+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

३ वटा पानी उद्योगको उत्पादनमा रोक



अर्थ / व्यापार   4 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ४ भाद्रः क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आइतबार हेटौंडाका ३ वटा पानी उद्योगलाई पानी उत्पादन तथा विक्रि वितरण गर्न रोक लगाएको छ ।

३ वटा पानी उद्योगको उत्पादनमा रोक


 उद्योगबाट उत्पादित पानी प्रतिकुल देखिएपछि उक्त उद्योगहरुबाट उत्पादन हुने पानीको १ लिटर बोटल तथा २० लिटरको जार उत्पादन गर्न तथा विक्रि वितरण नै गर्न नपाउने गरी रोक लगाइएको हो ।

हेटौंडा–८ स्थित मकवानपुर वेभरेज प्रालिको ‘माई च्वाइस’ ब्राण्डको पानी, हेटौंडा–९ स्थित शुभ वेभरेज इन्डष्ट्रिज प्रालिको ‘एक्वा टाईम’ ब्राण्डको पानी र हेटौंडा–९ स्थित नेचुरल वेभरेज प्रालिको ‘अमृत जल’ ब्राण्डको पानी उत्पादन तथा विक्रिमा रोक लगाइएको छ । उद्योगका पानीको विषयमा उपभोक्ताहरुबाट बारम्बार उजुरी आईरहेको र बारम्बार उद्योग अनुगमन तथा पानीको जाँच गर्दा पानीमा ‘कोलिफर्म’ तथा ‘इस्ट एण्ड मोल्ड’ जस्ता स्वास्थ्यलाई हानी गर्ने सुक्ष्म जिवाणु देखिएपछि खाद्य नियमावली २०२७ को नियम ८ को उपनियम १ (ग) बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा उत्पादन तथा विक्रि वितरण रोक्का गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिनुभएको छ ।

उद्योगहरुले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिम पानी उत्पादन गर्दा आवश्यक मापदण्ड पुरा हुनुपर्ने, पानी उत्पादन तथा सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, उत्पादन भएको प्रशोधित पानीमा कुनै समस्या नहुने प्रतिबद्धता जाहेर गर्नुपर्ने तथा पानी जाँच गर्दा अनुकुल देखिए मात्र उद्योग खुल्ने उहाँले बताउनु भयो । गत साउन १७ गते संयुक्त बजार अनुगमन टोलीले शंकास्पद प्रशोधित पिउने पानीको नमुना खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ अनुसार नमुना जाँच गर्दा प्रतिकुल देखिएको कार्यालयले जानकारी दिएको छ । पानीको उत्पादन तथा विक्रि वितरणमा रोक लगाउनका लागि मुचुल्का उठाउने तथा उत्पादन भईसकेका पानीको कार्टुन संख्या टिपोट गर्ने क्रममा उद्योगले जानकारी गराएको संख्या भन्दा बढी भएको आशंकामा पुनः गणना गर्ने क्रममा मकवानपुर वेभरेज प्रालिका संचालकले अनुगमन टोली तथा पत्रकारसँग अभद्र व्यवहार समेत गरेका थिए ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजाल, खाद्य निरीक्षक जगत प्रसाद चौधरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, नायब सुब्बा मदन कुमार श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष वासु खतिवडा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अनुज जंग रायमाझी, कम्पनी संचालक, कर्मचारी स्थानीयको उपस्थितिमा उद्योगमा पानी उत्पादन तथा विक्रिमा रोक लगाइएको हो ।






सम्बन्धित शिर्षक समाचारहरु

३ वटा पानी उद्योगको उत्पादनमा रोक

हेटौंडा, ४ भाद्रः क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आइतबार हेटौंडाका ३ वटा पानी उद्योगलाई पानी उत्पादन तथा विक्रि वितरण गर्न रोक लगाएको छ ।

सहकारीको भूमिका महत्वपूर्ण

मकवानपुरगढी, ३ भाद्रः मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सरकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा शनिबार भएको छ ।

दुग्ध किसानको आन्दोलन स्थगित

हेटौंडा, १ भाद्रः दुग्ध विकास संस्थानले विभिन्न शिर्षकमा दुग्ध उत्पादक सहकारी संस्था मार्फत् किसानलाई उपलब्ध गराएको प्रोत्साहन मुल्यमा गरेको कटौतीको बिरोधमा केन्द्रीय दुग्ध सहकारी संघले सुरु गरेको आन्दोलन बिहिबारबाट स्थगित भएको छ ।

महिला जागरण सर्वोत्कृष्ट सहकारी

हेटौंडा, १ भाद्रः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेप्mस्कून)ले ३१औं स्थापना दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकामा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सर्वोत्कृष्ट संस्थाको रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

कालोपट्टि बाँधेर किसानद्वारा विरोध

हेटौंडा, ३१ साउनः दुग्ध विकास संस्थानले किसानलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन रकम कटौती गरेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको विरोध बुधबार पनि जारी छ । सोमबारदेखि सुरु भएको विरोध कार्यक्रम बुधबार तेस्रो दिन किसानहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top