: +०५७-५२६८३०, ९८५५०-६८२२७

मनोरञ्जन


मिस नेपाललाई सरकारले नै बुझ्न सकेन

मनोरञ्जन 707 पटक पढिएको समाज संवाददाता


मिस नेपाललाई सरकारले नै बुझ्न सकेन


हेटौंडा, ११ बैशाखः मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै हेटौंडेली चेली मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले सोमबार साँझ हेटौंडामा सञ्चारकर्मीहरुसँग भनिन्, ‘मिस नेपाललाई सरकारले नै बुझ्न सकेको छैन । शारीरिक र वौद्धिक सुन्दरताको प्रतिस्पर्धामा नेपालको नाम लिएर विश्व प्रतिस्पर्धामा जान लाग्दा सरकारले केही गर्दैन । ओलम्पिकमा सहभागी हुने खेलाडीलाई भव्य विदाई गर्ने सरकारले मिस वल्र्डमा सहभागी हुन जाने मिस नेपाललाई के गर्छ ?’

मिस नेपाल भएपछि पहिलो पटक सोमबार हेटौंडा आइपुगेकी श्रृंखलाले साँझ पत्रकारहरुसँग कुरा गर्दै आफू फरक क्षेत्रबाट मिस नेपालमा सहभागी भएर उपाधी जित्न सफल भएको बताइन् । यसअघिका मिस नेपालभन्दा आफ्नो पृष्ठभूमि फरक रहेको उल्लेख गर्दै श्रृंखलाले भनिन्, ‘म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा रहन्छु ।’ सञ्चारकर्मीको जिज्ञासामा श्रृंखलाले सिनेमा क्षेत्रमा आफू प्रवेश नगर्ने स्पष्ट पारिन् । हजुरबुबा, बुबा र आमा नै सक्रिय राजनीतिमा रहे पनि आफू राजनीतिमा नआउने श्रृंखलाको भनाइ छ । राजनीतिलाई नबुझेकै कारण धेरैले फोहोरी खेल भन्ने गरेको श्रृंखलाले बताइन् । राजनीतिका बारेमा बुझाईको कमिले नै अधिकांशको राजनीतिप्रति वितृष्णा रहेको भन्दै श्रृंखलाले भनिन्, ‘समाजमा सकारात्मक परिवर्तनका लागि शिक्षा र सचेतना जरुरी छ ।’

सूचना तथा सञ्चार प्रविधि शक्तिशाली रहेको बताउने श्रृंखलाले आफ्नो अबको लक्ष्य मिस वल्र्ड रहेको बताइन् । यसअघि मिस वल्र्डमा नेपाली सुन्दरीको उपलब्धीका बारेमा समेत व्याख्या गर्दै श्रृंखलाले मिस वल्र्डमा प्रस्तुत गर्न उपयुक्त सामाजिक कामको योजना छनौटका लागि अनुसन्धान गरिरहेको जानकारी दिइन् । मिस नेपालको ताज पहिरिने समयपछि पनि कायमै रहने उपयुक्त योजना छनौट गर्नुपर्ने उनको भनाई छ । मिस नेपाल कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने भन्दै प्रतियोगिताको तयारी चरणमा धेरै विषयमा जानकारी पाउन सफल भएको बताइन् । मिस नेपालमा सहभागी भएर मोडल होइन, रोल मोडल बन्न सहभागी भएको श्रृंखलाले दावी गरिन् ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350246 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top