+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

बेचबिखन रोक्न जनचेतना आवश्यक



अन्तर्वार्ता   129 पटक पढिएको   प्रिया पौडेल     

माईती नेपाल स्थापनाको २५ वर्ष पूरा भइसकेको छ । २५ वर्षअघि नेपाली चेली भारतको कोठीमा विक्री हुने गरेका थिए । दलाल मात्रै नभई कतिपय बेचबिखनका घटनामा त आफन्त नै संलग्न भएका तथ्यहरु पनि फेला परे । यौन व्यवसायमा संलग्न गराउने गरी नेपाली चेली बेचिनबाट रोक्ने उद्देश्यले स्थापित माइती नेपालले नेपाल सरकारलाई समेत बेचबिखन रोक्न सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । माईती नेपाल जस्तै अनेकौं गैरसरकारी संस्थाले आआफ्नो तहबाट चेलीबेटी बेचबिखनलाई नियन्त्रण गर्न सफल भएको छ । चेलीबेटी बेचबिखनको समस्याबाट मकवानपुर जिल्ला पनि उत्तिकै प्रभावित थियो । तर, अहिले बेचबिखन नियन्त्रित अवस्थामा देखिन्छ । यद्यपि बेचबिखनका स्वरुपहरु फेरिएको भन्दै चिन्ता व्यक्त गरिने गरेको छ । माईती नेपाल स्थापनाको २५ वर्ष पूरा भएको सन्दर्भमा आयोजित मेचि–महाकाली अभियान बुधबार हेटौंडामा समापन गरिएको छ । माईती नेपाल मकवानपुरकी प्रमुख माया लामासँग समृद्ध समाज दैनिककी प्रिया पौडेलले गरेको कुराकानीः

समाजः चेलीबेटी बेचबिखन विरुद्ध माईती नेपालको अभियानलाई संक्षेपमा व्याख्या गर्नु पर्यो भने कसरी उल्लेख गर्नुहुन्छ ?

लामाः माईती नेपालले स्थापनाकालदेखि चेलिबेटी बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्दै आएको छ । मानव बेचबिखनलाई नियन्त्रण गर्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस्तै, माईती नेपालको २५औं वर्ष पुगेको अवसरमा मानव बेचबिखन बिरुद्ध जनचेतना जगाउने उद्देश्यले मेची–महाकाली अभियान सञ्चालन गरेको छ । यौन दुव्र्यसनीको क्षेत्रमा पनि काम गर्दै आएको छ ।


समाजः चेलीबेटी बेचबिखनलाई नियन्त्रण गर्न माईती नेपालले कसरी काम गर्दै आयो ?

लामाः मानव बेचबिखनलाई नियन्त्रण गर्न माईती नेपालले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । नाका–नाकाबाट मानव उद्दार गर्दै आएका छौं । बेचबिखनमा पर्न सक्ने किशोरीहरुलाई रोकथाम र नियन्त्रण गरिरहेको छ । यस्तै, बेचबिखनमा पर्ने सम्भावना भएका महिलाहरुका लागि आय  आर्जनमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।


समाजः माईती नेपालले अरु सरोकारवाला र सरकारसँग कसरी समन्वय गर्दै आयो ?

लामाः माईती नेपालले यौनजन्य हिंसा, मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा काम गर्दै आएकोले पनि सरकारसँग समन्वय गरेर मात्र काम गर्नुपर्छ । त्यसैले अदालत, प्रहरी लगायत सरकारी कार्यालयहरुसँग समन्वय गरेर काम गर्दै आएका छौं ।


समाजः मानव बेचबिखनका स्वरुपहरु परिवर्तन भए भनिने गरेको छ । बेचबिखनका कस्ता स्वरुपहरु देखिएका छन् ?

लामाः मानव बेचबिखनका स्वरुपहरु पक्कै पनि परिवर्तन भएका छन् । पहिला चेलिबेटी बेचबिखन भनेर भारतमा विक्रि हुन्थ्यो । अहिले बैदेशिक रोजगारीको बाहानामा संसारका विभिन्न देशहरुमा बेचबिखन भईरहेका छन् । नेपाल सरकारले बन्देज गराएका देशहरुमा पनि अबैध रुपमा लगेर बिक्रि हुने गरेको छ । त्यसलाई नियन्त्रण गर्नु जरुरी छ ।  


समाजः तपाईहरु जागरण अभियानमा हुनुहुन्छ । खासमा बेचबिखनका कारण के पाउनुभएको छ ? किन बेचिन्छन् मानिसहरु ?

लामाः वास्तवमा बेचबिखनमा पर्ने मुख्य कारण भनेको परनिर्भरताले ल्याएको हो । महिलाहरु आफैंमा आत्मनिर्भर छैनन्, देखासिकीले पनि बेचबिखन बढाएको छ । आर्थिक अवस्था कमजोरीका कारण पढेका महिलाहरु पनि बेचबिखनमा परिरहेका छन् । यस्तै, खुला सिमाना पनि मुख्य कारणको रुपमा रहेको छ । 


समाजः मानव बेचबिखनलाई रोक्न कस्ता अभियान सञ्चालन गर्न आवश्यक देख्नुहुन्छ ? 

लामाः मानव बेचबिखनलाई रोक्न भन्दा पनि न्यूनीकरण गर्दै अगाडि बढ्नु पर्छ । न्युनीकरणको लागि जनचेतना जगाउनु पर्छ । नेपालमा राम्रो कानुन निर्माण भएको छ । तर, कार्यान्वयनको पक्ष फितलो छ । निर्माण भएका कानुनको कार्यान्वयन हुनुपर्छ । दलाल पक्राउ हुनुपर्छ । आत्मनिर्भर बनाउन महिला तथा पुरुषहरुलाई स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्नुपर्छ ।






सम्बन्धित शिर्षक समाचारहरु
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
बेचबिखन रोक्न जनचेतना आवश्यक
‘फुटबल पतनको बाटोतर्फ’
जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
खेलाडीलाई अवसर सिर्जना गर्छु
‘निरन्तरता नै सफलता हो’
‘एमबीएको पाठ्यक्रम तयार पार्दैछौं’
‘जागिर भन्दा पनि सेवाको भाव जरुरी’



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top