: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


लगानी बोर्डको छलफल/ सुरुङमार्गप्रति प्रदेश सरकारको चासो

राजनीति 25 पटक पढिएको प्रकाश दाहाल हेटौंडा, १० बैशाखः


लगानी बोर्डको छलफल/ सुरुङमार्गप्रति प्रदेश सरकारको चासो


३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने भएकोले सुरुङमार्ग निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपालमा सुरुङमा मार्गले विकास निर्माणमा सहयोग गर्ने भएकोले यसको निर्माणमा सबैले चासो दिनुपर्ने बताउनुभयो ।

आइतबार हेटौंडामा लगानी बोर्डले आयोजना गरेको लगानी सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सुरुङ मार्ग निर्माणका लागि लगानी भित्र्याउन सरकारले पहल थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुरुङमार्ग निर्माणमा प्रदेश सरकार संवेदनशील छ, त्यसैले हाम्रो प्राथामिकतामा सुरुङमार्ग पर्छ ।’

विदेशी वा स्वदेशी जसले लगानी गरेपनि नाफा खोज्ने भएकोले अनुकुल वातावरण हुन जरुरी रहेको उहाँको भनाई थियो । ‘सहज वातावरण र सुरक्षाको ग्यारेन्टी नभएसम्म उद्योग भित्र्याउने कुरा गफ मात्र हुन्छ’, मुख्यमन्त्री पौडेलले भन्नुभयो । हाम्रो देशमा रहेको पुँजीलाई व्यवस्थित गर्न सके देशकै लगानीबाट विकास गर्न सकिने भन्दै सरकारले थप विदेशी लगानीको विषय खोजी गरिरहेको बताउनुभयो । अब उत्पादनमुखी, परिणाममुखी लगानीको लागि सरकार प्रतिवद्ध रहेको उनको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कृषि, पर्यटन र हाइड्रोको क्षेत्रलाई विस्तार गर्न लगानी भित्र्याउने तयारी समेत गरेको बताउनुभयो । अहिले उद्योगहरुमा विभिन्न खालका विकृति रहेको भन्दै सुधार्न जरुरी रहको पनि उहाँको कथन थियो । ३ नम्बर प्रदेशमा ललितपुर, काठमाडौं र हेटौंडामा धेरै विकृति रहेकोले पहिले समाधान खोज्ने उहाँले प्रष्ट पार्नुभयो । उद्योग स्थापना नगरी जग्गा मात्र ओगटेर बस्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब २ महिना भित्र औद्योगिक क्षेत्रका विकृतिलाई तथ्यगत रुपमा उजागर गरी नयाँ उद्योग स्थापनाको वातावरण बनाउने छ ।’ उद्योगहरुले विशेष गरी कर छुटको माग गरिरहेकोले यसको लागि मापदण्ड पनि बनाउने उहाँको भनाई छ । सबै उद्योगहरुलाई एकमुष्ट कर छुट दिने भन्दा पनि रोजगारमुखी र स्थानीय उत्पादनलाई प्राथामिकतामा राख्ने उद्योगलाई कर छुट गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्योगले कतिको महत्वपूर्ण काम गरेको छ त्यो पनि मूख्यांकन हुन्छ ।’

३ नम्बर प्रदेशमा प्रशस्त पूँजी भएको भन्दै सदुपयोग गर्दै समृद्धिको ढोका खोल्न सकिने बताउनुभयो । उद्योगमा सरकार, निजि क्षेत्र र विदेशी लगानी गरेर औद्योगिक वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । हाल उद्योग जीर्ण रहेका र उद्योगहरु पनि बन्द हुने अवस्था हुनु दुखद् भएको बताउनुभयो । कार्यक्रममा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधि सभा सदस्य सांसद बिरोध खतिवडा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालगायत प्रदेश सांसदहरु सहभागि थिए ।


प्रदेशका प्रमुख परियोजनाबारे प्रस्तुती

हेटौंडाः लगानी बोर्डले आफू मातहत रहेका ३ नम्बर प्रदेशका योजनाबारे आइतबार प्रदेश सरकारलाई जानकारी गराएको छ । प्रदेश सरकार तथा सांसदहरुको उपस्थितिमा लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले ३ नम्बर प्रदेशका परियोजनाबारे जानकारी गराउनुभएको थियो । लगानी बोर्डमार्फत सहजीकरण भइरहेका योजनाको वस्तुस्थितिका बारेमा जानकारी गराइएको हो ।

लगानी बोर्डले आइतबार हेटौंडामा गरेको लगानी सम्बन्धी छलफलमा कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक अधिकारीले काठमाडौं–कुलेखानी सुरुङमार्ग, केरुङ–काठमाडौ रेल, बुढिगण्डकी हाईड्रोपावर, सुनकोशी–२, सुनकोशी–३ हाईड्रो पावर, काठमाडौ मेट्रो रेललगायतका महत्वपूर्ण परियोजनाहरुका विषयमा जानकारी गराउनुभएको थियो । कार्यकारी निर्देशक अधिकारीले गोसाईंकुण्ड केबलकार, तराई–काठमाडौं रोपवे, कृषिका क्षेत्रमा विषयगत उत्पादनमा लगानी, विद्युतीय रेलमार्ग, सोलार प्लान्ट, उत्तर–दक्षिण औद्योगिक करिडोर, पर्यटकीय क्षेत्र विस्तार, पाँच तारे होटलहरुको स्थापनालगायतका विषय पनि महत्वपूर्ण परियोजनाका रुपमा रहेको जानकारी दिनुभयो ।

अधिकारीले विदेशीले नेपालमा लगानी गर्न चाहेको बताउँदै अब अनुकुल वातावरण बनाउन सरकार लाग्नुपर्ने बताउनुभयो । ३ नम्बर प्रदेशमा लगानी बढाउन लगानी बोर्ड बनाएर काम गर्नुपर्ने, लगानी प्रोत्साहनको कार्यक्रम बनाउनुपर्ने र परियोजनामा लगानी गर्न सक्ने लगानी बैंकको विकास गर्नुपर्नेमा जोड दिनुभयो । लगानी बोर्डले प्रत्येक प्रदेशमा गौरबका परियोजनाहरुमा लगानी गर्न पहल सुरु गरेको अधिकारीले जानकारी दिनुभयो । अहिले पनि कृषिका क्षेत्रमा लगानीको अभाव रहेकोले बैंकले यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाइ छ । देश संघीयतामा गइसकेकोले अब प्रादेशिक स्तरमा बोर्ड बनाउन केन्द्रीय कार्यालयले संयोजन गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य सांसद रामेश्वर फूयाँल, डा. रामकुमार अधिकारी, सुरेश नेपाल, राजन तामाङ, शशिजंग थापा, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रमुख सचिब रेश्मि राज पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बसन्त अधिकारीले कार्यक्रममा जिज्ञासा राख्नु भएको थियो । लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले जिज्ञासाको बारेमा प्रष्ट पार्नुभएको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350240 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top