: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

समाज 10 पटक पढिएको समाज संवाददाता




हेटौंडा, १० बैशाखः नेपाल पत्रकार महासंघको प्रदेशस्तरीय निर्वाचन अन्तर्गत ३ नम्बर प्रदेशमा उपाध्यक्ष, महासचिवसहति १३ वटा पदमा निर्विरोध भएका छन् । आइतबार साँझ उम्मेद्वारी दर्ता गर्ने समय सकिएसँगै १३ वटा पद निर्विरोध भएको हो । प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनको गठबन्धनका तर्फबाट सेन्टरका यदु गौतम उपाध्यक्षमा, महिला उपाध्यक्षमा युनियनबाट नानीमैया (सम्झना) कार्की, महासचिबमा सेन्टरका कृष्ण सारुमगर निर्विरोध भएका हुन् । यसैगरी कोषाध्यक्षमा चौतारीका सिताराम अधिकारी, खुला सचिबमा चौतारीका सुरेश हुमागाई, पनि निर्विरोध भएका छन् ।

त्यस्तै मधेसी सदस्यमा कोमल चन्द्र भगत, दलित सदस्यमा मदन बिश्वकर्मा, अल्पसंख्यक सदस्यमा बद्रि नयाँघरे, महिला सदस्यमा नानीमैयाँ बिष्ट, जानुका न्यौपाने र शर्मिला उप्रेती निर्विरोध भएका छन् । समावेशी जनजाति सदस्यमा इश्वरकुमार जोशी र जनजाति सदस्यमा जीवन श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत नवराज शर्माले जानकारी दिनुभयो । प्रदेशको अध्यक्ष पदका लागि मकवानपुरका अग्रज पत्रकार प्रताप बिष्टसहित गिरीजा अधिकारीको पनि उम्मेद्वारी परेको छ । समावेशी सचिबमा गठबन्धनका तर्फबाट सेन्टरका राजन बिश्वकर्माका, सेन्टरका नविन श्रेष्ठले वागी उमेद्वारी दिनुभएको छ । त्यसैगरी खुला सदस्यहरुमा शुक्रबार रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, युवराज पुरी, रविन्द्र गौतम, रामहरी गजुरेलले उमेद्वारी दिनुभएको थियो भने आईतबार मनोजकुमार ढोडारीको समेत उम्मेद्वारी परेको छ । उम्मेद्वारी फिर्ता लिने समयमा पनि फिर्ता नभए अध्यक्ष पद र खुला सदस्यमा भने निर्वाचन हुने देखिएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350211 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top