+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

निशुल्क नक्सा बनाइदिने उपमहानगरको निर्णय



स्थानीय तह   165 पटक पढिएको   बिवश अधिकारी     
हेटौंडा, ४ भाद्रः हेटौंडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र बन्ने घरको नक्सा निशूल्क बनाईदिने निर्णय गरेको छ ।

निशुल्क नक्सा बनाइदिने उपमहानगरको निर्णय


उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सभाअध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले नगरभित्र बन्ने एक हजार वर्गफिटसम्मका घरको नक्सा निशूल्क बनाईदिने निर्णय गरेको हो । उपमहानगरपालिका क्षेत्र भित्र बन्ने घरहरुको नक्सा बनाउन आम सर्वसाधारणले निजी क्षेत्रका व्यवसायीलाई १० देखि १५ हजारसम्म शूल्क तिर्नुपर्ने बाध्यता थियो ।

उपमहानगरपालिका क्षेत्र भित्र बन्ने घरहरु निजि क्षेत्रका ईन्जिनियरलाई तिर्नुपर्ने रकमका कारण पनि नक्सा नबनाई घर बनाउने समस्याको अन्त्य गर्नका लागि निशूल्क नक्सा बनाउन लागिएको मेयर महतले जानकारी दिनुभएको छ । नक्सा पासमा लाग्ने सरकारी दस्तुर भने तिर्नुपर्ने महतको भनाई छ । एक हजार वर्गफिटसम्मको नक्सा निशुल्क बनाउनका लागि उपमहानगरपालिकामा सेवा केन्द्र स्थापना गरिने उहाँले जानकारी दिनुभएको छ । एक हजार वर्गफिट भन्दा बढी क्षेत्रफलको घरको नक्सा भने नगरपालिकाले नबनाउने उपमहानगरपालिकाले स्पष्ट पारेको छ । नक्सा बनाउनका लागि उपमहानगरपालिकाले ईन्जिनियरको नेतृत्वमा प्राबिधिक कर्मचारी पनि खटाउने तयारी थालेको छ ।

उपमहानगर क्षेत्र भित्र रहेका भूकम्प प्रभावित लाभग्राहिहरुको घर जे–जस्तो अवस्थामा छ त्यस्तै प्रकृतिको अभिलेखीकरण गरेर सिफारीस गर्ने निर्णय भएको छ । उपमहानगरपालिका क्षेत्रभित्र रहेका भूकम्प प्रभावितहरुको गुनासो धेरै आएका कारण जे–जस्तो अवस्थामा रहेको छ त्यस्तै सिफरीस गर्ने निर्णय गरेको छ । भूकम्प पीडित लाभग्राहिको निजि आवास पुनर्निर्माण प्रक्रिया सम्बन्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्ड र हेटौंडा उपमहानगरपालिकाको घर नक्सा सम्बन्धी मापदण्ड आपसमा बाझिएका कारण लाभग्राहीहरुले अनुदान प्राप्त गर्न सकेका थिएनन् । उपमहानगरपालिकामा करीब ७ हजार ५ सय भूकम्प प्रभावित रहेकोमा उपमहानगरपालिकाको मापदण्डमा नपरेका कारण सिफारीस हुन नसक्दा अनुदान प्राप्त गर्नेको संख्या न्यून रहेको थियो । उपमहानगरपालिकामा हालसम्म दोस्रो किस्ता लिने लाभग्राहिको संख्या २ हजार ३ सय ९ छ भने तेस्रो किस्ता लिनेको संख्या १ हजार ८ सय ९६ रहेको छ । नयाँ निर्णयपछि भूकम्प प्रभावित लाभग्राहिलाई अनुदान प्राप्त गर्न सहज हुने भएको छ । यसैगरी भूकम्प पीडितहरुको घर निर्माणको नक्सापासमा ५० प्रतिशत छुट दिने निर्णय यसअघिनै भएको छ । कुनैपनि भूकम्प पीडितहरुले घर निर्माण गर्नका लागि नक्सा पास गर्न आएमा ५० प्रतिशत पासमा छुट दिने निर्णय यसअघिकै कार्यपालिका बैठकले गरेको थियो ।

आइतबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले बिभिन्न खाले सिफारिसमा लाग्ने शुल्क समेत समयसिमा भित्र आएमा शुल्क नलिने निर्णय गरेको छ । उपमहानगरपालिकाले यसअघि लिँदै आएको फारम शुल्क १० रुपैयाँ समेत नलिने निर्णय भएको उपमहानगरपालिकाका सुचना अधिकारी शंकर उपाध्यायले जानकारी दिनुभएको छ । उपमहानगरका सबै वडा कार्यालयबाट हुँदै आएको जन्मदर्ता, बिवाहदर्ता, मृत्युदर्ता, बसाईसराई, स्वास्थ्य सिफारिस, शिक्षा सम्बन्धी सिफारिस, भूकम्प सम्बन्धी सिफारिस, दैविक प्रकोपको सिफारिस, सम्बन्ध बिच्छेद, नागरिकता सिफारिस, मृतकसँग नाता प्रमाणित सिफारिस, जेष्ठ नागरिक, दलित, जनजाति, पिछडिएका वर्ग, आदिवासी, अपांग, मधेसी, एकल महिला पहिचान जस्ता सिफारिसहरु निशुल्क रुपमा गरिंदै आएकोमा फारममा लाग्ने १० रुपैयाँ समेत नलाग्ने मेयर महतले बताउनुभयो । यी सबै सिफारिसहरु तोकिएको समय सिमाभित्रमा आएर सिफारिस लिएमा निशुल्क रुपमा गरिदिने व्यवस्था रहेको मेयर महतको भनाई छ । फारम शुल्क पनि नलिनेगरी सबै वडामा सर्कुलर गरिसकिएको मेयर महतले बताउनुभयो । कर बढाउने भन्दा करको दायरा बढाएर भएकासँग लिने र नभएकालाई कर छुटको व्यवस्थामा स्थानीय सरकार लागेको मेयर महतको भनाई छ । करबृद्धि गर्नुभन्दा करको दायरा फराकिलो पारेमा उपमहानगरपालिकाको कर स्वतः बढ्ने उहाँले बताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु

निशुल्क नक्सा बनाइदिने उपमहानगरको निर्णय

हेटौंडा, ४ भाद्रः हेटौंडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र बन्ने घरको नक्सा निशूल्क बनाईदिने निर्णय गरेको छ ।

जनप्रतिनिधिलाई देवानी संहिताबारे अनुशिक्षण

हेटौंडा, ३ भाद्रः हेटौंडा उपमहानगरपालिका न्यायिक समितिले मुलुकी देवानी संहिता र फौजदारी संहिता एवम् न्यायिक समितिको अवधारणा विषयक एक दिवसिय अनुशिक्षण कार्यक्रम शनिबार आयोजना गरेको छ ।

१३ नम्बर वडामा १६ स्थानमा सडक ढलान गरिने

हेटौंडा, १ भाद्रः हेटौंडा उपमहानगरपालिका १३ नं. वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा वडाका १६ स्थानको सडक स्ल्याब ढलान गर्ने भएको छ । उपमहानगरपालिकाबाट प्राप्त १ करोड १५ लाख रुपैयाँ बजेटमध्ये सडक स्ल्याब ढलानका लागि ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष मनोज वाईबाले जानकारी दिनुभएको छ ।

उपमहानगरमा अनुमान भन्दा १५ करोड कम खर्च/ पारिश्रमिक तथा सेवा सुविधामा ९ करोड खर्च

हेटौंडा, ३० साउनः हेटौंडा उपमहानगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा अनुमान भन्दा १५ करोड रुपैयाँ कम खर्च भएको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा जम्मा १ अर्ब ३० करोड २१ लाख ७८ हजार खर्च हुने अनुमान गरेकोमा १ अर्ब १५ करोड ९ लाख ३५ हजार ५ सय ९३ रुपैयाँ मात्र खर्च गरेको छ ।

सडक स्तरोन्नति गर्न साढे ४६ लाख बजेट

हेटौंडा, ३० साउनः हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले चालु आर्थिक वर्ष २०७५/०७६ को १ करोड रुपैयाँ बजेटमध्ये ४६ लाख ५० हजार रुपैयाँ सडक स्तरोन्नतिमा खर्च गर्ने भएको छ । पूर्वाधार विकास अन्तर्गत वडाका ७ स्थानको सडक स्तरोन्नतिका लागि उक्त रकम छुट्याइएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top