+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

छोराको जन्मदिनमा सहयोग



समाज   76 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, २१ माघः लायन्स क्लब अफ हेडम्बाका प्रथम उपाध्यक्ष शुक्रराज जोशीले आफ्ना छोराको २०औं जन्मोत्सवको अवसर पारेर ओम वृद्धाश्रममा १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । बिहिबार हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा पुगेर खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।




लायन्स क्लब अफ हेडम्बाका अध्यक्ष कविन सांगामीसहित लायन्स क्लबका अन्य अगुवाको पनि सहभागिता रहेको थियो । भारतको कालिङपोङमा दश जोड दुई तह अध्ययनरत छोरा शिराज जोशीको २०औं जन्मोत्सवको अवसरमा आश्रमलाई सहयोग गरिएको हो । ओम वृद्धाश्रममा अहिले २५ जना जेष्ठ नागरिकहरु आश्रित छन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top