपमहानगरपालिकामा ट्रिपर दुईथान, ट्याक्टर, ट्रक सक्सन पम्प, ट्रक जटिङ मेसिन, टाटा सुमो (भिक्टा), टाटा टेल्को लाईन, व्याकहो लोडर, जीप, टाटा सुमो, व्याक हो लोडर एक/एक वटा रहेकोमा सबै रातो नम्बर प्लेटमै संचालनमा रहेका छन् । यातायात व्यवस्था कार्यालय नै नम्बर उपलब्ध नगराउने भएकोले उपमहानगरका ग्रेडर, रोलर, बारुण यन्त्र दमकल, भने नम्बर प्लेट बिनानै संचालनमा रहेका छन् । 

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सवारी साधनहरु पहिलेदेखि नै रातो नम्बर प्लेटमै संचालन हुँदै आएकोमा त्यसलाई व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनुभयो । मेयर महतले भन्नुभयो, ‘उपमहानगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको त छैन तर पनि यसलाई के गर्ने भन्ने बारेमा हामीले विचार गरिरहेका छौं ।’ उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले द्वन्द्वकालमा हेटौंडा उपमहानगरपालिकाको सवारी साधनको नम्बर प्लेट परिर्वतन नगरिएको बताउनुहुन्छ । उपमहानगरपालिकाको मातहतमा रहेका सवारी साधनहरु रातो नम्बर प्लेटमा संचालन भईरहेको स्वीकार गर्दै सो सवारी साधनहरु नगरपालिकाको नाममा रहेको र नम्बर परिवर्तन नभएको बताउनुहुन्छ । हाल रातो नम्बर प्लेटमा रहेका सवारी साधनको हकमा चाँडै नै व्यवस्थापन गर्ने बताउनुभयो ।

यातायात व्यवस्था कार्यालयले एक पटक सेतो नम्बर प्लेट बनाउनुपर्ने भनेर केहि सवारी साधनको नम्बर प्लेट सेतो बनाईएको बाहेक सबै सवारीसाधनहरु रातो प्लेटमै संचालनमा रहेको उपमहानगरपालिकाका अधिकारीको भनाइ छ । उपमहानगरपालिकामा स्थलगत रुपमा नगरका विभिन्न स्थानमा पुग्नुपर्ने भएकोले रातो नम्बर प्लेट राखिए पनि दुरुपयोग नभएको कर्मचारीहरुको जीकिर छ ।






कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284161 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top