+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

पर्यटन प्रवद्र्धनका लागि काव्य उत्सव



साहित्य   89 पटक पढिएको        

हेटौंडा, १५ फागुनः ईन्द्रसरोवर गाउँपालिका मकवानपुरको आयोजनामा पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि फागुन १८ र १९ गते काव्य उत्सव हुने भएको छ । ईन्द्रसरोवर गाउँपालिकाको मार्खुमा “ईन्द्रसरोवर काव्य उत्सव २०७४” हुने भएको हो ।

दुई दिवसीय काव्य उत्सवमा माध्यामिक विद्यालय स्तरीय कविता प्रतियोगिता, डुंगामा दिप प्रज्वलन तथा डुंगामै संगीतसँगै कविता वाचन गरिने छ । यस्तै, मकवानपुरको पर्यटन साहित्य अवसर चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुती र ताल किनारामा कविता वाचन कार्यक्रम हुने भएको छ । यस्तै, कार्यक्रममा नवराज पराजुली, नवीन प्यासी, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास र हेमन यात्रीले रचना वाचन गर्नेछन् । यस्तै अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइबा, ज्योति जंगल, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, संगीत श्रोता लगायत साहित्यकारहरुले कविता बाचन गर्ने भएका छन् ।

कार्यक्रममा ३ दर्जन कविले ९ दर्जन कविता वाचन गर्ने भएका छन् । कार्यक्रम अन्तर्गत नै ईन्द्रसरोवर ताल किनारमा डुंगा जुलुस पनि हुने भएको छ । गाउँपालिका अध्यक्ष जीवन लामाको अध्यक्षता रहने कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुने ईन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले जानकारी दिनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु
झरनाद्वारा कृति लोकार्पण र काव्य प्रशिक्षण
“आगतको आँगनी” विमोचन
१४४औं गजल यात्रा
काव्य प्रतियोगिता र प्रशिक्षण
साहित्यकार विमल निभा सम्मानित
मुक्तककार डेविट सम्मानित
पर्यटन प्रवद्र्धनका लागि काव्य उत्सव
२६९औं साहित्य सन्ध्या
झरनाले ५ जनालाई सम्मान गर्ने
तिमल्सिनाका ५ कविता सुनिए



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top