+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
विचार

थाइराईड बारे सचेतना आवश्यक



विचार   9 पटक पढिएको   डा. कमोद निराला     
के हो थाईराइड ? कसरी बच्ने ? कस्तो हुन्छ उपचार विधि ? यो घाँटीको अगाडीको भागमा रहेको एउटा ग्रन्थी हो, रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० टाइम र ट्राइआयोडो टी–४० हर्मोन उत्पादन गर्छ । थाइराइडको ग्रन्थी घाटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो । यसले शरीरको धेरै कुरा नियन्त्रण गर्छ । जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो । यसले शरीरमा हुने अनावश्यक झोल पदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ । विशेषगरी मुटुको धड्कन मिलाउने नियन्त्रण गर्ने काम गर्छ । त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ । यही हो थाइराईड रोग ।

थाइराईड बारे सचेतना आवश्यक


कस्ता कस्ता प्रकारका हुन्छन् ?

रोग भन्नुपर्दा विभिन्न किसिमका हुन्छन् त्यस मध्य थाइराईड पनि एक रोग हो । थाइराइडमा प्रत्येक रुपमा ३/४ वटा समस्या हुन्छ । एउटा थाइराईड ग्रन्थिले निकाल्ने रस कम हुने रोग हाइपो थाइरोडिजम हो । एउटा हर्मोनको मात्रा बढी निस्कने हुन्छ त्यसलाई हाइपर थाइरोडिज्म भनिन्छ । तेस्रो थाइराइडमा हर्मोन सुनिने हुन्छ । यसमा गलगाँड जस्तो गरेर सुनिने हुन्छ । र चौंथो क्यान्सर हुन सक्छ, थाइराइड ग्रन्थिमा । धेरैजसो थाइराइडको रोग लागेको छ भनेर समाजमा कुरा गरिने चाही थाइराइडले निकाल्ने हर्मोन कम (लो) भएर हुने रोगलाई हो । त्यसलाई हाईपो थाइरोडिजम भनिन्छ । घाँटीबाट निस्कने थाइराइड ग्रन्थीको हर्मोन कम भयो भने के हुन्छ र बढी भयो भने के हुन्छ भन्ने कुरा परिक्षणपछि चिकित्सकले लक्षण पहिचान गर्छन् । विशेष गरी थाइराइड हर्मोन कम हुँदा शंका गर्नु थाईराइडको सबैभन्दा महत्वपूर्ण लक्षण हो । बिरामीले धेरैवटा लक्षण भन्ने तर, डाक्टरले केही पनि नभेट्ने भयो भने पनि थाइराइड शंका गर्नुपर्छ । 


मानसिक रोगको जस्तो लक्षण 

आज भन्दा ५/६ वर्ष पहिला सबैलाई मानसिक रोग हो की भनेर भनिन्थ्यो । मानसिक रोग नै भनेर परिक्षण गरिन्थ्यो । थाइराइड परिक्षण गरिएको थिएन । धेरै बिरामी छुट्थे । अहिले के भनिएको छ भने विश्वमा जति पनि बिरामी छन, ति मध्यमा ५० प्रतिशतमा आफुलाई थाइराइड भएको भन्ने थाहा नै हुँदैन । एक सयमा ५० जनाले थाहा पाएर औषधि लिन्छन् भने ५० जनाले डाक्टरले जाँच गर्दा थाहा पाएपछि मात्रै औषधी लिने गर्छन् । त्यसकारण थाइराईडको बारेमा होसियारी र सचेतना आवश्यक छ । थाइराइड हर्मोन कम हुँदा तौल अनावश्यक रुपमा भद्धा हुने, बढ्ने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुनिने, फुल्ने, कपाल खस्ने, मानसिक रोगी जस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने, चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्मे हुने हुन्छ । सबैकुरा सुन्दा मानसिक रोग जस्तो लाग्ने भएर झुक्किने हुन्छ । हर्मोन बढी हुँदा ठीक उल्टो हुन्छ । मासिन दुब्लाउने, मसिना बढी आउने, निन्द्रा नलाग्ने, मानिस सामान्यतया जतिखेर पनि तातेको अनुभव र ज्वरो आए जस्तो हुने, पखला बढी लाग्ने ज्यान गलेको जस्तो लक्षण दुबैमा हुन सक्छ । कतिपय अवस्थामा हर्मोन(लो) र (हाई) मा ठिक उल्टो लक्षण हुन्छ । १०० मा ९० प्रतिशतमा मिल्छ भने १० प्रतिशतमा उल्टो हुन पनि सक्छ । लो भएको बिरामीको संख्या विश्वमा धेरै छ । 


