+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
विचार

आधुनिक युगमा अभिभावकत्व अवसर कि चुनौति ?



विचार   49 पटक पढिएको   डा. रामप्रसाद अधिकारी     

आमाबाबु बन्नु रहर पनि हो । सन्तान जन्माउनु एउटा जैविक प्रक्रिया हो भने अभिभावकत्व एउटा पारिवारिक, मनोवैज्ञानिक, सामाजिक तथा साँस्कृतिक जिम्मेवारी पनि हो । जिम्मेवार अभिभावकत्व एउटा अवसर हो भने सँगै ठूलो चुनौति पनि हो । छोराछोरीको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्य सेवा सुविधा लगायत सम्भव भएसम्म हरेक प्रकारका सुविधा उपलब्ध गराउनु अभिभावकको उत्तरदायित्व र जिम्मेवारी हो । सन्तान जन्माएपछि “सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाः सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद् दुःख भाग्जनः” भन्ने कामना प्रत्येक अभिभावकको हुनु पर्दछ ।

हामी हाम्रा छोराछोरीको विषयमा धेरै चिन्तित हुन्छौं । हाम्रा छोराछोरीले अरुले झैं प्रगति गर्न सकेनन्, पछि परे, फेल भए, अनुशासित भएनन्, बिग्रिए भने के गर्ने होला ? जस्ता चिन्ताले सताई रहन्छ । हामी हाम्रो समयको हिसाबले सोचिरहेका हुन्छौं, हाम्रा छोराछोरीको सोच्ने तरिका बेग्लै छ, तर हामीले बिर्सिरहेका छौं जमाना बदलिएको छ । जिन्दगीको व्याख्या बदलिएको छ । माया, ममता, इज्जत, मान सम्मान सबैको परिभाषा बदलिएको छ । त्यसकारण अभिभावकहरुले आफूलाई पनि बदल्नु आवश्यक छ, नभए तपाइँ छोराछोरी भन्दा पछि पर्नुहुन्छ । त्यसकारण आफूलाई बदल्नुहोस् । छोराछोरीले फेसबुक चलाए भनेर गाली नगर्नुहोस् त्यो तपाइँ आफैंले सिकाएको कुरा हो त्यसकारण उनीहरुलाई गाली गर्नुको सट्टा उनीहरुको साथी बन्नुहोस् र उनीहरुका कस्ता साथीहरु छन्, उनीहरु के गरिरहेका छन्, त्यसमा ध्यान दिनुहोस् । उनीहरुको मोबाइल चलाएर पत्ता लगाउँछु भन्ने लाग्छ भने यो व्यर्थ छ, किनकी आजकल सबैको मोबाइलमा लक हुन्छ अनि उनीहरुलार्ई सोध्नुभयो भने मेरो मोबाइल किन चलाएको ? भनेर उल्टै गाली गर्छन् र रिसाउँछन् । यस प्रसंगमा एउटा साहुले घरमा काम गर्नेलाई घरको चाबीको झुप्पा दिइराखेको थियो । एक दिन साहु बाहिर जानुपर्ने भयो । फर्केर आउने बित्तिकै काम गर्नेले चाबीको झुप्पा साहुतिर प्याँक्दै भन्यो, ‘तपाइँलाई मसँग विश्वासै छैन भने किन देखावटी गरेर चाबी दिए जस्तो गरेको ?’ साहुले के भो र ? तिमीलाई किन त्यस्तो लाग्यो ? भनेर सोध्यो । काम गर्नेले भन्यो, ‘एउटा पनि चाबीले केही पनि खुल्दैन ।’ साहुले फेरि भन्यो, ‘मैले पनि तिमीले चाबीले खोल्ने कोशिस गर्छौ कि गर्दैनौ भन्ने पत्ता लगाउनु थियो ।’

