+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

मनहरीको आयव्यय ४० करोड ६० लाख



स्थानीय तह   36 पटक पढिएको   समाज संवाददाता     
मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।

मनहरीको आयव्यय ४० करोड ६० लाख


विकास निर्माणमा १२ करोड ७२ लाख रुपैयाँ तथा प्रशासनिक तर्फ ८ करोड ५४ लाख २४ हजार रुपैयाँ प्रशासनिक कार्यमा खर्च भएको छ । गाउँपालिकाले १ सय ४३ वटा योजना निर्माणको क्रममा सबैभन्दा बढी सामाजिक विकासतर्फ २१ करोड ६१ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ५५ वटा योजना सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । ५५ वटा योजना पूरा गर्न ६ करोड ३३ लाख ६५ हजार रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी गाउँपालिकाले संस्थागत सेवा विकास र सुशासनतर्फ १३ वटा कार्यक्रमका लागि ४ करोड २१ लख ९३ हजार निकासी गरिएकोमा ९ वटा मात्र योजना तथा कार्यक्रम सम्पन्न गरिएको थियो ।

९ वटा कार्यक्रम सम्पन्न गर्ने क्रममा ३ करोड ५० लाख ५१ हजार खर्च भएको छ । मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्ममा १ सय ३ वटा भौतिक योजना निर्माणमा सफलता हासिल गरेको जनाएको छ । हालसम्म ५१ वटा सडक स्तरीकरण तथा स्ल्याब ढलान सम्पन्न गरेको छ भने १६ वटा खानेपानीका योजना सम्पन्न गरिसकेको छ । भवन निर्माण ३ वटा, सिंचाई योजना १५ वटा र जल उत्पन्न योजना गरी १८ वटा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मनहरी गाउँपालिकाले विभिन्न ८ वटा योजनाहरुलाई ठुला योजनाको रुपमा राखेको छ । हाल गाउँपालिकाले केही ठुला योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको छ भने केही ठुला योजनाहरुको खाका तयार भइसकेको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाको आफ्ना प्रमुख योजनाहरुमा हाँडीखोलामा सडक निर्माणका लागि १ करोड रुपैयाँ, गाउँपालिकाको भवन निर्माणका लागि १ करोड २२ लाख रुपैयाँ, ४ स्थानमा खानेपानी तथा डिप बोरिङका लागि १ करोड २ लाख रुपैयाँ र कत्लेखोला पुल निर्माणका लागि गाउँपािलकाले ६२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top