+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

हेटौंडा नगरको सफाई अभियान



सम्पादकीय   114 पटक पढिएको   सम्पादकीय     

नगर भन्ने बित्तिकै शिक्षित र सभ्य नागरिकहरुको बसोबास भएको स्वच्छ, सफा र व्यवस्थित क्षेत्र भन्ने बुझिन्छ । तर, अहिले देशका प्रमुख नगरहरुको पहिचान फोहोरै फोहोरको शहरको रुपमा रहेको छ । खाल्डाखुल्डी परेको जीर्ण सडक, खुल्ला नाला, अव्यवस्थित फुटपाथ, सडकमा खुल्ला चौपाया, ध्वनि, धुँवा र धुलोको प्रदुषण देशका प्रमुख नगरहरुको मुख्य विशेषता नै बनेको छ ।

लामो समयसम्म जनप्रतिनिधि नहुँदा नगरको अवस्था यस्तो भएको बुझाई सर्वसाधारणको थियो । तर अब जनप्रतिनिधिहरुले जिम्मेवारी लिएको पनि एक वर्ष हुन लागेको छ  तैपनि शहरको अवस्थामा खासै परिवर्तन आएको छैन । निर्वाचनका बेला मेगा र स्मार्ट सिटीको सपना देखाउने नेताहरुले अहिले सरसफाई र फोहरको व्यवस्थापनलाई समेत प्राथमिकता दिन सकेका छैनन् । आम नागरिकको बुझाई अनुसारको नगरपालिका बनाउने काममा जनप्रतिनिधिहरुले योजना नै बनाउनु पर्दछ । शहर सफाई कार्यक्रमलाई अभियानकै रुपमा सन्चालन गर्नुपर्दछ ।

हेटौंडा उपमहानगरपालिका गत वर्ष देशकै सफा सहरका रुपमा घोषणा भएको थियो । त्यसअघि पनि सुन्दर तथा हरियाली शहरको उपाधि प्राप्त गरेको उपमहानगरपालिकालाई विगतको शाख जोगाउन अब त्यति सजिलो छैन । तर अब बाध्यता छ । ३ नम्बर प्रदेश राजधानी भएको नाताले पनि शहरलाई सफा र सुन्दर राख्नु तथा हरियाली बनाउने जिम्मेवारी उपमहानगरपालिकाको हो । पछिल्लो समय उपमहानगरपालिकाले सडकमा भएको फोहर उठाउने, पखाल्ने तथा सडकपेटीमा राखिएका वस्तु हटाउने र निर्माण सामाग्रीलाई व्यवस्थापन गराउने काम थालेको छ । नगरपालिकाको यो अभियानमा स्थानीय नागरिकले पनि निस्वार्थ भई सहयोग पु¥याउनु आवश्यक छ । आम नागरिकले पनि निर्माण सामाग्री सडकपेटीमा नराख्ने, फुटपाथ पसल हटाउने दायित्व पुरा गर्नु पर्दछ । विशेषगरी हेटौंडाका सडकहरुमा अबका दिनमा पटक पटक भिआईपीहरुको ओहोरदोहोर हुने छ । त्यस अवस्थामा सडकमा हुने अनेक अवरोधले पक्कै पनि राम्रो सन्देश प्रवाह गर्दैन । यसका लागि पनि उपमहानगरपालिकाले थालेको सफाई अभियानमा सबैको साथ आवश्यक हुन्छ ।

सरकारले पछिल्लो समय शहरहरुलाई व्यवस्थित तथा सफा राख्न वातावरणमैत्री शासन कार्यक्रम सन्चालनमा ल्याएको छ । सहरका खाली ठाउँदेखि सडकपेटीमा वृक्षरोपण गर्ने, बाटिका तथा पार्कहरु निर्माण गर्नका लागि विभिन्न कार्यक्रम ल्याएको हो । तर यस्ता कार्यक्रम कुनै मन्त्रीको योजना मात्र बन्ने गरेका छन् । पछिल्लो समय वृक्षरोपण गर्ने तर त्यसको रेखदेखमा कसैले पनि ध्यान दिएको पाइँदैन । विरुवा रोपण मात्र होईन हुर्काउने जिम्मेवारी पनि नागरिकको हुन्छ । यसै क्रममा हेटौंडाका केही टोलहरुमा नानी विरुवा नाममा संरक्षणको थालनी पनि गरिएको छ । यता सरकारले पनि मुलुकभरका सबै नगरपालिकालाई सम्पन्न सहर बनाउन निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सफा, उज्यालो, हरियाली एवम् सम्पन्न सहर निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाउन भनेको छ । यो अभियानमा कर संकलन, वृक्षरोपणदेखि सेफ्टी ट्याङ्की निर्माणसम्म पर्दछन् । सरकारले गरेको निर्देशनलाई मात्र पनि कार्यान्वयन गर्ने हो भने देशका सबै सहरहरु सफा, सुन्दर र हरियालीयुक्त हुने थिए । यस काममा पनि हेटौंडा उपमहानगरपालिका नमुना बन्न सक्नु पर्दछ । तसर्थ सफा सहरका लागि हेटौंडावासी नागरिकको थप जिम्मेवारी हुन्छ ।






सम्बन्धित शिर्षक समाचारहरु
रौनक विश्वकप फुटबलको
मूल्यवृद्धिमा नियन्त्रण खै ?
लागुपदार्थ उत्पादनको विकल्प
जनता र नेतालाई फरक नियम
नीति तथा कार्यक्रममा पक्ष, प्रतिपक्ष
पाश्र्वचित्र तयार पार्ने उदाहरणीय काम
सेवा सुविधामा सरकारको हतारो
कानून निर्माणको प्राथमिकता
सुरुङमार्ग हेटौंडाको सपना
गाउँपालिकामा अझै पुगेनन् बैंकहरु



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top