: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्वास्थ्य


शिविरमा मुख्यमन्त्री पौडेलको स्वास्थ्य परीक्षण

स्वास्थ्य पटक पढिएको रञ्जन राज पौडेल हेटौंडा, ७ जेष्ठः


शिविरमा मुख्यमन्त्री पौडेलको स्वास्थ्य परीक्षण


हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजनामा संचालित घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार स्वास्थ्य परीक्षण गराउनु भएको छ । आइतबार मुख्यमन्त्री पौडेलले स्वयम् उपस्थित भएर शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य स्थिति जानकारी लिनुभएको थियो । साथै मुख्यमन्त्री पौडेलले शिविरमा आफ्नो समेत स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

स्वास्थ्य परीक्षणपछि मुख्यमन्त्री पौडेलले टोलटोलमै गएर घरदैलोमै स्वास्थ्य परीक्षण गर्ने काम प्रशंसायोग्य भएको भन्दै उहाँले यस्तो कार्यलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत जेठ ३ गते शुक्रबार नगरप्रमुख हरिबहादुर महतले ९ नम्बर वडामा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको थियो । वडावासीलाई वडामा स्वास्थ्य केन्द्र रहेको जानकारी गराउन स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरले वडामा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य स्थिति बुझ्नका लागि टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापन र हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको सहयोगमा वडाको प्रत्येक टोलटोलमा गई निशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो । कार्यक्रमको तेस्रो दिन आइतबार सम्ममा २६९ जना बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण शिविरमा रक्तचाप, सुगर, दम, हाडजोर्नी सम्बन्धी परीक्षण भएकोमा रक्तचाप र मधुमेहको बिरामी अत्याधिक रहेको हेटौंडा सिमेन्टका स्वास्थ्यकर्मी बिनोद कुमार लामिछानेले जानकारी दिनुभयो । शिविरमा हेटौंडा अस्पतालका डा. सुष्मा हुज्दार नेतृत्वको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरिरहेको र आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरिएको छ । स्वास्थ्य परीक्षण शिविरलाई निरन्तरता दिँदै आज सोमबार सिर्जना र सन्तोषी टोल विकास संस्थामा तथा भोलि मंगलबार धर्मपथ र गणेश हनुमान टोल विकास संस्थामा स्वास्थ्य परीक्षण गरिने वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


शिविरमा मुख्यमन्त्री पौडेलको स्वास्थ्य परीक्षण - 2018-05-21
हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजनामा संचालित घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार स्वास्थ्य परीक्षण गराउनु भएको छ । आइतबार मुख्यमन्त्री पौडेलले स्वयम् उपस्थित भएर शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य स्थिति जानकारी लिनुभएको थियो । साथै मुख्यमन्त्री पौडेलले शिविरमा आफ्नो समेत स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

टोल स्तरीय स्वास्थ्य उपचार क्लिनिक संचालन - 2018-05-20
हेटौंडा, ६ जेष्ठः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा आजबाट टोल स्तरीय स्वास्थ्य उपचार क्लिनिक संचालनमा ल्याईएको छ । सहरी स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नम्बर ९ मा बिहिवारबाट संचालनमा ल्याईएको स्वास्थ्य केन्द्रले आजबाट टोलस्तरीय स्वास्थ्य उपचार क्लिनिक सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी सचेतना - 2018-05-20
हेटौंडा, ६ जेष्ठः मकवानपुरगढी गाउँपालिकाको भानु माध्यामिक विद्यालयमा शुक्रबारबाट दुई दिवसीय किशोर किशोरी स्वास्थ्य महिनावारी सचेतना तथा सिस्टर सेफ्टी बक्स वितरण कार्यक्रम भएको छ । गढी गाउँपालिकाको सहयोग तथा महिला जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।

३ नम्बर प्रदेशमा ९१ हजारमा अपाङ्गता - 2018-05-20
३ नम्बर प्रदेशमा ९१ हजार ३ सय ५५ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको प्रारम्भिक पाश्र्वचित्रमा समावेश तथ्याङ्क अनुसार सबैभन्दा बढि काठमाडौंमा र सबैभन्दा कम रसुवामा अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।

८४४ जनालाई स्वास्थ्य सेवामा सहयोग - 2018-05-18
हेटौंडा, ४ जेष्ठः चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्ममा हेटौंडा अस्पतालमा रहेको सामाजिक सेवा एकाईले ८ सय ४४ जनालाई स्वास्थ्य उपचारमा सहयोग गरेको छ । सामाजिक सेवा एकाईबाट ८ सय ४४ जनाले करिब ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

कैलाशमा निशुल्क स्वास्थ्य शिविर - 2018-05-14
हेटौंडा, ३१ बैशाखः कैलाश गाउँपालिकाका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा हेटौंडा अस्पताल र काठमाडौं क्यान्सर अस्पतालको प्राविधिक सहगोगमा स्वास्थ्य शिवीर गर्न लागीएको हो ।

नर्सिङ दिवस ५ जना नर्स सम्मानित - 2018-05-13
हेटौंडा, ३० बैशाखः नेपाल नर्सिङ संघ जिल्ला शाखा मकवानपुरको आयोजनामा भएको कार्यक्रममा ५ जना नर्सहरुलाई सम्मान गरिएको छ । नर्सिङ क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संघले सेवानिवृत्त ५ जना नर्सहरुलाई शनिबार अँैपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

हृदयरोग निवारण केन्द्रको साधारण सभा - 2018-05-13
हेटौंडा, ३० बैशाखः नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको साधारण सभा भएको छ । शनिबार भएको साधारण सभामा प्रतिष्ठानका जिल्ला अध्यक्ष हरीबंश भेटवालले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष धु्रव भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

हेटौंडा उपमहानगरपालिका पूर्ण खोपयुक्त नगर हुँदै - 2018-05-11
हेटौंडा, २८ बैशाखः हेटौंडा उपमहानगरलाई पूर्ण खोपयुक्त नगर घोषणाको तयारी पूरा भएको छ । नगरका वडाहरुका बालबालिकाहरु खोपको दायरामा आईसकेकोले घोषणा तयारी पूरा भएको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350256 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top