+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

‘कर्मचारीको साथले प्रदेश समृद्ध’



राजनीति   6 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १ साउनः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीको साथ बिना प्रदेशको समृद्धि सम्भव नहुने बताउनुभएको छ । ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमको कार्ययोजना र मुख्यमुख्य कार्यक्रमहरुको बारेमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका कर्मचारीहरुलाई प्रदेशको समृद्धिको लागि सबै खाले अनुभव र क्षमता देखाउन आग्रह गर्नुभएको हो ।



मुख्यमन्त्री पौडेलले मन्त्रालयहरुले कानुन ल्याउन पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । कर्मचारीहरुको खारिएको ज्ञान तथा अनुभवले महत्वपुर्ण योजना तथा कानुन पहिल्याउन भुमिका खेल्ने बताउनुभएको छ । प्रदेश अब योजना आयोगको सल्लाह अनुसार जाने भएकोले प्रदेश योजना आयोगको छलफल विना कुनै पनि योजना अगाडी नबढाउने बताउनुभयो । देश भरका प्रदेशहरुले ३ नम्बर प्रदेशलाई हेरेको भन्दै समृद्ध प्रदेशको लागि कर्मचारीहरुको उच्च भुमिका हुने बताउनुभएको हो । छलफलमा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरुको उपस्थितीमा कर्मचारीहरुले मुख्यमन्त्रीको कार्यालयमा कार्ययोजना र मुख्य मुख्य कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल,आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, ३ नम्बर प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डे लगायत मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु

‘कर्मचारीको साथले प्रदेश समृद्ध’

हेटौंडा, १ साउनः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीको साथ बिना प्रदेशको समृद्धि सम्भव नहुने बताउनुभएको छ । ३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमको कार्ययोजना र मुख्यमुख्य कार्यक्रमहरुको बारेमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका कर्मचारीहरुलाई प्रदेशको समृद्धिको लागि सबै खाले अनुभव र क्षमता देखाउन आग्रह गर्नुभएको हो ।

वैठक भत्ता मात्रै २ करोड ७५ लाख

हेटौंडा, ३२ असारः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी र पदाधिकारीहरुको लागि वैठक भत्ता मात्रै २ करोड ७५ लाख ५० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश सरकार अन्तर्गत प्रदेशका मन्त्रालाय, प्रदेश सभा सचिवालय, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालयमा हुने कर्मचारी तथा पदाधिकारीहरुको वैठक भत्तामा उक्त रकम खर्च हुने भएको हो ।

राजधानीका बिषयमा कारण देखाउ आदेश

हेटौंडा, २९ असारः ३ नम्बर प्रदेशको राजधानीका बिषयमा प्रदेश सभामा तत्काल छलफल गर्न नपाईने भएको छ । ३ नम्बर प्रदेशको स्थायी सम्भाव्यता अध्ययन गर्न बनेको समिति समेतको विरुद्धमा उच्च अदालत हेटौंडा ईजलासमा मुद्दा परेपछि लिखित जवाफ पछिको सुनुवाई नभएसम्मका लागि राजधानीको विषयले प्रदेश सभामा प्रवेश नपाउने भएको हो । संविधानको धारा १ सय ९१ मा अदालतमा विचारधिन विषयमा बोल्न नमिल्ने व्यवस्था भएकोले प्रदेश सभामा छलफल गर्न पाईने छैन ।

प्रदेश स्थायी राजधानी अध्ययन/ विशेष समितिले सभामुखलाई प्रतिवेदन बुझायो

हेटौंडा, २८ असारः प्रदेश राजधानी सिफारिस गर्न बनेको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रदेश राजधानीका लागि प्रस्तावित ५ वटा जिल्लाको सम्भाव्यता अध्ययन गरी स्थायी राजधानी प्रस्ताव गर्न समितिले अध्ययन प्रतिवेदन सभामुखलाई बुझाएको हो । प्रस्तावित जिल्लाहरुको अध्ययन गरी समितिले वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरको प्रतिवेदन बुझाएको छ ।

राजधानीको लागि प्रतिवेदन आज

हेटौंडा, २६ असारः ३ नम्बर प्रदेशको स्थायी राजधानीको लागि बनेको प्रदेश सभा सदस्यहरुको विशेष समितिले आज मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाउनको लागि समितिका सदस्यहरुले हेटौंडाको एक होटलमा प्रतिवेदन तयार गरेको समितिका एक सदस्यले जानकारी दिनुभएको छ ।



  • काठमाडौं फाईनलमा

    हेटौंडा, १ साउनः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौं फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मकवानपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाडौं फाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    4     समाज संवाददाता
  • १६५० बिरुवा वितरण

    मनहरी, १ साउनः मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई विभिन्न प्रजातिका बिरुवाहरु बितरण गरेको छ । ‘एक घर एक बिरुवा रोपांै ,स्वच्छ वातावरण बनाऔं’ भन्ने मुल नाराका साथ ८ प्रजातिका १ हजार ६ सय ५० बिरुवा वितरण गरिएको थियो ।
    समाज
         समाज संवाददाता
  • विपद् व्यवस्थापन समिति गठन

    हेटौंडा, १ साउनः हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । वडामा आइपर्ने बाढी, पहिरो, आगलागी जस्ता विपद्को न्युनिकरण गर्नको लागि समिति गठन गरिएको हो ।
    समाज
    1     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top