+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

ताप्लेजुङ सेमिफाईनलमा



खेलकुद   32 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ३२ असारः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाईनल खेलबाट ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनल खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।



खेलको पहिलो हाफको २२औं मिनेटमा ताप्लेजुङकी रिना बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । उनको गोल नै खेलको निर्णायक गोल बन्दै ताप्लेजुङ विजयी भएको हो । प्लेयर अफ दि म्याच भने सुर्खेतकी सिर्जना सिंह भईन् । उनलाई पूर्व महिला राष्ट्रिय खेलाडी कमला हिराचनले १ हजार रुपैयाँ नगद सहित प्लेयर अफ दि म्याचको ट्रफि प्रदान गर्नु भएको थियो । ताप्लेजुङले प्रतियोगितामा बाई पाएर एकैचोटी क्वाटरफाईनल खेलेको थियो भने सुर्खेतले अघिल्लो खेलमा चितवनलाई पराजित गर्दै क्वाटरफाईनल खेलेको थियो ।

त्यस्तै आइतबार नै हुने भनिएको सिन्धुपाल्चोक र बाँकेबीचको क्वाटरफाईनल खेल वर्षाको कारण रोकिएको थियो । खेल सुरु हुनु भन्दा अगाडी वर्षा भएपछि खेल  रोकिएको हो । वर्षा रोकिएर मैदानको अनुगमन गर्दा खेल मैदानमा पानी जमेको कारण फुटबल खेल्न नमिल्ने भएपछि खेल स्थगित भएका थियोे । स्थगित भएको खेल आज बिहान खेलाईने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ । त्यस्तै आज सोमबार हुने अर्को खेलमा मकवानपुरले काठमाडौंसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको व्यवस्थापनमा हेटौंडामा भइरहेको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी १३ जिल्लामध्ये बर्दिया, स्याङ्जा, उदयपुर, महोत्तरी, नवलपरासी, रुपन्देही, सुर्खेत र चितवन प्रतियोगिताबाट बाहिएको छ । छनोट स्तरमा भएको खेलमा विजयी हुने टिमलाई शिल्डको व्यवस्था गरिएको छ भने प्रतियोगितामा विजयी हुने टिम र रौतहट जिल्लामा पनि भइरहेको प्रतियोगितामा विजयी हुने टिमले विभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने छन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top