+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

जिल्ला प्रथम विद्यार्थीलाई १ लाख पुरस्कार



शिक्षा   168 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ४ बैशाखः हेटौंडास्थित एक निजि कलेजले कक्षा ११ मा जिल्ला प्रथम हुने विज्ञान संकायका विद्यार्थीलाई १ लाख १ रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ । हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले २०७४ सालको कक्षा ११ को वार्षिक परीक्षामा ३.७५ जीपीएसहित जिल्ला प्रथम हुन सफल सुशान्त राज साहलाई नगद १ लाख १ रुपैयाँसहित टीकादेवी जोशी स्मुति पुरस्कार–२०७५ प्रदान गरिएको छ । यस्तै समान ३.७० जीपीएसहित जिल्ला द्वितीय हुने विविश चौलागाई र युकेन श्रेष्ठलाई जनही ३७ हजार ५ सय १ रुपैयाँसहित टीकादेवी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला प्रथम विद्यार्थीलाई १ लाख पुरस्कार


म्यानेजमेन्टले यसै वर्षदेखि जिल्ला प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गर्न सुरु गरेको हो । यस्तै व्यवस्थापन संकायमा जिल्ला प्रथम गौरव दाहाल (३.६८ जीपीए) लाई ५० हजार १ रुपैयाँ, जिल्ला द्वितीय मुकेश सिंह (३.६७ जीपीए) लाई २५ हजार १ रुपैयाँ र कलेजमा तृतीय हुन सफल जीवन निरौला (३.६० जीपीए) लाई १५ हजार १ रुपैयाँसहित पुरस्कृत गरिएको छ । म्यानेजमेन्टबाट दश जोड दुई तह उत्तीर्ण गरी स्नातक तहमा त्रिभुवन विश्वविद्यालयबाट मेकानिकल ईन्जिनियरिङतर्फ विश्वविद्यालय प्रथम हुँदै स्वर्ण पदक प्राप्त गर्ने आयुष पराजुली, स्नात्तकोत्तर तहमा विपद् जोखिम व्यवस्थापन विषयमा विश्विद्यालय उत्कृष्ट भई स्वर्ण पदक प्राप्त गर्ने सुरज गौतम र चिकित्साशास्त्र विषयमा स्नातक अध्ययन पूरा गरेकी डा. साधना पौडेललाई जनही २० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । 

शिक्षण सेवाबाट निवृत्त हुनुभएका हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले आमा टीकादेवी जोशीको स्मृतिमा हरेक वर्ष शिक्षा, खेलकुद, पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको छ । आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसीको तिथिमा जोशीले पुरस्कार वितरण गर्नुहुन्छ । यस वर्षदेखि भने जोशीले आफ्ना कलेजबाट कक्षा ११ र १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गर्न सुरु गर्नुभएको हो । आगामी वर्षबाट स्नातक र स्नात्तकोत्तर तहमा पनि उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गर्ने बताउनुभयो । 

जोशीले यसवर्ष शिक्षातर्फ गोकुल लाल श्रेष्ठ, साहित्यतर्फ निमेष निखिल, पत्रकारितातर्फ सरिता शशी र खेलकुदतर्फ राधिका ब्लोनलाई जनही २० हजार १ रुपैयाँसहित टीकादेवी जोशी स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ । श्रेष्ठ सेवा निवृत्त शिक्षक हुनुहुन्छ भने निखिल साहित्य संगम मकवानपुरका अध्यक्ष एवम् नेपाली भाषा साहित्यका प्राध्यापक हुनुहुन्छ । शशी नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा साप्ताहिक पत्रिकाकी प्रकाशक सम्पादक हुनुहुन्छ भने ब्लोन आर्चरी खेलकी अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ । जोशीले सेवानिवृत्त हुनुभएपछि प्राप्त गर्नुहुने निवृत्तीभरण वापतको रकमबाट आमाको सम्मानमा पुरस्कार प्रदान गर्न सुरु गर्नुभएको हो । प्रभावकारी शिक्षामा आमाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुहुँदै जोशीले आमाको सम्मानमा विद्यार्थी र समाजलाई प्रेरणा प्रदान गर्न पुरस्कार स्थापना गर्नुभएको बताउनुभएको छ । पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, जिल्ला शिक्षा अधिकारी बद्रि नारायण भट्टराई, साहित्यकार भूपिनको पनि उपस्थिति रहेको थियो । भूपिनले आमाको सन्दर्भमा लेख्नुभएको ‘विश्व सुन्दरी’ शीर्षकको कविता वाचन गरेर सुनाउनु भएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • वैठक भत्ता मात्रै २ करोड ७५ लाख

    हेटौंडा, ३२ असारः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको हो ।
    राजनीति
    56     अमृत चिमरिया
  • ताप्लेजुङ सेमिफाईनलमा

    हेटौंडा, ३२ असारः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनल खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    1     समाज संवाददाता
  • मकवानपुरका मुक्तानलाई स्वर्ण

    हेटौंडा, ३२ असारः भारतमा भएको ‘माल्दा वेस्ट बङ्गाल इन्भिटेशन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१८’को गेरुगी प्रतियोगिता ७८ किलो तर्फको खेलमा मकवानपुरका ओम कुमार मुक्तानले स्वर्ण पदक हासिल गरेका छन् ।
    खेलकुद
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • बिलखबन्दमा भूकम्प पीडित

    २०७२ सालको भूकम्प जति पीडादायक रह्यो त्यो भन्दा बढी पीडादायक छ ती पीडितमाथि सरकारले गरिरहेको बेवास्ता । सरकार भूकम्प पीडितलाई राहत दिने घोषणा गर्छ । अझ सरकार परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्रीको घोषणा अनुदान बढाउने, छिटो काम गर्ने, जनताको ओँठमा हाँसो ल्याउने । नयाँ सरकारले घोषणाअनुसार काम गर्दैन, जनता फेरि निराश । भूकम्पले घर गुमाएका लाखौं जनताले केही समयअघि सरकारको पहिलो किस्ता अनुदान रकम पाए । दसैंको मुखमा ५० हजार रुपैयाँ पाएका भूकम्प पीडित मध्ये कतिपयले दसैंमा नै त्यो पैसा खर्च गरेका छन् । केहीले साँचेर दसैं, तिहार, छठ पछि घर बनाउन सुरु गरे ।
    विचार
    99    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top