+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ



अन्तर्वार्ता   1106 पटक पढिएको   अमृत चिमरिया     

ऋषिराम उपाध्याय पोखरेल, सेवानिवृत्त प्रधानाध्यापक(आधुनिक राष्ट्रिय मावि) जिल्लाको अग्रणी शैक्षिक संस्था आधुनिक राष्ट्रिय मावि विद्यार्थी, अभिभावकको रोजाईमा रहने गरेको छ । विद्यालय तहको शिक्षालाई सरकारी शैक्षिक संस्थामा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने तथ्य स्थापित गर्न सफल आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक ऋषिराम उपाध्याय पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाउनु भएको छ । ७ वर्ष प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नुभई अनिवार्य अवकास पाउनुभएका पोखरेललाई बुधबार विद्यालय परिवारले भव्य कार्यक्रमको आयोजना गरी विदाई गर्यो । एउटा सफल विद्यालयको प्रधानाध्यापक भएर अवकास प्राप्त गर्नुभएका पोखरेलसँग समृद्ध समाज दैनिकका संवाददाता अमृत चिमरियाले गरेको कुराकानीः

समाजः मकवानपुरको शिक्षामा उल्लेखनीय पहिचान बनाएर प्रधानाध्यापक रहँदै गर्दा अनिवार्य अवकास पाउनुभयो । कस्तो अनुभव गर्नुभएको छ ?

पोखरेलः विदा हुँदा दुख त लागि हाल्छ नी । आफ्नो जीवनकै लामो समय बिताएको क्षेत्रबाट विदा हुँदा दुख लाग्नु स्वभाविक पनि हो । विदा हुने रहर भन्दा पनि ऐन, नियम र परिवेश हो ।


समाजः तपाईको नेतृत्वमा आधुनिक माविले जिल्ला मात्रै नभई देशव्यापीरुपमा एउटा ख्याती पायो । नमुना विद्यालयको लागि छनौट समेत भएको छ अब तपाई गएपछि यो विद्यालय कसरी अगाडि बढ्ला ?

पोखरेलः हामीले सिस्टमको विकास गरेका छौं । त्यसकारण यो स्कुल अब पछाडी फर्कन पर्दैन होला । किनभने आधुनिकका शिक्षकमा लगनशीलता, विद्यार्थीमा अनुशासनको संस्कार विकास भएको छ । एउटा संस्कार विकास भइसकेपछि विद्यालयले पछाडी फर्कनु पर्दैन जस्तो लाग्छ ।


समाजः जिल्लामा नै एउटा ख्याती कमाएको विद्यालयको प्रधानाध्यापक भएर अवकाश पाउनुभएको छ । तपाईको अनुभवमा मकवानपुरका विद्यालयहरुले शैक्षिक विकासमा के–के कुरा सिक्न जरुरी छ ?

पोखरेलः सबैभन्दा पहिले प्रधानाध्यापकको जिम्मेवारी हुन्छ । प्रधानाध्यापकले शिक्षकहरुसँग सहकार्य, अभिभावकहरुसँग समन्वय गरेर अगाडि बढ्नु पर्दछ । विद्यार्थीहरुमा अभिभावकत्व बोध गराउनु सक्नुपर्छ । शिक्षकहरुलाई समान दृष्टिकोणले हेर्नुपर्दछ । शिक्षालाई सेवाको रुपमा हेर्नुपर्छ । मास्टरीलाई पहिले जागिर बनाउनु पर्ने बाध्यता थियो तर अहिले मास्टरी भन्दा जागिरे बढी भएको छ ।


समाजः पछिल्लो पुस्ताका विद्यार्थीहरुमा नैतिकता, अनुशासनको कुराहरु खस्कँदै गएको देखिन्छ । यसको समाधानको लागि शिक्षकको भूमिका कस्तो हुन्छ ?

पोखरेलः तुलनात्मक रुपमा पछिल्लो समय किशोर–किशोरी तथा विद्यार्थीहरु भड्किलोपना बढेको छ । शिक्षकले प्रत्येक विद्यार्थीलाई ध्यान दिनुपर्दछ । शिक्षकले विद्यार्थीको अभिभावकत्व निर्वाह गर्नुपर्दछ र सामाजिक विकृतिले छोएका वा त्यस्ता समस्या देखा परेका विद्यार्थीलाई अभिभावकहरुको सहकार्यमा तार्किक अनुशासनमा जोड दिनुपर्दछ । बलपुर्वक लादिएको अनुशासन भन्दा अनुभव बोध गरेर तर्कपूर्ण अनुशासनमा जोड लिए त्यसले सार्थकता पाउला ।


समाजः अध्यापनमा लामो समय बिताउनुभयो । विद्याथीहरुको शिक्षक प्रति मानसिकता कस्तो रह्यो ?

पोखरेलः मेरो आफ्नो विषयमा मलाई भन्दा अरुलाई बढि थाहा हुन्छ । तर म कक्षा कोठा भित्र छिर्दा सबैभन्दा बढि माया गर्ने व्यक्ति भनेको म नै हो भन्ने दावी गर्थे । त्यो विद्यार्थीहरुलाई थाहा होला ।


समाजः तपाईको अबका दिनका योजना के छन् ?

पोखरेलः शिक्षा क्षेत्रमा मेरो जिन्दगी समर्पण भएको छ । अब पनि म शैक्षिक क्षेत्रमा नै समर्पित गर्न चाहन्छु । शिक्षा भनेको विद्यालयमा मात्रै हुँदैन अन्य स्थानमा हुन्छ । शिक्षा बहुआयामिक हुन्छ । हरेक क्षेत्रमा शिक्षा हुन्छ । म शिक्षा क्षेत्रमा संधैभरी लाग्ने छु ।






सम्बन्धित शिर्षक समाचारहरु
महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर
‘सामाजिक अभियानमै सक्रिय रहने मन छ’
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
बेचबिखन रोक्न जनचेतना आवश्यक
‘फुटबल पतनको बाटोतर्फ’
जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
खेलाडीलाई अवसर सिर्जना गर्छु
‘निरन्तरता नै सफलता हो’



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top