+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

उपलब्धीमूलक न्यायिक प्रशिक्षण



सम्पादकीय   134 पटक पढिएको   सम्पादकीय      

मकवानपुर जिल्लाका स्थानीय तहका न्यायिक सचिवालयका पदाधिकारी तथा कर्मचारीलाई प्रशिक्षण प्रदान गरिएको छ । स्थानीय तह निर्वाचन भएको एक वर्ष हुन लाग्दा कतिपय स्थानीय तहमा अझै न्यायिक समिति नै गठन भएको छैन । दुई साताअघि मात्रै हेटौंडा उपमहानगरपालिकाले न्यायिक समिति गठन गरेर इजलास सुरु गरेको छ । तर अझै केही गाउँपालिकामा न्यायिक समिति नै गठन भएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ ले स्थानीय तहलाई दिएको २४ वटा मुद्दा हेर्ने अधिकार मध्ये १३ वटा विषयमा विवाद निरुपण गर्ने र ११ वटा विषयमा मेलमिलाप गराउन पाउने व्यवस्था गरिएको छ । तर स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिहरुले काम गर्न थालेको एक वर्ष हुन लाग्दा पनि अझै समिति नै गठन हुन नसक्नुले जनताले कसरी न्याय पाउनलान् ? भन्ने प्रश्न गर्न सकिन्छ । तसर्थ जुन स्थानीय तहमा समिति गठन हुन बाँकी छ, तत्काल प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समिति र सरोकारवाला निकायले पहल थाल्नु पर्ने देखिन्छ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजक, पदाधिकारी तथा न्यायिक सचिवालयका कर्मचारीका लागि तीन दिने तालिमको आयोजना भएको छ । सिंहदरबारको अधिकार स्थानीय तहमा नै प्रयोग र उपयोग गर्नेका लागि संविधानले नै व्यवस्था गरेको छ । ती अधिकार जनप्रतिनिधि वा स्थानीय तहका कर्मचारीहरुमार्फत जनताले सहजै उपयोग गर्न सक्ने अवस्था छैन । त्यसैले उनीहरुलाईं न्याय सम्बन्धी प्रणालीका विषयमा प्रशिक्षण आवश्यक थियो । न्याय प्रदानको विषय जटिल हुन हुन्छ । न्यायका सिद्धान्त, प्रणालीहरुलाई व्यवहारमा उतार्ने ज्ञान र क्षमता स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीमा आवश्यक हुन्छ । नत्र काम देखाउनका लागि राजनीतिक नेतृत्वको बलमा निर्णय हुन गए समाधान होईन कि द्वन्द्व झन बढ्ने खतरा हुन्छ । त्यसैले व्यवहारिक पक्षबाट समाजलाई बुझेर निर्णय गर्न सक्ने क्षमता राख्न सक्नु पर्दछ । त्यसका लागि विज्ञमार्फत समय समयमा पुनर्ताजगी तालिमको आवश्यक पर्ने छ ।

न्याय सम्पादन गर्दा कसैको आग्रह, पूर्वाग्रहमा नपरी निर्णय दिन सक्नु पर्ने हुन्छ । त्यसैले भनिन्छ न्याय दिन कठोर निर्णय हुनुपर्दछ । विवाद निरुपण गर्ने र मेलमिलाप गराउने विषय स्थानीय तह सन्चालन ऐनले नै व्यवस्था गरिदिएको छ । तोकिए अनुसार कार्यसम्पादन गर्नका लागि न्ययिक समितिका पदाधिकारी तथा कर्मचारीहरुमा कानूनी ज्ञान आवश्यक हुन्छ । सबै जनप्रतिनिधिहरुले कानूनको सम्पूर्ण पक्षका विषयमा ज्ञान राख्दछन् भन्ने हुँदैन । यही कुरालाई मनन गरी जिल्ला समन्वय समितिले प्रदान गरेको तालिममा सर्वोच्च अदालत, पुनरावदेन अदालतका पूर्व न्यायाधीशहरु त्था संविधानविद्हरुबाट तालिम प्रदान गरिएको छ । यसबाट पक्कै पनि स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुले न्यायिक समितिले गर्ने काम र निर्णयमा अपनाउनु पर्ने पद्दतिका विषयमा जानकारी प्राप्त गरेका छन् । जनप्रतिनिधिको नेतृत्वमा रहेको न्यायिक समितिले दिएको निर्णयमा चित्त नबुझे उपल्लो न्यायिक निकायमा जान सकिने व्यवस्था छ । तर जनप्रतिनिधिको निर्णय वा समन्वयमा चित्त बुझाउन नसक्नु भनेको नेतृत्वप्रतिको अविश्वास पनि हो । तसर्थ सही निरुपण वा मेलमिलापका लागि भएको प्रशिक्षण आमनागरिकका लागि उपलब्धीमुलक बन्नुपर्दछ ।






सम्बन्धित शिर्षक समाचारहरु
रौनक विश्वकप फुटबलको
मूल्यवृद्धिमा नियन्त्रण खै ?
लागुपदार्थ उत्पादनको विकल्प
जनता र नेतालाई फरक नियम
नीति तथा कार्यक्रममा पक्ष, प्रतिपक्ष
पाश्र्वचित्र तयार पार्ने उदाहरणीय काम
सेवा सुविधामा सरकारको हतारो
कानून निर्माणको प्राथमिकता
सुरुङमार्ग हेटौंडाको सपना
गाउँपालिकामा अझै पुगेनन् बैंकहरु



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    5     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    5     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    30     समाज संवाददाता
  • सम्पादकीय, समुदायकै सक्रियतामा पुस्तकालय

    १७, भदौ समय जत्ति नै आधुनिक बन्दै गए पनि ज्ञानको अभावमा समाज आधुनिक बन्नै सक्दैन । ज्ञान आर्जन गर्नु भनेको व्यक्तिले आफ्नो व्यक्तित्व विकासको आधार तयार पार्नु हो । हरेक व्यक्ति सफल र सक्षम बन्न चाहन्छ तर, तयारी के गर्छ त भनेर हेर्ने हो भने तयारी गर्ने विषय केही पनि छैन । सक्षम र सफल व्यक्ति बन्नका लागि शिक्षा अनिवार्य छ ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    984    
  • गाँजासहित २ जना पक्राउ

    हेटौंडा, ११ मंसिरः मकवानपुरका प्रहरी टोलिले ४० किलोग्राम लागुऔषध गाँजासहित कैलाश गाउँपालिकामा २ जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा कैलाश गाउँपालिका–६, ठुलोबेसीमा स्थानीयबासी ५१ वर्षीय बच्चुराम रिजाल र १८ वर्षीय रुपक बराललाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top