+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया



समाज   33 पटक पढिएको   प्रिया पौडेल      
मनहरी, १० बैशाखः मनहरी–३ लामीटारकी फूलमाया बल केही समय पहिले अरुसँग बोल्न, सामाजिक छलफलमा जान समेत डराउनुहुन्थ्यो । पढाई, लेखाई नहुनु र बोल्न समेत डराउने बानी नै फूलमायाको नेतृत्व विकासको बाधक थियो । आफूले पनि केही गर्न सक्छु भन्ने नै थिएन, उहाँलाई । फूलमाया घरभन्दा बाहिरका मानिससँग सामान्य गफ गर्न पनि पछि हट्नुहुन्थ्यो ।

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया


फूलमाया ३ वर्ष अगाडि सहयोगी हातहरुको समूह (सहास) नेपालको सहजीकरणमा गठित गाउँ सुधार स्वाबलम्बन समूहको सदस्य बन्नुभयो । त्यो पनि छिमेकी महिलाहरुको करमा । समूहको छलफलमा सहभागी हुँदा उहाँ सबै महिलाभन्दा पछाडि बस्नुहुन्थ्यो । उहाँले भन्नुभयो, “अरुले मलाई केही नसोधोस् भनेर पछाडि बस्थें । अरुको अगाडि के बोल्ने भनेर निकै समस्या हुन्थ्यो । आफ्नो परिचय दिन समेत मेरो खुट्टा काम्थ्यो ।” उहाँलाई समूहको छलफलमा नियमित सहभागी हुन थालेपछि भने परिचय दिन अलि सहज महसुस भयो । उहाँले सम्झिनुभयो, “समूहमा गरिबी, मद्यपान, सरसफाई र आयआर्जनको विषयमा छलफल हुन्थ्यो ।” सोही छलफलमा सहभागी भएपछि उहाँले नुन, तेल, मसला किन्न पैसा हुन्छ भनेर मासु पसल सञ्चालन गर्ने निर्णय लिनुभयो । पसल संचालन गर्नुभन्दा अगाडि समूहमा बस्दा सिके अनुसारको पारिवारिक विकास योजना निर्माण गरी समूहमा व्यवसाय गर्नको लागि सहयोग माग गर्नुभयो । उहाँको श्रीमान् गाउँमै घर निर्माणको काम गर्नुहुन्छ । उहाँले श्रीमान्को सहयोगमा मासु पसल सञ्चालनमा ल्याउनुभएको छ । मासु पसलको लागि उहाँलाई गाउँसुधार स्वाबलम्बन समूहबाट २० हजार रुपैयाँ सहयोग समेत प्राप्त भएको छ । गाउँमा मासु पसल नभएकोले पनि व्यापार राम्रो हुने लागेर उहाँले मासु पसल सञ्चालनमा ल्याउनुभएको हो । उहाँले २ महिनादेखि मासु पसल सञ्चालन गर्दै आउनु भएको छ ।

फूलमायाले दैनिक ३÷४ वटा कुखुरा काट्नुहुन्छ । आम्दानी भएको रकमबाट मासिक एकसय रुपैयाँ समूहमा बचत समेत गर्नुहुन्छ । यस्तै, उहाँ सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । टोलमा महिला हिंसा भएको घरको श्रीमान्लाई गएर सम्झाउने, मद्यपान र धुम्रपानलाई नियन्त्रण गर्ने, बालबिवाहलाई रोक्न छलफल गर्ने लगायतका सामाजिक काममा समेत उहाँको सहभागिता रहने गरेको छ । यस्तै, समाजलाई सरसफाईमा अगाडि बढाउन उहाँको समूहले टोलमा १२ वटा डस्टबीन समेत राखेको छ । छलफल केन्द्रमा जाँदा सबैभन्दा पछाडि बस्ने उहाँ अहिले आफ्नो परिचय दिन सक्ने हुनुभएको छ । मासु पसलको साथै किराना पसल पनि सञ्चालन गर्दै आउनुभएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top