: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


कांग्रेसलाई बहुमत नदिलाई बिश्राम लिन्नः देउवा

राजनीति 12 पटक पढिएको समाज संवाददाता


कांग्रेसलाई बहुमत नदिलाई बिश्राम लिन्नः देउवा


हेटौंडा, ४ बैशाखः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई बहुमत नदिलाएसम्म विश्राम नलिने घोषणा गर्नुभएको छ । ३ नम्बर प्रदेश स्तरीय तरुण दलको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सोमबार हेटौंडामा सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा पार्टी भित्रैको अन्तरघातले पराजित हुनुपरेको बताउनुभयो । उहाँले पार्टीभित्रकै अन्तरघातका कारण २० सिट घटेको भन्दै अन्तरघातीलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

ओली सरकारको कडा आलोचना गर्दै पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओली लम्पसारवादी भएको र नेपालको एकमात्र राष्ट्रवादी पार्टी नेपाली कांग्रेस भएको जीकिर गर्नुभयो । उहाँले नेपाली कांग्रेसलाई संकट परेको बेला तरुण दलले यस्तो प्रशिक्षण कार्य राख्नु अत्यन्तै सान्दर्भिक भएको बताउनुभएको थियो । सभापति देउवाले विगतमा धेरै लँडाई लडेर आएको कांग्रेसलाई वाम गठवन्धनले केही गर्न नसक्ने दावी समेत गर्नुभयो । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले साम्यवादीहरु संसारबाट नै सकिने अवस्थामा नेपालमा वृद्धि भएकोले तरुण दललाई डटेर सामना गर्न निर्देशन समेत दिनुभएको छ । उहाँले संसारबाट मृत भइसकेको कम्युनिष्टको नाममा लुट्नेहरुको एकताले कांग्रेस नडराउने बताउनुभयो ।

तरुणहरु अब वौद्धिक रुपमा पनि शक्तिशाली बन्नुपर्ने सुझाव पनि डा. महतको थियो । त्यस्तै तरुण दलका पूर्व अध्यक्ष तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले हेटौंडालाई नै ३ नम्बर प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने बताउनुभएको छ । देउवा सरकारले नै हेटौंडालाई प्रदेशको राजधानी ल्याएको हुनाले यसलाई स्थायी बनाउनु पर्नेमा प्रदेश सदस्यहरुले ध्यान दिनुपर्ने बताउनुभएको हो । खाँडले प्रधानमन्त्री ओलीले सबै शक्ति आफु केन्द्र्रित गर्नु अधिनायकवादको संकेत भएको समेत बताउनुभएको थियो । 

प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश शरण महतले अबको ५ वर्षमा राज्यको सबै तहमा नेपाली कांग्रेसको नेतृत्व हुने बताउनुभएको थियो । उहाँले कम्युनिष्टहरुको जस्तै कांग्रेसको पनि मिडियामा लगानी बढाएर प्रचार गर्न आवश्यक रहेको समेत बताउनुभएको हो । महतले कांग्रेसीहरुको आन्तरिक असहयोगले वाम गठवन्धनलाई सहयोग हुने हुँदा यस्तो कुरमा सजग हुन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, लक्ष्मी परियार, रामकृष्ण यादव, महेन्द्र यादव, तरुण दलका पुर्व अध्यक्ष तथा पुर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, पुर्वअध्यक्ष विनोद कायस्थ, ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा पुर्व गृहराज्यमन्त्री इन्द्र बहादुर बानियाँ, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, राष्ट्रिय सभा सदस्य धन खतिवडा, नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति तथा तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष रघुरमण न्यौपाने सहित डेढ दर्जन भन्दा बढि नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण उद्घाटन कार्यक्रमको सभाध्यक्षता नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले गर्नुभएको थियो । प्रशिक्षण आज मंगलबार सम्म चल्ने छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284154 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top