: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


विद्यालयका शैक्षिक योजना

सम्पादकीय 82 पटक पढिएको सम्पादकीय


विद्यालय तहको शैक्षिक सत्र सकिनै लागेको छ । वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यालयहरुले अभिभावक भेला गर्ने र नयाँ योजना बनाउने काम गरिरहेका छन् । नीजि विद्यालयहरुले त विगत वर्षहरुदेखि नै अभिभावकसँगको परामर्शमा योजना बनाउने गर्दथे । यस पटकदेखि सामुदायिक विद्यालयहरुले पनि योजना बनाउन सुरु गरेका छन् । नसके पनि आफ्ना नानीहरुलाई संस्थागत विद्यालयमा पढाउने अभिभावकको चाहनालाई बुझ्ने काम बोर्डिङ स्कुल सन्चालकहरुले गरेका छन् । त्यसैले पनि सहरका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्ने क्रम यथावत नै छ ।

यही कुरालाई मनन् गरेर यस वर्षदेखि विभिन्न सरकारी विद्यालयहरुले अभिभावकहरुको संलग्नतामा भावी शैक्षिक योजना बनाउने काम थालेका छन् । हेटौंडाका नाम चलेकै सामुदायिक विद्यालयहरुले पनि अभिभावकको संलग्नतामा योजना तर्जुमा गर्न समिति नै बनाएर जिम्मेवारी दिएका छन् । आफ्ना नानीहरुको पठनपाठन कसरी बनाउने ? कुन विधि र पद्दति अपनाउने भन्ने कुरा अब अभिभावकहरुले शिक्षकहरुलाई प्रतिवेदनमार्फत सुझाउनु पर्ने भएको छ ।

योजना बनाउँदा बालबालिकाको मनोविज्ञानलाई बुझनु जरुरी हुन्छ । आजका नानीहरु नयाँ प्रविधिसँग निकै नजिक र अभ्यस्त हुन चाहन्छन् । उनीहरुका शिक्षण प्रविधिहरुमा नयाँ प्रयोग आइसकेको छ । विद्यालयले कक्षाकोठालाई श्रव्यदृश्य केन्द्रका रुपमा परिवर्तन गर्नु पर्दछ । यसका लागि कम्प्युटरको प्रयोग र यसको माध्यमबाट कक्षाकोठामा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ जहाँ कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट रमाएर सिक्ने र सिकाउने वातावरण तयार हुन्छ त्यहाँ स्वभाविक रुपमा पढाईको स्तर बढ्ने छ । साथै विभिन्न बालमैत्री सफ्टवेयरहरुको प्रयोग गरी आफैं कक्षामा सिक्ने वातावरण तयार गर्न सकिन्छ जुन उपयोगी हुनुका साथै सिकाइमैत्री पनि बन्न सक्दछ । तर हाम्रो ध्यान त्यतातिर जान सकेको छैन साथै विद्यालयमा त्यो वातावरण तयार गर्नेतर्फ चासो दिन सकिरहेका छैनौँ । अब यस बारेमा छलफल र चासो बढाउँदा उपयुक्त हुन सक्छ । आज पनि कतिपय अभिभावकहरु स्वयम् नै आधुनिक प्रविधिसँग परिचित बन्न नसकेको समाजमा प्रविधियुक्त योजना र पाठशाला कति सहज बन्न सक्ला ?

बालबालिकाहरुलाई घर र विद्यालयमा विभिन्न तरिकाले सूचना प्रविधिको प्रयोग गरी आफैं सिक्न सक्ने वातावण दिनु आजको  आवश्यकता भइसकेको छ । नीजि विद्यालयहरुले यस्तो पाठ्यक्रम समावेश गरिसकेका छन् । तर सामुदायिक विद्यालयमा बल्ल अभिभावकसँग परामर्श गरेर योजना बनाउने कामको सुरुवात हुँदैछ । त्यसैले संस्थागत र सामुदायिक विद्यालयको शैक्षिकस्तरमा फरक पर्न गएको छ । नतिजामा हेर्ने हो भने पनि संस्थागत विद्यालयहरु अगाडि नै छन् । सामुदायिक विद्यालयहरुले अझै पनि प्रविधिमैत्री कक्षा सन्चालन गर्न सकिरहेका छैनन् । शैक्षिक योजना बनाउँदा भर्ना अभियानलाई मात्र जोड दिईने गरिन्छ । विद्यालय बाहिर कुनै पनि बालबालिका बस्नु नपरोस् भन्ने उद्देश्यका साथै भर्ना भएपछि उनीहरुले पाउने शैक्षिक वातावरणका विषयमा पनि गम्भीर हुनु पर्दछ । यस्तै प्रविधिमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि परामर्श हुनु पर्दछ  । राज्यको दायित्व भित्रका स्कुलको अवस्था ज्यादै कमजोर छ । सबै नागरिकको शिक्षाको जिम्मेवारी राज्यको हो । तर नीजि विद्यालयको जत्ति पनि शैक्षिक वातावरण बनाउन सकिएको छैन । विशेषगरी सिक्ने र सिकाउने बीच आधुनिक प्रविधियुक्त अवस्थाका लागि  योजनाहरु बन्नु आवश्यक छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     223
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     67
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     51

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     6
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1281059 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top