+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

एमालेको नारा वृद्धभत्ता मात्रै



राजनीति   17 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ११ बैशाखः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेकपा एमालेसँग वृद्धभत्ता बाहेक अन्य कुनै नारा नभएको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नगर भेला उद्घाटन गर्दै नेता घिमिरेले एमालेले बारम्बार एउटै नारा दोहो¥याएर जनता झुक्याउने गरेको समेत बताउनुभएको थियो ।

एमालेको नारा वृद्धभत्ता मात्रै


एमाले अध्यक्ष केपी ओलीको तीव्र आलोचना गर्दै नेपाल विद्यार्थी संघका पूर्व सभापति समेत रहनुभएका नेता घिमिरेले भन्नुभयो, ‘राष्ट्रियताको खोक्रो नारा दिने केपी ओली निर्वाचन सकिने बित्तिकै भारतीय विदेशमन्त्री सुस्मा स्वराजलाई सोल्टी होटलमा एक घण्टा किन गोप्य भेट गरे ? गम्भीर प्रश्न छ ।’ मन्तव्यको अधिकांश समय आलोचनामा बिताउनुभएका घिमिरेले कांग्रेसको कमजोरी नजिकैको खोलामा लगेर बगाउनु पर्ने भन्दै वाम गठवन्धनको कमजोरीलाई जनता सामु छर्लङ्ग बनाउनुपर्ने समेत बताउनुभएको थियो । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा ३ नम्बर प्रदेश नेपाली कांग्रेसका संसदीय दलका इन्द्र बानियाँले नेपाली काँग्रेसले देशलाई आमुल परिर्वतन गर्ने राजनीतिक र सामाजिक आन्दोलन गरेको भन्दै कार्यकर्ताहरुलाई हतास नहुन समेत आग्रह गर्नुभएको थियो । उहाँले कांग्रेसले परिणाममा हारे तापनि नैतिकता र जिम्मेवारीले जीतेको समेत बताउनुभएको थियो ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेशकी प्रमुख सचेतक राधा घलेले विपक्षको मत बढ्नुको कारण आन्तरिक द्वन्द्व भएको बताउनुभएको थियो । आन्तरिक प्रतिस्पर्धा भए तापनि गुट उपगुटको सबै कुरा मिडियामा ल्याउँदा पार्टीलाई घाटा भएको घलेले बताउनुभयो । त्यस्तै प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसीले कांग्रेसले क्रियाशिल सदस्यता दिँदा पार्टीलाई समय दिन सक्ने कार्यकर्तालाई मात्रै दिनुपर्ने बताउँदै प्रजातन्त्रको जगमा उभेर वाम गठवन्धनले जनताबाट जस पाइरहेको समेत बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार रामचन्द्र अर्याल ‘माइकल’, निवर्तमान सभापति रघुरमण न्यौपाने तथा जिल्लास्तरीय नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top