+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्वास्थ्य

मानन्धरको आँखाको नानी संकलन



स्वास्थ्य   54 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ३० असारः नेपाल भाषा खलः मकवानपुरका अध्यक्ष मंगलकृष्ण मान्नधरको आँखाको नानी शनिबार संकलन गरिएको छ ।

मानन्धरको आँखाको नानी संकलन


उहाँको आँखाको नानी परिवारको सहमतिमा हेटौंडा सामुदायीक आँखा अस्पतालका डाक्टरहरुले संकलन गर्नुभएको हो । दुई छोरीहरुका पिता मानन्धरको ६४ बर्षको उमेरमा शनिबार बिहान हार्ट अट्याकका कारण मृत्यु भएको थियो । उहाँलाई बिहान करीब साढे ६ बजे हार्ट अट्याक भएकोमा हेटौंडाको चुरेहिल अस्पताल पु¥याईएकोमा डाक्टरले उहाँलाई मृत घोषित गरेका थिए । 

लामो समय शिक्षा सेवामा कृयाशिल रहनुभएका मानन्धर हाल सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो । नेपाल भाषा खलःका संस्थापक महासचिवका रुपमा कार्य गर्नुभएका माननधर बिगत २ बर्षदेखि खलःका अध्यक्षका रुपमा रहनुभएको थियो । मकवानपुरमा पछिल्लो समय आँखाको नानी दान गर्ने व्यक्तिको संख्या ५ पुगेको छ । यस भन्दा अघि मकवानपुरमा पहिलो पटक गत फागुन २१ गते हेटौंडा–४ खोपगल्लीका रामकृष्ण श्रेष्ठको आँखाको नानी संकलन गरिएको थियो । त्यसपछि हेटौंडा–२ का ७५ वर्षिय सर्गलाल श्रेष्ठ, भीमफेदी गाउँपालिका–२ चुनियाका तेज प्रसाद बर्तौला र बाराको अम्लेखगंज घर भई हेटौंडा–९ बस्ने गोपाल सुनुवारको आँखाको नानी संकलन गरिएको हेटौंडा सामुदायीक आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिनुभएको छ । सामुदायीक आँखा अस्पतालमा हालसम्म आँखाको नानी दान गर्नका लागि २ सय भन्दा बढीले नाम दर्ता गराएको उहाँले जानकारी दिनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top