त्यसैगरी हामी आफ्नो बच्चालाई हामीले जे भन्छौं त्यो मात्र गर्ने होस् भन्ने सोच्दछौं, वास्तविकता त्यस्तो हुँदैन । डाक्टर, इन्जिनियरको जिन्दगी हेर्नुहोस् त उनीहरुको जिन्दगी प्राक्टिस गरेरै बित्छ । के गर्दे हुनुहुन्छ ? भन्यो भने फलानो हस्पिटलमा प्राक्टिस गर्दैछु भन्छन् । हस्पिटलको नाम सुन्ने बित्तिकै डर लाग्छ, उनीहरु प्राक्टिस गर्दैछन् सक्षम भएकै छैनन् । त्यसैगरी हामी पनि अभिभावक बन्ने अभ्यास गरिरहेका छौं । पहिलो सन्तान जन्मदा आमाबाबु बन्ने अभ्यास भन्छौं । अन्तिमसम्म पनि अभ्यास नै गरिरहेका हुन्छौं । कसैको अभिभावक पनि पूर्णतः सक्षम हुँदैनन् । महात्मा गान्धी भारतका त बापु छँदै थिए संसारले मानेका मान्छे तर उनका छोरा हरिदासले उनलाई काम नलाग्ने पिता भने । त्यसकारण पूर्णतः सक्षम बन्ने बहानामा छोराछोरीसँगको सम्बन्ध नबिगार्नुहोस् । तपाइँ एकजना पूर्ण सक्षम हुनु र नहुनुले तपाइँको सन्तानको विकासमा खासै प्रभाव पार्दैन । महत्वपूर्ण कुरा त आफ्नो गल्ती, कमजोरीलाई स्वीकार्ने बानी बसाउनुहोस् । गल्ती गरेर घर आउँदा गाली गर्नुको सट्टा उसलाई गल्ती स्वीकार्न लगाउनुहोस् र फेरी गल्ती नदोहो¥याउने वाचा गर्न लगाउनुहोस् ।

तपाइँ छोराछोरीले माग गरेका कुरा पूरा गर्दैमा राम्रो अभिभावक हुनुहुन्न । आफ्ना छोराछोरीलाई ध्यान दिने, केयर गर्ने, उनीहरुसँग साथै बस्ने गर्नुपर्छ । उनीहरुलाई उपहार होइन साथ दिनुहोस् । उनीहरुलाई भाषण नसुनाउनुहोस् बरु गरेर देखाउनुहोस् । भनेको कुरालाई भन्दा तपाइँले गर्ने गरेको कुरालाई उनीहरुले बढी महत्व दिन्छन् । उनीहरुलाई घरबाट बाहिर जान दिनुहोस् । के तपाइँ आफ्नो छोराछोरीलाई तपाइँ भन्दा बाठो र जान्ने सिपालु भएको हेर्न चाहनु हुन्न ? किन घरभित्र मात्रै राख्नुहुन्छ ? घरबाहिर जाँदा उनीहरुले सामाजिक सम्बन्धको विकास गरी समायोजन क्षमता प्राप्त गर्दछन् ।

ईएम वाटलर र एबी विलिङ्स्लीले जिम्मेवार आमाबाबुले गर्नुपर्ने तीनवटा मुलभूत सिद्धान्तहरु प्रस्तुत गरेका छन् । स्वार्थलाई परिवारको लागि समर्पित गर्नु, पारिवारिक क्रियाकलाप सञ्चालन गर्नु र परिवारमा सल्लाह तथा कुराकानी गर्नु । त्यसैगरी प्राध्यापक अशोककुमार कार्कीले आफ्ना सन्तानको सामाजिक चाहना र आवश्यकता बुझी कुन तह र स्तरकालाई के कस्तो सुविधा सम्पन्न गराई दैनिक जीवनयापन गराउनु पर्दछ भन्ने कुरामा पनि एउटा चतुर, बुद्धिमानी र विवेकी अभिभावकले ध्यान पु¥याउनु पर्ने कुरामा जोड दिएका छन् । त्यसकारण अभिभावकले परिस्थिति अनुसार आफ्नो जिम्मेवारी र भूमिका प्रदर्शन गर्न जान्नु र सक्नु पर्दछ । जिम्मेवार अभिभावक आफ्ना छोराछोरीको लागि साथी, पथप्रदर्शक, उदाहरणीय व्यक्ति, प्रोत्साहनकर्ता, शिक्षक लगायतका भूमिकामा प्रस्तुत हुनुपर्दछ र निरन्तर रुपमा परामर्श प्रदान गर्दै सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरिरहनु पर्दछ । साथै आफ्ना छोराछोरीको खुसी, स्वास्थ्य, इमानदारिता, सोचाई, भद्रताबारे जान्नुहोस् । यी कुरामा ध्यान दिनुभयो भने तपाइँको सपना पूरा हुन्छन् । बिना मतलव दुःखी हुनु पर्दैन र तपाइँका छोराछोरी आफ्नो खुट्टामा उभिनसक्ने र सफल पनि हुन्छन् ।






सम्बन्धित शिर्षक समाचारहरु
थाइराईड बारे सचेतना आवश्यक
सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती
चन्द्रपुर सार्वजनिक शौचालय विहिन
‘युरोपियन युनियनको नेपालमाथि गैरकानुनी हस्तक्षेप’
कमजोर नेपाल पत्रकार महासंघ
मकवानपुरका खोला–बगर तिम्रा बाउका बिर्ता हुन् ?
आधुनिक युगमा अभिभावकत्व अवसर कि चुनौति ?
दुव्र्यसन रोग सम्बन्धी जानकारी
राजनीतिः झुठको खेति, नाफाको व्यापार



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top