: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह


मेलमिलापकर्ता र वडा सचिवहरुलाई अभिमुखीकरण

स्थानीय तह 16 पटक पढिएको समाज संवाददाता




हेटौंडा, १० बैशाखः हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले आइतबार न्यायिक समिति कार्यविधि ऐन–२०७४ का विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । समितिले उपमहानगरपालिका क्षेत्र भित्र मेलमिलापकर्ताको रुपमा काम गर्नका लागि आवेदन दिएका व्यक्तिहरु तथा वडा सचिवहरुका लागि कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीलाई मेलमिलापकर्ताले गर्नुपर्ने काम तथा मेलमिलाप गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी प्रदान गरिएको छ । न्यायिक समितिले हेटौंडा उपमहानगरपालिका १९ वटै वडाबाट मेलमिलापकर्ताका लागि आवेदन दिएका ६८ जना र वडा सचिवहरु १९ जनालाई अभिमुखीकरण प्रदान गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता मुकुन्द अधिकारी, कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का अधिवक्ता जगन्नाथ सुवेदी र जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका जिल्ला न्यायाधीवक्ता हरिप्रसाद भट्टले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले न्यायिक समितिको गठन, समितिले कार्य सम्पादन गर्न उपमहानगरपालिकाले जारी गरेको न्यायिक समिति कार्यविधी ऐन–२०७४ ले गरेको व्यवस्था र निर्णय एवम् मेलमिलापको कार्यान्वयन सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । त्यस्तै मेलमिलापकर्ताको भूमिका तथा न्यायसम्पादन पद्दतिका विषयमा सहभागिहरुलाई सेलर्डका अधिवक्ता जगन्नाथ सुवेदीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका जिल्ला न्यायाधीवक्ता हरिप्रसाद भट्टले विवादको उठान र निरुपणका विषयमा सहजीकरण गर्नुभएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको सचिवालयको आयोजनामा मेलमिलापकर्तालाई सूचीकृत गराउन अभिमुखीकरणको आयोजना गरिएको हो । सुचीकृत भएका मध्येबाट उपमहानगरपालिकाको सभाबाट पास भएपछि मात्र समाजमा गएर न्याय समिति कार्यविधि ऐन २०७४ द्वारा तोकिएको न्याय सम्पादन गर्न पाउने छन् । कार्यविधिमा न्याय समितिले १३ र मेलमिलापकर्ताले ११ वटा गरी २४ वटा मुद्दा हेर्न पाउने भनी निर्दिष्ट गरिएको छ । उपमहानगरपालिकाको न्यायिक समितिका सदस्य ईन्द्र नेपालको सभाअध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य बेगम बराल, वित्त तथा सामान्य प्रशासन महाशाखा प्रमुख डा. शंकर प्रसाद उपाध्याय, समितिका उजुरी प्रसारक भिम प्रसाद तिमल्सिना, सहभागिको तर्फबाट वडा नम्बर ६ का ईन्द्रप्रसाद खतिवडा र वडा नम्बर ८ की सावित्री कार्कीले तथा वडा सचिवकातर्फबाट वडा नम्बर १६ का सचिव लक्ष्मण अधिकारीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई समाजमा निष्पक्ष रुपले न्याय सम्पादन गर्न उपमहानगरपालिकाका न्याय समिति सदस्य ईन्द्र नेपालले आग्रह गर्नुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350235 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top