+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

वातावरण दिवस मनाउन अन्तरक्रिया



स्थानीय तह   24 पटक पढिएको        
हेटौंडा, ७ जेष्ठः हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिले ४६औं विश्व वातावरण दिवस मनाउने सन्दर्भमा आइतबार सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।



अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वातावरण संरक्षण सुन्दर तथा हरियाली नगर निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विश्व वातावरण दिवस नजिकै रहेको भन्दै भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरूलाई मेयर महतले आग्रह गर्नुभयो ।

समितिका कार्यबाहक अध्यक्ष धु्रबप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डे, सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, वातावरण शाखा प्रमुख गंगा चौलागाई, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, समाजसेवी श्याम श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जेसीज, लायन्स, रोटरी, वन समुह, सहकारी संस्था लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियापछि टोल विकास संस्था नगर समन्वय समितिका कार्यवाहक अध्यक्ष धु्रव प्रसाद अधिकारीको अध्यक्षतामा १५१ सदस्यीय विश्व वातावरण दिवस आयोजक मुल समारोह समिति गठन गरिएको छ । समितिको आयोजनामा विश्व वातावरण दिवसका अवसरमा १६ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमहरु हुने भएका छन् । कार्यक्रमअनुसार रक्तदान, वृक्षरोपण, विशेष सरसफाइ कार्यक्रम, लोकगीत प्रतियोगिता, जलवायु परिवर्तन सम्बन्धी अनुशिक्षण कार्यक्रम, साईकल ¥याली, जनचेतनामूलक बोर्ड राख्ने कार्यक्रम रहेको समितिले जनाएको छ । त्यसैगरी २२ गते चेतनामुलक बृहत् ¥यालीसहित समापन कार्यक्रम गरिने मूलआयोजक समारोह समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top