+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

बकैया गाउँपालिकामा ५० करोड बजेट पारित/ सडकलाई विशेष महत्व



स्थानीय तह   34 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, ३२ असारः मकवानपुरको पूर्वी बकैया गाउँपालिकाको तेस्रो गाउँसभा आईतबार सम्पन्न भएको छ । गाउँसभाबाट आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा कुल ५० करोड ९ लाख ४१ हजार बराबरको बजेट पारित गरेको छ ।



असार १० गते गाउँसभामा उपाध्यक्ष सरला बोलखेले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि ४९ करोड ९ लाख ४१ हजार  बराबरको अनुमानित आय र व्यय सहितको नीति/कार्यक्रम तथा बजेट पेश गर्नुभएको थियो । जसमा चालु आर्थिक वर्षको अनुमानित नगद मौज्दात ४ करोड ५० लाखलाई वृद्धि गरि ५ करोड ५० लाख कायम गरेर कुल ५० करोड ९ लाख ४१ हजारको संसोधित बजेट आईतबार गाउँसभाबाट पारित गरिएको हो । गाउँसभामा पेश गरिएको बजेट विभिन्न विषयगत समिति तथा कार्यपालिका बैठकको छलफलबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहित संशोधित बजेट आईतबारको बैठकले पारित गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिनुभयो । बकैया गाउँपालिकाले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधारलाई विशेष जोड दिएको छ । भौतिक पूर्वाधारमा गाउँपालिकाले सडक सञ्जाललाई विशेष महत्व दिईएको छ । गाउँपालिकाले प्रस्तुत गरेको अनुमानित आय र व्यय सहितको नीति/कार्यक्रम तथा बजेटमा पाँचवटा सडक योजनाहरुलाई विशेष महत्व दिइएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको अनुमानित आय र व्यय सहितको नीति/कार्यक्रम तथा बजेटमा बकैया–४ को गोठखोलाबाट ठिंगन तथा ललितपुर जिल्लासँग जोडिएको मन्थली हुँदै कान्तिलोकपथ, भीमसेन दमारबाट वाईबालोसे हुँदै कान्तिलोकपथ, हात्तिसुडेबाट शिखरपुर हुँदै मन्थली सडक तथा ठिंगन मन्थली विद्युतीकरण महत्वपूर्ण योजनाको रुपमा प्रस्तुत गरिएको छ ।  

बकैया गाउँपालिकाको कुल बजेट मध्ये संघिय तथा प्रदेश सरकारको शसर्त अनुदान बाहेकको ३१ करोड १२ लाख ९६ हजारको बजेट रहेको छ । जसमा गाउँपालिकाको कुल बजेट मध्ये प्रशासनिक खर्चतर्फ ६ करोड प्रस्ताव गरिएकोमा ५ करोड ८५ लाख विकास बजेट अन्तर्गत आर्थिक, सामाजिक,पुर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास एवम् सुशासन शिर्षकमा कुल २४ करोड १२ लाख ९६ हजार प्रस्ताव गरिएकोमा सभाबाट वृद्धि गरी २५ करोड २७ लाख ९६ हजार पारित गरिएको छ । गाउँसभाबाट आर्थिक विकास तर्फ (कृषि, पशु, सहकारी, पर्यटन) सम्बन्धी कार्यक्रमको लागि साविकमा रु २ करोड ५० लाख प्रस्ताव गरिएकोमा परिमार्जन गरी १ करोड ५६ लाख ४६ हजार बजेट पारित गरिएको छ । त्यस्तै सामाजिक विकास तर्फ (शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, लक्षित वर्गका कार्यक्रम तथा समावेशीकरण) ५ करोड ६२ लाख प्रस्ताव गरिएकोमा त्यसलाई वृद्धि गरी ५ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा पुर्वाधार विकास तर्फ (सडक, भवन, विद्युतिकरण, सिंचाई) ९ करोड ७ लाख प्रस्ताव गरिएकोमा वृद्धि गरी ९ करोड ९२ लाख बजेट विनियोजन गरिएको छ । वातावरण र विपद व्यवस्थापन तर्फ (वातावरण संरक्षण, विपद व्यवस्थापन) ३५ लाख ५० हजार रकम प्रस्ताव गरिएकोमा परिमार्जन गरी ४९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै आईतबारको गाउँसभाले संस्थागत विकास सेवा प्रवाह र सुशासन अन्तर्गत गाउँपालिका तथा वडा कार्यालय भवन निर्माण, गुरुयोजना निर्माण आदि कार्यको लागि ४ करोड ६० लाख प्रस्ताव गरिएकोमा परिमार्जन गरि ५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष बोलखेले जानकारी दिनुभएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top