+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

पाश्र्वचित्र तयार पार्ने उदाहरणीय काम



सम्पादकीय   22 पटक पढिएको   सम्पादकीय      
प्रदेश नं. ३ को सरकारले आफ्नो कामको मेसो नपाएको आरोप लगिरहेको समयमा सामाजिक विकास मन्त्रालयले अन्य प्रदेशका लागि पनि उदाहरणीय काम गरेको छ । सरकारले जनताका लागि देखिने कुनै पनि काम गरेको छैन । विशेषगरी वजेट खर्चको अधिकार नभएर पनि यतिबेला प्रदेश सरकारहरु बेकामे जस्तै भएका छन् । नत नीति निर्माण नै गर्न सकेका छन्, न विकासे योजनाको नै थालनी गर्न सक्ने अवस्थामा छन् ।



राज्य पुनर्संरचनाको एउटा नमुना बाहेक प्रदेश सरकारको अन्य प्रभावकारिता यतिबेला छैन । तर रचनात्मक काम गर्नका लागि भने कुनै कानूनले बाधा गरेको हुँदैन र कानूनको अभाव पनि छैन । यस्ता कामका लागि मन्त्रीहरुमा नयाँ दृष्टिकोण आवश्यक छ । लाए, अह्राएको मात्र काम गर्ने नभई आफैंले काम सृजना गर्न सक्नु नै क्षमताको परिचय हो । यस्तै परिचय दिएको छ ३ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयले । आफ्नो क्षेत्राधिकारमा रहेका विषयगत कार्यालयहरुको अवस्थितिसहितका प्रारम्भिक पाश्र्वचित्र (प्रोफाईल) प्रकाशन गरेर नमूना काम गरेको छ ।

आफ्नो मन्त्रालय अन्तर्गतको वास्तविकता आँकलन गर्न सके मात्र उचित योजना बनाउन सकिन्छ । जुनसुकै कामका लागि योजना आवश्यक हुन्छ । योजना बनाउनु पूर्व वातावरणीय मूल्याङ्कन आवश्यक पर्दछ । स्थानको छनौट, स्थानीयको आवश्यकता र सरोकार तथा सहभागिता र उपयुक्तताका विषयमा विश्लेषण नगरी कुनै योजना एकै पटक सुरुवात गर्दा त्यो असफल हुन्छ । अहिलेसम्म हाम्रो विकास योजनाले व्यहोरेको हविगत यही हो । त्यसैले कार्यक्रम लागु गर्नका लागि आवश्यकता र औचित्यको पुष्टि हुन वस्तुस्थितिको अध्ययन र विश्लेषण आवश्यक छ । यसका लागि सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको प्रारम्भिक पाश्र्वचित्र उदाहरण हो । प्रकाशित पुस्तिकामा प्रदेशको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक संघ संस्था लगायतको अवस्थाका विषयमा तथ्याङ्कहरु समेटिएका छन् । केही दिनमा प्रदेश सरकारले सार्वजनिक गर्ने वजेटका लागि पनि यो पाश्र्वचित्र उपयोगी बन्ने छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको अवस्था प्रष्ट आएपछि के कति वजेट विनियोजन र कार्यक्रम आवश्यक छ भन्ने कुरा पनि प्रष्ट देखिएको छ ।

प्रोफाईल प्रकाशन आम नागरिकको शिक्षा, स्वास्थ्य वा खेलकुदसँग सरोकार राख्दैन । यो त नीति निर्माण गर्नेका लागि महत्वपूर्ण आधार बन्ने छ । सामाजिक विकास मन्त्रालय जस्तै अरुले पनि यथार्थ चित्र प्रकाशन गरेमा सरकार र योजना आयोगलाई वजेट तर्जुमा र योजना निर्माणमा महत्पूर्ण योगदान पुग्ने थियो । कुनै पनि विषय सवै कुरामा पूर्ण हुन सक्दैन । त्यसैले सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको पाश्र्वचित्र त्रुटीरहित छैन । तथ्याङ्कहरु संकलन गरिसकेपछि थप विषयहरुलाई पनि समेट्न सकिने सम्भावना धेरै छन् । धेरै कुराहरु बाँकी छन् भन्ने कुराको पुष्टि त पाश्र्वचित्रको नाम प्रारम्भिक राख्नुबाटै थाहा हुन्छ । आगामी दिनमा यस विषयमा विस्तृत जानकारी दिने कुरालाई प्रष्ट पारेको छ । सम्बन्धित विषयमा तथ्याङ्कहरु संकलन गर्दा जुन श्रोतहरु प्रयोग गरिएका छन् ति आफैंमा पर्याप्त छैनन् । यसका लागि सार्वजनिक सूचना मार्फत पनि तथ्याङ्कहरु माग गर्न सकिने थियो । आफ्नै कर्मचारीहरु परिचालनबाट जति सूचना संकलन भएको छ त्यो पनि कम चाही छैन । तर अन्य मन्त्रालयहरुले कामको मेसो नपाएको अवस्थामा सामाजिक विकास मन्त्रालयले श्रृजनात्मक कामको सुरुवात गरेर अगुवा बन्न सफल भएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top