+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
विचार

रिपोर्टरको डायरी



विचार   110 पटक पढिएको   प्रिया पौडेल     

पैसा दिन्छ हो ? भूकम्प गएको धेरै भईसके पनि पीडितहरु भने पुनर्निर्माणको लागि भाग दौड गरिरहेका छन् । साढे २ वर्ष बितिसक्दा पनि सुकुम्बासी भूकम्प पीडितहरुले अझै राहत पाउन सकेका छैनन् । यस्तैमा अघिल्लो आईतबार भीमफेदी गाउँपालिका वडा नम्बर १ र २ लाई लक्षित गरी भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो ।

कार्यक्रमको रिपोर्टिङ गर्न म पनि भिमफेदी गाउँपालिका पुगेको थिएँ । भूकम्प पीडितको नामावलीमा नाम भएपनि नम्बर नमिलेको र पूर्ण क्षतिलाई आंशिकमा राखिएकोले पनि राहतमा ढिलो भईरहेको छ । कार्यक्रम ११ बजेबाट सुरु गर्ने भनिए पनि स्थानीय भूकम्प पीडितलाई १० बजे नै बोलाईएको थियो । औपचारिक कार्यक्रमको सुरुवातमा आयोजकले स्थानीय भूकम्प पीडितहरुको गुनासो टिपेका थिए । यस्तैमा गुनासो टिपाउन आएका स्थानीयहरु मध्ये एकजना दिदीले भन्नुभयो, ‘गुनासो टिपाएपछि पैसा दिन्छ हो ?’ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजना तथा यूरोपियन यूनियनको सहयोगमा भूकम्पछिको पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सुकुम्बासी भूकम्प पीडितहरुले राहत रकम नपाएकोमा गुनासो गरेका थिए । यस्तैमा अर्की दिदीले भन्नुभयो, ‘अस्ती गुनासो टिपाउन आएको बेला टिपाएका थियौं । यसमा पनि टिपाउनु पर्छ हो ? अस्तीको पैसा आएन, यो पैसा आउने हो ?’ कार्यक्रममा सहभागीहरु मध्ये केही घर निर्माण, केही मर्मत लगायतका साना ठूलो सबै खालका गुनासो टिपाउन व्यस्त देखिएका थिए । भूकम्प पीडितको अवस्था र गुनासो पटक–पटक टिपिए पनि भूकम्प पीडित भने घर बनाउने पैसाकै आशमा छन् ।


बेमौसमी अनुगमन

जिल्ला कृषि विकास कार्यालय मकवानपुरको आयोजनामा कात्तिक २३ गते बिहीबार मकवानपुरको उत्तरी क्षेत्रको अनुगमन गरिएको थियो । सरोकारवाला र सञ्चारकर्मीहरुका लागि आयोजना गरिएको कृषि पकेट क्षेत्र भ्रमणको क्रममा सुरुमा भीमफेदी गाउँपालिका ९ नम्बर वडाको महाभीरमा गरिएको अलैंची खेति हेरिएको थियो ।

जिल्ला कृषि विकास कार्यालय मकवानपुरको सहयोगमा सुरु गरिएको अलैंची खेति फस्टाएको छ । यस्तै, कार्यालयले अनुगमनको लागि लगेको थाहा नगरपालिका वडा नम्बर ६ मा मल्चिङ प्रविधिबाट गरिएको तरकारी खेतिको अनुगमन गरिएको थियो । तर, अनुगमनमा हामी पुग्दा न तरकारी छ, न त किसान नै । तरकारी बारीमा तरकारी सकिएर बोट मात्र बाँकी थियो । त्यसैगरी, एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मकवानपुरको किवी खेतिको पनि अनुगमन गरिएको थियो । किवी खेति अनुगमनमा किवी अन्तिम चरणमा पुगेको थियो । त्यहाँ पनि हामीले किसान भेटेनौं । उत्तरी क्षेत्रमा चिसोको समयमा तरकारी उत्पादन कम नै हुन्छ । टनेल र मल्चिङ प्रविधिबाट मात्र तरकारी उत्पादन गर्न सकिन्छ । कृषि पकेट क्षेत्र अनुगमन कार्यक्रम बेमौसमी अनुगमन उजाड जस्तै भयो । बेमौसमी खेति फस्टाए पनि अनुगमन भने बेमौसमी अर्थात उपयुक्त समयमा नभए त्यसको के अर्थ होला र † 


टिका टासौं

इस्थर बेन्जामिन स्मृति संस्थाको आयोजनामा कात्तिक २२ गते बुधबार हेटौंडामा “बालबालिका बेचविखन विरुद्ध” चित्रकला प्रतियोगिता तथा प्रदर्शनी भएको थियो । कार्यक्रममा माध्यामिक तहका विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा विद्यार्थीहरुले बनाएको चित्रमा उनीहरुलाई नै उत्कृष्ट लागेको चित्रमा भोट गर्न पाउने व्यवस्था मिलाइएको थियो । विद्यार्थीहरुलाई पनि स्वनिर्णयमा सहभागिता गराउने उद्देश्यले विद्यार्थीहरुलाई चित्रमा टिका लगाएर आफ्नो भोट दिन पाउने व्यवस्था गरिएको थियो । कोड नम्बर दिएर बनाईएको चित्रमा विद्यार्थीहरुलाई राम्रो लागेको चित्रमा टिका लगाउन लगाईएको थियो । धेरै टिका लगाईएको उत्कृष्ट चित्रलाई पनि पुरस्कार दिईएको थियो । प्रतिस्पर्धी आफैं निर्णायक बनेको नौलो तर सकारात्मक एवम् उत्साह प्रदान गर्ने शैली भने सराहनीय छ ।






सम्बन्धित शिर्षक समाचारहरु
थाइराईड बारे सचेतना आवश्यक
सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती
चन्द्रपुर सार्वजनिक शौचालय विहिन
‘युरोपियन युनियनको नेपालमाथि गैरकानुनी हस्तक्षेप’
कमजोर नेपाल पत्रकार महासंघ
मकवानपुरका खोला–बगर तिम्रा बाउका बिर्ता हुन् ?
आधुनिक युगमा अभिभावकत्व अवसर कि चुनौति ?
दुव्र्यसन रोग सम्बन्धी जानकारी
राजनीतिः झुठको खेति, नाफाको व्यापार



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top