: +०५७-५२६८३०, ९८५५०-६८२२७

खेलकुद


चिल्डे«न्स गेमका छनोट सकियो

खेलकुद पटक पढिएको




हेटौंडा, ७ जेष्ठः उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरका सबै खेलका छनोट सकिएको छ । समितिका अनुसार शनिबार भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट दुई, जनक मावि भीरकोटबाट २ र वुद्ध मावि, महेन्द्र मावि र नवोदय बोर्डिङबाट एक/एक जना खेलाडी छनौट भएका हुन् ।

आधुनिकका अनिष महर्जनले एक सय, २ सय र लङजम्प र पल्लवी मिश्र एक सय मिटर दौडमा प्रथम हुँदै छनौट भएका जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । यस्तै जनक मावि छतिवन भिरकोटका पविना नेपाली २ सय मिटर दौड र ट्रिपलजम्प तथा रिकेश राई ट्रिपलमा प्रथम भएर प्रदेशमा खेल्ने मौका पाएका छन् । यसैगरी बुद्ध मावि हात्तिसुँढेका वीरमान मोक्तान सटपुट, महेन्द्र माविका मनिष फुँयाल लङजम्प र नवोदय बोर्डिङकी अन्जली परियार सटपुटमा छनौट भएका छन् । यसअघि नै कराँते, तेक्वान्दो र उसुका १८ जना खेलाडी छनौट भइसकेका र काठमाडांैमा यही जेठ ८ र ९ गते हुने प्रदेश गेम्समा सहभागी हुने समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभएको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चिल्डे«न्स गेमका छनोट सकियो - 2018-05-21
हेटौंडा, ७ जेष्ठः उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरका सबै खेलका छनोट सकिएको छ । समितिका अनुसार शनिबार भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट दुई, जनक मावि भीरकोटबाट २ र वुद्ध मावि, महेन्द्र मावि र नवोदय बोर्डिङबाट एक/एक जना खेलाडी छनौट भएका हुन् ।

मकवानपुर क्रिकेट क्लबलाई क्रिकेट उपाधी - 2018-05-17
हेटौंडा, ०३ जेष्ठः हेटौंडा कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टोली मकवानपुर क्रिकेट क्लबले जितेको छ । मंगलबार हेटौंडाको हुप्रचौरमा भएको फाईलन खेलमा अर्को घरेलु टोली मकवानपुर क्रिकेट एकेडेमीलाई १२ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लबले उपाधि जितेको हो ।

हेटौंडा कप टी–२० क्रिकेट/ फाईनलमा मकवानपुरका दुई टिम भिड्ने - 2018-05-14
हेटौंडाः हेटौंडामा जारी हेटौंडा कप टी–२० क्रिकेटमा मकवानपुरका २ टिमहरु भिड्ने भएका छन् । जेठ १ गते हुने फाईलन खेलमा मकवानपुर क्रिकेट क्लब र मकवानपुर क्रिकेट एकेडेमी बिच प्रतिष्पर्धा हुने भएको छ ।

थाहालाई बाग्मती उपाधी - 2018-05-14
हेटौंडा, ३१ बैशाखः थाहा नगर खेलकुद विकास समितिले बाग्मती गाउँपालिकामा सम्पन्न प्रथम बाग्मती गाउँपालिका भलिबल खुल्ला प्रतियोगिता–२०७५को उपाधी जितेको छ ।

हेटौंडा कप टि–२० क्रिकेट/ आज सेमिफाईनलका खेल हुँदै - 2018-05-13
हेटौंडा कप टी–२० क्रिकेट प्रतियोगितामा आज आइतबार सेमीफाईनलका दुई खेल हुनेछ । आजको पहिलो खेल समुह ‘ए’ को बिजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको मकवानपुर क्रिकेट क्लब र समुह ‘बी’ को उपबिजेता बन्दै प्रवेश गरेको वाई–वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौं बीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइलन खेलमा समुह ‘बी’ को विजेता मकवानपुर क्रिकेट एकेडेमी र समुह ‘ए’ को उपबिजेता सिमरा क्रिकेट क्लब बीच हुनेछ ।

उपराष्ट्रपति चिल्ड्रेन्स गेमको छनौट - 2018-05-13
हेटौंडा, ३० बैशाखः उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत शनिबार कराँतेको छनौट भएको छ । ६ वटा तौल समूहमा भएको छनौट खेलमा महेन्द्र माध्यमिक विद्यालय छतिवनका ३ जना खेलाडी छनौट भएका छन् । यस्तै महेन्द्र किरण मावि बसामाडीका २ र अमर माविका १ जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभयो ।

सचिवमा मल्ल र कोषाध्यक्षमा लुङ्वा - 2018-05-13
हेटौंडा, ३० बैशाखः मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको बैठकले सचिवमा युनाल मल्ल र कोषाध्यक्षमा अमृत लुङ्वालाई चयन गरेको छ । यसैगरी संघको बैठकले सदस्यहरुमा निमा लामा र रीतेश थापालाई मनोनित गरेको छ । नयाँ सदस्य मनोनित गरेसँगै फुटबल संघ अब १५ सदस्यीय भएको छ ।

हेटौंडा कप टि–२० क्रिकेटमा काठमाडौं विजयी - 2018-05-11
हेटौंडा, २८ बैशाखः हेटौंडाको हुप्रचौरमा जारी हेटौंडा टि–२० क्रिकेट कप–२०७५ अन्तर्गत बिहिवार भएको खेलमा वाई–वाई ग्रेट हिमालयन क्रिकेट ऐकेडेमी काठमाडौं विजयी भएको छ । समुह चरण अन्तर्गत भएको नवौं खेलमा ग्रेट हिमालयनले मकवानपुर क्रिकेट ट्रेनिङ सेन्टरलाई ४७ रनले पराजित गरेको हो ।

हेटौंडा कप–२०७५/ समुह चरण बाटै बाहिरीयो चौघडा - 2018-05-10
हेटौंडा, २७ बैशाखः हेटौंडामा जारी हेटौंडा कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मकवानपुर क्रिकेट ऐकेडेमी र सिमरा क्रिकेट क्लब बिजयी भएका छन् । लिग चरण अन्तर्गत बुधबार भएको पहिलो खेलमा मकवानपुरले पर्सा क्रिकेट क्लब बिरगंजलाई र सिमरा क्रिकेट क्लब बाराले चौघडा स्पोट्र्स क्लबलाई पराजित गरेको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350258 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top