बढी महिलामा समस्या 

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा हुन्छ । १० मध्य नौ महिलामा यो रोग लाग्छ । एक मात्रै पुरुष हुन्छ । यसको कारण महिलाहरुमा हुने महिनावारीदेखि हर्मोनमा हुने अनेक खालको परिवर्तन हो । किनभने हर्मोनको समन्वय मस्तिष्क, थाइराइड, पाठेघर, स्तन सबैमा हुन्छ । लो थाइराइड र हाइ थाइराईड मध्य ‘लो’ अर्थात् हाइयो थाइराइड ५० प्रतिशत बढी छ । त्यसकारण महिलाहरु र हर्मोन कम हुने रोगीको संख्या संसारमा धेरै छ । यस्तो खालको रोग पत्ता लगाउन सामान्यतयः चिकित्सकले शंका गरिसकेपछि रगतमा टिथ्री, टी–फोर र टी–एस एच (तघ,तद्ध,तकज) हर्मोन परिक्षण हुन्छ । त्यो परिक्षण गर्दा थाइराइड हर्मोन बढी भएको र कम भएको डाक्टरले पत्ता लगाउँछन् । 


जीवनभर औषधी खानुपर्ने पनि हुनसक्छ 

नियमित औषधी सेवन गरेर ३/३ महिनामा अवस्था के भयो भनेर फेरी परिक्षण गर्नुपर्छ । कतिपयले जीवनभर नै खानुपर्छ । कतिपयले १२, १५ महिना औषधी खाएर निकोहुन्छ । त्यो रगतको परिक्षण बाहेक कहिले काहीं भाइरलले अन्य संक्रमणले असर गर्ने भएकाले आफैं निष्क्रिय भएको हो की अन्य चिजले आक्रमण गरेको हो भनेर एन्टीबडी चेक गर्न सकिन्छ । अझै बढी सिटी स्क्यान र आयोडिन स्क्यान टेस्ट पनि हुन्छ । 

तर, त्यसको धेरै जरुरी हुन्न । थाइराइड ‘लो’ लाई औषधीबाट समाधान गर्ने हो । थाइराइड ‘हाई’ भयो भने कहिलेकाहीं अप्रेशन गर्नुपर्ने र कहिलेकाही रेडियो आयोडिन थेरापी गर्नुपर्ने हुन्छ । थाइराइड खानपानसँग धेरै सम्बन्ध नराख्ने रोग हो । 


कारण के हुनसक्छ ? 

अहिले पहिले जस्तो अर्गानिक कुरा पाईदैन । थाइराइड हर्मोन कम हुनुमा जिम्मेवार प्राकृतिक खानपान छाड्दै जानु, हाइब्रिड पदार्थ वा विषादी प्रयोग भएका खानेकुरा बढी सेवन गर्नु नै हो । ग्रन्थीमा गएर त्यस्ता तरकारी र फलफुलका विषादी गएर अंगमा बस्नु र निकाल्न सक्ने रस निकाल्न नसक्नु गर्मी बढी हुनाले प्रकाशको किरणको असर गर्नु जस्ता कारण यो रोगले आक्रमण गर्छ । यो रोगका बिरामीहरुले विशेष गरी नाइट्रोजन फुड कम खानुपर्छ । तरकारीमा बन्दाको अत्याधिक प्रयोग, काउलीको डाँठ पात, बेथेको साग, स्टोर गरेका फुडहरु, गालेको अचार, अमिलो दही, पुरानो गुन्द्रुक, मस्यौरा थाइराइड बढाउने खानेकुरा हुन् । यिनलाई कम गर्नुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । फ्याटयुक्त खानेकुराहरु खानु हुँदैन । रातो मासु खानु हुँदैन । थाइराइडका बिरामी धेरै मोटो हुने हुनाले बिहान हिड्ने गर्नुपर्छ । रोग भए पनि कन्ट्रोल हुने हुनाले उनीहरुले रक्तदान भने गर्न सक्छन् । थाइराईका बिरामीहरुमा रगतमा क्याल्सियम, भिटामिन डी आदिको मात्रा कम हुन्छ । थाइराइडसँग रगतमा बोसोको मात्रा बढ्ने र कहिलेकाही मुटुमा समेत असर पार्न सक्ने हुन्छ । 


महिलाहरुले ध्यान दिनुपर्ने कुराः

विशेषगरी गर्भवति महिलाहरुमा गर्भ रहने कुरामा पनि असर गर्ने र गर्भ बसिहालेपनि बच्चामा बाँझोपन आउने हुनाले गर्भ रहनुभन्दा पहिला नै थाइराइड छ कि छैन भनेर परिक्षण गर्नु राम्रो हो । हर्मोन कन्ट्रोलमा छ भने बच्चा जन्माउन कुनै समस्या हुन्न । बच्चा पेटमा छ भने पनि औषधी छोड्नु हुँदैन । विश्वभर विरामीको संख्या बढेपछि विश्व थाइराइड एसोसिएसनले यो रोग सम्बन्धी जनचेतना बढाउने सन् २००८ देखि मे २५ लाई विश्व थाइराइड दिवसको रुपमा मनाउन सुरु गरेको हो । साताव्यापी कार्यक्रम गरी यो दिवस मनाइन्छ । सन् २०१८ का लागि नारा तपाइ होइन कि तपाइको थाइराईडको मतलब गर्नुस् भन्ने तय भएको छ । शरीरमा लाग्ने अन्य रोगमा थाइराइड जिम्मेवार हुनसक्छ एकपटक जाँच गर्नुस त भन्ने सन्देश प्रभाव गर्न खोसिएको हो । 

