: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


सडक विस्तारको विषय फेरि तात्यो

समाज 3 पटक पढिएको




समाज संवाददाता हेटौंडा, ९ फागुनः पूर्वपश्चिम राजमार्ग क्षेत्र विस्तारको क्रममा डिभिजन सडक कार्यालय हेटौंडाले आईतबार बिहान हेटौंडा–१० स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रहरी बीट भत्काएको छ । करिब २ साता रोकिएको सडक विस्तार कार्य सुचारु हुन लाग्दा केही व्यवसायीले भने विरोध जनाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको संयोजकत्वमा गठन भएको हेटौंडा बसोबास संरक्षण समितिले विरोध जनाउँदै साँझ मसाल जुलुस नै निकालेको थियो ।


सडक विस्तारको विरोधमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी तितरवितर बनाइदिएको थियो । पल्पसा हलबाट निकालिएको मसाल जुलुसलाई प्रहरीले पिपलबोट क्षेत्रबाटै तितरवितर गराइदिएको थियो । सर्वोच्च अदालतमा केही रिट निवेदनको सुनुवाई हुन बाँकी रहेकाले २ सातादेखि सडक विस्तारका लागि भवन भत्काउने कार्य सुस्त बनेको थियो । तर, आइतबारबाट डिभिजन सडक कार्यालयले विस्तारलाई तीव्रता दिने संकेत गरेको छ । डिभिजन सडक कार्यालयको डोजरले बुद्धचोकको ट्राफिक प्रहरी बीटसँगै राप्तीरोडको दुईवटा निजि भवनमा पनि क्षति पु¥याएको छ । डिभिजन सडक कार्यालयले सडक विस्तारको कार्य सुचारु गरेसँगै सर्वसाधारण आतिएका छन् । हेटौंडा बसोबास संरक्षण समितिले प्रहरी, प्रशासनको कार्यप्रति विरोध जनाउँदै निरन्तर आन्दोलन गरिरहने जनाएको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277958 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top