+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

परिषद् बैठकका १० वटा निर्णय



राजनीति   130 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः ३ नम्बर प्रदेश समन्वय परिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । परिषद्को २ दिनसम्म प्रदेश राजधानी हेटौंडामा बसेको बैठकले नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश, र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय अभिबृद्धि गर्न साझा अधिकारका क्षेत्रमा ३ वटै तहका सरकारका काम, कर्तव्य र अधिकार प्रष्ट पार्नका लागि शिघ्र कानुन बनाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

परिषद् बैठकका १० वटा निर्णय


परिषद् बैठकले नेपालको संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारसँग बाझिएका संघीय कानुनहरु संविधानको भावना र मर्म अनुसार संशोधन गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने, नेपालको संविधान बमोजिम कर्मचारी समायोजनको प्रक्रिया सुस्त हुँदा प्रदेश र स्थानीय तहको काम कारबाही र सेवा प्रक्रियामा बाधा पुगेकोले सरकारलाई छिटो भन्दा छिटो टुंग्याउन अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी प्रदेश कानुन बनाउने, प्रयोजनको लागि संघीय संसदले उक्त अधिकार सम्बन्धी कानुन नबनाउँदा बाधा पुगेकोले संघीय सरकारलाई कानुन निर्माणको लागि अनुरोध गर्ने रहेका छन् ।

३ नम्बर प्रदेशको ढुंगा, गिट्टी, बालुवाको बिक्रि वितरण सम्बन्धी ऐन एवम् मापदण्ड निर्धारण सम्बन्धी अनुगमन गर्ने र उक्त विषयमा राजश्व चुहावट सम्बन्धी स्थानीय तह सचेत हुने पनि निर्णय भएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । यसैगरी प्राकृतिक स्रोतको राजश्व प्रदेश सरकारको समन्वय जिल्ला समन्वय समितिले वैज्ञानिक ढंगले खर्च गर्ने पनि निर्णय भएको छ । प्रदेश तथा स्थानीय तहले विकास निर्माण गर्दा निजि स्वार्थ नहेरी गुणस्तरीय काम गर्नुपर्ने पनि समन्वय परिषद्को वैठकले निर्णय गरेको छ । न्यायिक तथा सुरक्षाको विषयमा अत्याधुनिक प्रविधि अपनाउने र उक्त कार्यको लागि सम्बन्धित संस्थाले समन्वय र सहकार्य गर्ने निर्णय भएको ३ नम्बर प्रदेश समन्वय परिषद्का अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top