कुनै रोग लागिहाल्यो भने कै थाइराइड त होइन भनेर भनेर भन्न चेक गर्नुस भन्न खोजेको हो । थाइराइड डरलोग्दो रोग चाही होइन तर, यसले जीवनको गुणस्तरलाई असर गर्ने भएकाले परिक्षण गर्न र समस्या देखिए औषधी खान जरुरी छ । नेपालमा अहिले धेरै थाइराइडका बिरामी भेटिएको हुनाले समयमा परिक्षण गराउँ । 








सम्बन्धित शिर्षक समाचारहरु

थाइराईड बारे सचेतना आवश्यक

के हो थाईराइड ? कसरी बच्ने ? कस्तो हुन्छ उपचार विधि ? यो घाँटीको अगाडीको भागमा रहेको एउटा ग्रन्थी हो, रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० टाइम र ट्राइआयोडो टी–४० हर्मोन उत्पादन गर्छ । थाइराइडको ग्रन्थी घाटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो । यसले शरीरको धेरै कुरा नियन्त्रण गर्छ । जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो । यसले शरीरमा हुने अनावश्यक झोल पदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ । विशेषगरी मुटुको धड्कन मिलाउने नियन्त्रण गर्ने काम गर्छ । त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ । यही हो थाइराईड रोग ।

सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो

सामुदायिक विद्यालयप्रति आम अभिभावकको चासो कम भएको कारण संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको विशेषतः एसईईको नतिजालाई नियालेर कुरा काट्नेहरु प्रशस्तै छन् । यो कुरा चिर्दै आम अभिभावकको चासोलाई सामुदायिक विद्यालयतर्फ केन्द्रित गरी विश्वास जित्न धेरै सामुदायिक विद्यालयहरुले दिवा खाजा, अंग्रेजी माध्यमको पढाई, ड्रेस, व्याग लगायतका सुविधा देखाएर आकर्षित गर्ने प्रयास गरेको भए तापनि त्यो सफल हुन नसकिरहेको कारण भने हुने खाने वर्ग तथा विभिन्न क्षेत्रका नेतृत्व वर्ग लगायतका आम व्यक्तिहरुको सामुदायिक विद्यालयप्रति चासो नरहनु नै हो ।

सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती

हिजो राती नै अनलाइन माध्यम अनि बिहानै समृद्ध समाज राष्ट्रिय दैनिक र कान्तिपुर दैनिक पत्रिकामा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत ज्यूले आफ्नी नातिनीलाई सरकारी विद्यालयमा भर्ना गरेर जुन आँट देखाउनु भएको छ यसलाई कमजोर सरकारी विद्यालयका पठनपाठन गतिविधिको परिवर्तन गरी राम्रो सर्वसुलभ शिक्षा प्रदान गर्न तर्फ लागिएको भान हुन्छ र अब केही हुन्छ की भन्ने लागेको छ ।

चन्द्रपुर सार्वजनिक शौचालय विहिन

केहि नगन्य मात्रामा चुरे पहाडको भू–भागसँग जोडिएको र लगभग ९९ प्रतिशत जति समथर भू–भाग रहेको तराई जहाँ हरियाली प्रशस्त मात्रामा देख्न सकिन्छ । त्यो ठाउँ हो चन्द्रपुर नगरपालिका । यस नगरपालिकाको उत्तरी भेगमा बढिजसो सिन्धुली, मकवानपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाहरुबाट बसाई–सराई गरी आएका मानिसहरु बसोबास गर्दछन् ।

‘युरोपियन युनियनको नेपालमाथि गैरकानुनी हस्तक्षेप’

अन्तराष्ट्रिय कानुन अनुसार प्रष्ट छ– नेपाललाई स्वतन्त्र राष्ट्रको हैसियतले आफ्नो संविधान बनाउने, त्यस संविधानमा कस्तो राजनीतिक व्यवस्था स्थापित गर्ने र राज्यको ढाँचा कस्तो बनाउने जस्ता कुरा आफैले निर्णय गर्ने स्वयं सिद्ध अधिकार छ । नेपालले यस्तो अधिकार प्रयोग गर्दा कुनै राष्ट्रिय तथा अन्तराष्ट्रिय तत्वले हस्तक्षेप गर्न सक्दैन तर गत हप्ता मात्रै युरोपियन युनियनको प्रतिवेदनले नेपालको संविधानमा खोट देखाइ जुन आफ्नो असली रुप प्रस्तुत ग¥यो त्यसबाट प्रष्ट हुन्छ की कति हद सम्म युरोपियन युनियनको नेपाल मिसनको उद्देश्य ।



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top