+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह निर्वाचन-२०७४

३ वटा प्रदेशमा आज मतदान/ निर्धक्क मतदान गर्नुस्ः आयोग



स्थानीय तह निर्वाचन-२०७४   143 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १४ असारः तीन वटा प्रदेशमा आज बुधबार मतदान हुँदैछ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ मा मतदान हुँदैछ । दोस्रो चरणको निर्वाचनको लागि सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आह्वान गरेको छ । मतदानको पूर्वसन्ध्यामा मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै आयोगले बुधबार विहान ७ बेजेदेखि ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।



राष्ट्रपति विद्यादेवी भण्डारीले  स्थानीय तहको निर्वाचनमा उत्साह र उमंगका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गरेकी छन् । राष्ट्रपतिले मंगलबार दिएको सन्देशमा देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै स्थानीय तह निर्वाचनको उत्तिकै महत्व रहेको बताइन् । उनले स्थानीय निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् । ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भएपश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आह्वान गर्दछु’, राष्ट्रपतिले सन्देशमा भनेकी छन् । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाता परिचयपत्र लिएर मात्र मतदान गर्न जान आग्रह गरेका छन् । यदि मतदाता परिचयपत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको वैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे । आयोगले यदि फोटोसहितको मतदाता नामावलीमा नाम भए नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचयपत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ । दोस्रो चरणको स्थानीय चुनावमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो । १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।







सम्बन्धित शिर्षक समाचारहरु

३ वटा प्रदेशमा आज मतदान/ निर्धक्क मतदान गर्नुस्ः आयोग

हेटौंडा, १४ असारः तीन वटा प्रदेशमा आज बुधबार मतदान हुँदैछ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ मा मतदान हुँदैछ । दोस्रो चरणको निर्वाचनको लागि सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आह्वान गरेको छ । मतदानको पूर्वसन्ध्यामा मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै आयोगले बुधबार विहान ७ बेजेदेखि ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।

सबैभन्दा प्रमुख नीति राजनीति

राजेश बानियाँ, अध्यक्ष (हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा) हेटौंडाको युवा व्यवसायीको परिचय बनाएका राजेश बानियाँ स्थानीय तह निर्वाचनबाट ५ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । २०३७ साल वैशाख २९ गते बुबा वीरेन्द्र बहादुर बानियाँ र आमा नर्वदा बानियाँका कान्छो छोराको रुपमा हेटौंडा–५, बानियाँटोलमा जन्मनुभएका राजेश बनियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् ।

स्थानीय तहमा एमालेको ५२, काँग्रेसको २७, र माओवादीको १९ प्रतिशत निर्वाचित

हेटौंडा, १४ जेठः स्थानीय तह निर्वाचनबाट मकवानपुरको १० स्थानीय तहमा ५ सय ३० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको कार्यालयमा दर्ता भएका २२ दल मध्ये १ स्वतन्त्रसहित ४ दलबाट मात्रै प्रतिनिधि चयन भएका छन् । निर्वाचनबाट नेकपा एमालेका ५२ दशमलव ६४ प्रतिशत, नेपाली काँग्रेसको २७ दशमलव ३५ प्रतिशत, नेकपा माओवादी केन्द्रको १९ दशमलव ६ प्रतिशत प्रतिनिधी चयन भएका छन् ।

भाइरल बन्यो हेटौंडाका उम्मेदवारको सौहाद्र्धता

हेटौंडाः बुधबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम घोषणा गर्नुअघि नै जिल्ला समन्वय समिति मकवानपुरअगाडि सडकभर नेकपा एमालेका नेता, कार्यकर्ता, समर्थक एवम् सर्वसाधाणको भीड थियो । जिल्ला समन्वय परिषर भित्र हेटौंडा उपमहानगरको मेयर हरिबहादुर महत र उपमेयर मीना लामा निर्वाचित हुने निश्चित भइसकेको थियो । हरिबहादुर महत आफू निर्वाचित भइरहँदा मेयर पदका अर्का आकांक्षी निकटतम् प्रतिद्वन्द्वी आनन्दराम पराजुलीलाई दुबोको माला लगाउँदै थिए ।

नगरका वडा अध्यक्षहरुको कुल मत २५,५५५

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाहरुमा निर्वाचित अध्यक्षहरुले कुल २५ हजार ५ सय ५५ मत पाएका छन् । बुधबार अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । हेटौंडा उपमहानगरपालिकाको कुल मतदाता ८३ हजार ९ सय ७५ मध्ये ६२ हजार २ सय ५ मत खसेको थियो । हेटौंडा उपमहानगरको १९ वडा मध्ये १२ वटा वडामा नेकपा एमालेका उम्मेदवार अध्यक्ष निर्वाचित भएका छन् भने ५ वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्ष निर्वाचित भएका छन् ।



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top