+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

‘फुटबल पतनको बाटोतर्फ’



अन्तर्वार्ता   352 पटक पढिएको   सुरेश श्रेष्ठ/अमृत चिमरिया     

छिरिङ लोप्साङ, प्रशिक्षक मनाङ मस्र्याङ्दी क्लब ३ वर्षदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुन सकेको छैन । नेपाली फुटबल अहिले मोफसलमा हुने नकआउट प्रतियोगिताहरुमा व्यस्त छ । सिजनको सुरुवात भएदेखि अन्तिम समयसम्म देशभर हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरुको चर्को दौडधुप छ । एक जिल्लामा प्रतियोगिता जारी रहँदा अर्को जिल्लामा प्रतियोगिता सुरु भइसक्छ । प्रतियोगिताको खेल तालिका समेत एकदिनअघि मात्रै निश्चित हुने स्थिति छ । लगातारको खेलका कारण ‘एड डिभिजन क्लब मनाङ मस्याङ्दी क्लबले माघ २५ गतेदेखि सुरु भएर फागुन ५ गते सकिएको रुस्लान सिमरा गोल्डकपमा सहभागिता नै जनाएन । हेटौंडामा जारी हेटौंडा गोल्डकप–२०७४ मा आज बुधबार सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने तयारीमा रहेको मनाङ मस्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङसँग मंगलबार समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र संवाददाता अमृत चिमरियाले लिएको अन्तरवार्ताः

छिरिङः गतवर्ष चैं मनाङ मस्याङ्दीको एउटा टिम रहेको थियो । तर यो वर्षका पछिल्ला केहि म्याचहरुमा सेट नहुँदा हाम्रो नतिजाहरु राम्रो हुन सकेन, त्यसकारण एउटा टिम निर्माणको लागि हामीले सिमरा गोल्डकपमा भाग नलिएको हो । विदेशी खेलाडीहरुले वर्क परमिट नपाउँदा खेल्न एकदमै गाह्रो भएको छ ।


समाजः तपाईहरुले टिम तयार गर्नैका लागि सिमरामा सहभागी हुनुभएन ? यसले तपाईहरुको टिमलाई कसरी मजबुत बनाएको छ ?

छिरिङः सिमरा गोल्डकपमा भाग नलिईकन हेटौंडामा भाग लिने तयारी गरे तापनि अन्तिम समयमा विदेशी खेलाडीलाई वर्क परमिटको कारणले खेलाउन नपाउँदा अप्ठ्यारो भएको छ ।


समाजः वर्क परमिटको लागि आवश्यक पहल गर्नुभएन र ? यो विषयमा त क्लब पनि जिम्मेवार हुनुपर्छ होइन र ?

छिरिङः यो हाम्रो कमजोरी होइन, यो एउटा प्रक्रियामा गइसकेको तर यो तत्कालै बन्ने चिज होइन । त्यसकारण २०–२५ दिन लाग्दछ यो प्रक्रियामा अगाडी बढिरहेको छ ।


समाजः यहाँको गोल्डकप नसकिने बित्तिकै अर्को र अर्को नसकिने बित्तिकै फेरी अर्को यसरी गोल्डकप हुनुलाई कसरी हेर्नुभएको छ ?

छिरिङः यो फुटबलको विकास नभई झन् फुटबल पतनको बाटोतर्फ अगाडि बढिरहेको जस्तो लाग्छ । खेलाडीहरुले एउटा प्रतियोगिता खेलिसकेपछि कम्तीमा एक हप्ता आराम पाउनुपर्दछ । खेलाडीहरुले यसरी आराम नपाउँदा आफ्नो कौशलतालाई तिखार्न पाउँदैनन् नी ।


समाजः यसमा कसको कमजोरी देख्नुहुन्छ ?

छिरिङः यो सबै एन्फको कमजोरी हो । एन्फाले एउटा निर्देशन दिन नसकेको जस्तो देखिन्छ । सबै प्रतियोगिताको व्यवस्थापन हुने गरी निर्देशन त एन्फाले दिनु पर्ने होनी ।


समाजः क्लबहरुको तर्फबाट पनि सबै क्लबहरुले एउटा खालको धारणा बनाउन सक्नुपर्ने होइन यो विषयमा ?

छिरिङः यो त क्लबहरुले पनि एउटा छलफल गरेर एउटा निर्णय लिनुपर्ने हुन्छ । तर क्लबहरुले एउटा प्रतियोगिता भाग लिएर अर्कोमा भाग लिएन भने नकारात्मक रुपमा हेर्दिने गरिन्छ । अन्य आयोजकहरुसँग मनमुटाव जस्तो हुने गर्दछ । त्यसकारण लगातार जस्तो विभिन्न प्रतियोगिताहरु खेल्नुपर्ने हुन्छ ।


समाजः एन्फाको नयाँ नेतृत्व आउँदै छ । तपाईहरुको तर्फबाट चाहीं कस्तो अपेक्षा गर्नुहुन्छ नयाँ नेतृत्वको ?

छिरिङः हामी एउटा फुटबल खेलाउने मान्छे हो । हामीलाई यो फुटबल सम्बन्धी कुरा मात्रै थाहा छ । नेतृत्व चयनमा क्लबका पदाधिकारीहरुले ध्यान दिनुभएको होला । 


समाजः तपाईहरुको बुधबार म्याच पनि रहेको छ । यसमा कस्तो देख्नुहुन्छ ?

छिरिङः हाम्रो त जहिले पनि फुटबलमा आक्रमण शैली हुन्छ । आर्मीसँग खेल्दा जहिले पनि ५०/५० को अवस्था हो ।


समाजः हेटौंडा गोल्डकपको तीनवटै संस्करणमा मनाङ सहभागी भएको छ । यहाँको बसाई तथा व्यवहार कस्तो लाग्यो ?

छिरिङः व्यवहार राम्रो रहेको छ । खाना बस्ने सबै व्यवस्था भए तापनि खेलमैदानका कारणले केही समस्या रहेको छ । मैदान सहज नभएका कारण खेलाडीले आफ्नो खेल क्षमता पूर्ण रुपमा प्रस्तुत गर्न सकेका छैनन् ।






सम्बन्धित शिर्षक समाचारहरु
महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर
‘सामाजिक अभियानमै सक्रिय रहने मन छ’
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
बेचबिखन रोक्न जनचेतना आवश्यक
‘फुटबल पतनको बाटोतर्फ’
जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
खेलाडीलाई अवसर सिर्जना गर्छु
‘निरन्तरता नै सफलता हो’



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top