+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

बजेटसँगै अन्यौलता हट्छः मन्त्री पण्डित



राजनीति   101 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय सरकारको बजेट आएपछि प्रदेश सरकार र स्थानीय तह सञ्चालनमा देखिएको अन्यौलता हट्ने बताउनुभएको छ । त्यसैगरी संघीय संसदले धेरै कानुनहरु ल्याउने क्रममा रहेकोले थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मंगलबार हेटौंडामा सम्पन्न भएको ३ नम्बर प्रदेशको समन्वय परिषद्को २ दिने वैठकको समापन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पण्डितले कुनै एक तह एक्लै कुदेर केहि नहुने बताउनुभयो ।

बजेटसँगै अन्यौलता हट्छः मन्त्री पण्डित


मन्त्री पण्डितले भन्नुभयो, “३ वटै तहले एक अर्कासँग समन्वयकारी भूमिका खेल्नुपर्छ ।” अहिले पनि जनताको काम गर्न जनप्रतिनिधिहरुलाई कानुनका कारण समस्या रहेको भन्दै तानतुन गरेर काम गरिरहेको बताउनुभयो । तत्काललाई नमूना कानुन बनाएर प्रदेश तथा स्थानीय तहलाई पठाइएको उहाँले जानकारी दिनुभयो । अहिले अन्तरिमकालिन व्यवस्था गरेर कामहरु अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो । कर्मचारी तथा बजेट र राजश्व बाँडफाँडको कुराको अन्यौलता सरकारले बजेट प्रस्तुत गरेपछि हट्ने बताउनुभएको हो । मन्त्री पण्डितले जनप्रतिनिधिहरुले भावनासँगै कानुनको पनि ख्याल गर्नुपर्ने बताउँदै कर्मचारीहरुले कानुनसँगै भावनाको पनि कदर गर्नुपर्ने बताउनुभएको हो । जनप्रतिनिधिले हरेक कुरा कानुन सम्मत गर्नुपर्ने भन्दै उहाँले कामको प्राथमिकतालाई निर्धारण गरी जनताको काम सहज बनाउन आग्रह गर्नुभएको हो ।

जुनसुकै स्थानमा गए तापनि कर्मचारीहरु नआएको गुनासो आइरहेको भन्दै मन्त्री पण्डितले सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा रहेको ५ हजार दरन्दीलाई काटेर प्रदेश तथा स्थानीय सरकारमा पठाईसकेको जानकारी दिनुभयो । कर्मचारीहरु धेरै दिन कुर्न नपर्ने दावी गर्नुभएका मन्त्री पण्डितले भन्नुभयो, “जनप्रतिनिधिहरुलाई सबै कर्मचारीहरुलाई टेर्नुपर्छ । जनप्रतिनिधिहरुले सहयोगात्मक, समन्वयात्मक रुपमा काम गर्नुपर्छ ।” जनप्रतिनिधिहरु बीचको आन्तरिक द्वन्द्वका कारण पनि जनतालाई सेवा सुविधामा असहज भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख र उपप्रमुखको मतभिन्नताको कारण समस्या आइरहेको भन्ने मलाई गुनासो आइरहेको छ, मैले यहीँबाट आग्रह गर्छु दयामा बसेर कसैले काम गर्नु पर्दैन सबैले आ–आफ्नो अधिकारको प्रयोग गर्नुस् समस्या भए मलाई भन्नुस् ।” कर्मचारीहरुले पनि आ–आफ्नो जिम्मेवारी आफैंले पुरा गर्नुपर्ने भन्दै “सुई लाउने डाक्टरले प्रशासन चलाउन मिल्दैन, सुई नै लगाउनु पर्छ ।”

कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ प्रदेश मिसन बोकेर हिँडेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको मिसन भनेको समृद्धि र विकास हो ।” प्रदेशको विकासका लािग स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । प्रदेश समन्वय परिषद् वैठकमा १३ वटै जिल्लाका प्रतिनिधित्व गर्ने गरी जनप्रतिनिधिहरुले आफ्ना आफ्ना जिल्लाका बारेमा प्रस्तुती राखेका थिए । प्रदेश समन्वय परिषद्को वैठकमा १३ वटै जिल्लाका प्रतिनिधिले जिल्लागत प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशका मन्त्रीहरु, ३ नम्बर प्रदेशका १ सय १९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र १३ वटा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रदेशका मन्त्रीहरुले आफ्नो विषयमा उठेका सवालको जवाफ दिएका थिए ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top