+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

खाद्यप्रविधिद्वारा ६९ वटा मुद्दा दर्ता



अर्थ / व्यापार   15 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ७ जेष्ठः क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ६९ वटा मुद्दा जिल्ला प्रशासन कार्यलयमा दर्ता गराएको छ । गत आर्थिक वर्षमा ४० वटा मुद्दा दर्ता गरेको कार्यालयले यस वर्ष ६९ वटा मुद्दा दर्ता गराएको हो ।



खाद्य प्रविधिले मकवानपुरमा मात्रै २७ वटा मुद्दा दर्ता गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आइतबार दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवस सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सर्लाहिका ८ वटा, सिन्धुलीमा र रौतहटका ३÷३ वटा, बारामा १९ वटा र पर्सामा ९ वटा खाद्य तथा दाना उद्योगहरुका विरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ । दर्ता गरिएका मुद्दाहरु मध्ये सबैभन्दा बढि तेल र घ्यु सम्बन्धी रहेका छन् । कार्यालयका अनुसार तेल र घ्युका १९ वटा मुद्दाहरु दर्ता भएका छन् । त्यसैगरी दलहन सम्बन्धी १० वटा, दुध सम्बन्धी ८ वटा, पानी र फलफूलजन्य पदार्थ सम्बन्धी ४/४ वटा, दाना उद्योग सम्बन्धी ३ वटा मुद्दाहरु दर्ता गरिएको कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा खाद्य ऐन, नियम अनुसार ४ सय ७२ वटा नमूना संकलन गरी परीक्षण गरिएकोमा ५४ वटा अर्थात् ११.४ प्रतिशत प्रतिकुल पार्ईएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख रिजालले २ वटा जिल्लामा खाद्य निरीक्षक नभएकाले समस्या भएको बताउनुभएको छ । हाल बारा र सिन्धुलीमा निरीक्षक नहुँदा हेटौंडाबाटै कर्मचारी खटाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो । कामको चाप धेरै भएपनि सीमित कर्मचारी हुँदा कार्यसम्पादन पनि राम्रोसँग हुन नसकेको उहाँले बताउनुभयो ।

यस वर्षको ‘हामी सबैको सरोकारः खाद्य श्रृङ्खालामा स्वच्छता र गुणस्तर’, भन्ने मूल नाराका साथ कार्यालयले ३ दिन कार्यक्रम गर्ने भएको छ । जसअनुसार आईतबार कार्यालय सरसफाई र पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । त्यसैगरी सोमबार जिल्ला निरीक्षण ईकाई, चितवन, पर्सा, रौतहट, सर्लाहि, महोत्तरी र धनुषाबाट स्थानीय विद्यालयमा चेतनामुलक प्रवचन, वीरगञ्ज र हेटौंडामा माईकिङ् तथा हेटौंडाका सामुदायिक विद्यालयमा ‘हामी सबैको सरोकारः खाद्य श्रृङ्खला स्वच्छता र गुणस्तर’ विषयक वक्तृत्वकला प्रतियोगिता हुनेछ । त्यसैगरी जेठ ८ गते आम खाद्य उपभोक्ता, खाद्य उद्योगी व्यवसायी, समाजका बुद्धिजिवि, उपभोक्तावादी संघसंस्था, सञ्चारकर्मी तथा कर्मचारीहरुसँग खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम र वीरगञ्जमा खाद्य क्वारेन्टाईन प्रयोगशाला सञ्चालन गर्ने प्रमुख रिजालले जानकारी दिनुभयो । हेटौंडा औद्योगिक क्षेत्रस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मकवानपुरसहित, बारा, पर्सा, सर्लाहि, रौतहट, सिन्धुली, चितवन, धनुषा र महोत्तरीमा कार्य गर्दै आाएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top