: +०५७-५२६८३०, ९८५५०-६८२२७

अन्तर्वार्ता


‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’

अन्तर्वार्ता 221 पटक पढिएको सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना


‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
वीरवंश बैठा, प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि १३ पटक एसएलसी/एईई परीक्षामा जिल्ला प्रथम हुन सफल हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविलाई शिक्षा विभागले देशका २२० नमूना विद्यालयलाई नमूना विद्यालय बनाउने कार्यक्रममा समावेश गरेको छ । नमूना विद्यालयको सूचिमा समावेश भएको आधुनिक राष्ट्रिय माविको प्रधानाध्यापक (प्रअ) को जिम्मेवारी केही दिनअघि मात्रै वीरवंश बैठाले प्राप्त गर्नुभएको छ । २३ वर्षदेखि आधुनिकमा शिक्षण गर्नुभएका बैठा यसअघि लगातार ५ वर्ष सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो । प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका वीरवंश बैठासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र संवाददाता यमप्रसाद तिमल्सिनाले गरेको कुराकानीः

बैठाः पहिलो त शिक्षण क्रियाकलाप नै हो । शिक्षण विधिमा सुधार गर्छौं । अध्यापनमा आधुनिक सूचना प्रविधिको प्रयोग गरेर शिक्षण अभ्यास गरिनेछ । सूचना प्रविधिको प्रयोग गरेर प्रभावकारी शिक्षणका लागि शिक्षकहरुलाई तालिम समेत प्रदान गर्नेछौं । शिक्षकलाई अझ जिम्मेवार बनाउन विद्युतीय हाजिरी गराउनेछौं । शिक्षा विभागले देशभर नमूना विद्यालय विकास गर्ने अवधारणामा आधुनिकलाई पनि छनौट गरेको छ । सोही अनुसार नमूना विद्यालय बनाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ । मैले प्रअको जिम्मेवारी पाएसँगै सबै शिक्षक, कर्मचारीसँग बसेर सरसल्लाह गरेको छु ।


समाजः सहायक प्रअ हुँदै प्रधानाध्यापक हुनुभएको छ । नेतृत्व गरिरहँदा शिक्षक, कर्मचारीको समूहलाई कसरी परिचालन गर्नुहुनेछ ?

बैठाः सहायक प्रअ हुँदा पनि मेरो जिम्मेवारी गुणस्तरीय शिक्षा व्यवस्थापनकै जिम्मेवारी पाएको थिएँ । अब त गुणस्तरीय शिक्षा मात्रै नभएर सबै कुरा हेर्नुपर्नेछ । विद्यालय भनेको सामूहिक कार्य (टिम वर्क) हो । विद्यालयको सामूहिक कार्यलाई सशक्त बनाउने पक्षमा छु । शिक्षक, कर्मचारी सबैलाई कार्यविभाजन गर्ने, उत्तरदायी बनाउने योजना छ । अहिले हाम्रो विभिन्न ५ वटा समिति छ । अब आगामी शैक्षिकसत्र देखि कक्षागत रुपमा शिक्षकहरुलाई जिम्मेवारी दिनेछु । शिक्षकलाई आफ्नो कक्षा कोठाकोे जिम्मेवारी दिने र अभिभावकले पनि आफ्नो बच्चा बच्चीको बारेमा बुझ्न आउँदा सिधै वर्ग शिक्षकलाई भेट्ने व्यवस्था मिलाउने र वर्ग शिक्षकलाई नै त्यो सबै जिम्मेवारी दिने व्यवस्था मिलाउनेछु । २ हजार विद्यार्थीका बारेमा एकजना प्रअले त थाहा पाउने स्थिति हुँदैन । त्यसैले थोरै भए पनि शिक्षकलाई सुविधा दिएर व्यवस्थापन गर्नेछु । विद्यार्थीको होमवर्कका लागि डायरीको व्यवस्था गराउने, कक्षा शिक्षकलाई विद्यार्थीको व्यक्तिगत विवरण नै राख्न लगाउने र हरेक महिनाको हाजिरी बुझेर अभिभावक कहाँ पठाउने व्यवस्था मिलाउने र शिक्षक कक्षाकोठामा पुगेनपुगेको र विद्यार्थीले बुझे, नबुझेको यसका लागि ‘लगबुक’ को व्यवस्था गर्ने जसमा विद्याथीले आफ्नो प्रतिक्रिया जनाउन सक्नेछन् । शिक्षकले विद्यार्थीको उपस्थितिलाई हेर्ने मात्रै नभई विद्यार्थीले पनि आफ्ना शिक्षकको उपस्थितिको हाजिरी राख्नेछन् । 


समाजः आधुनिकमा विद्यार्थीको चाप उच्च छ । विद्यार्थीको चापअनुसार शिक्षक भएन भन्ने गुनासो पनि छ । यसलाई कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

बैठाः विद्यार्थीको संख्याको हिसाबमा नमुना विद्यालयको निर्देशिकाअनुसार आधुनिक माविलाई ६६ जना शिक्षक अभाव हुने देखिन्छ । अहिले हामीसँग जम्मा ३४ जना शिक्षक हुनुहुन्छ । १२ जना हामीले निजी स्रोतमा राखेका छौं । यस वर्षदेखि हाम्रो विद्यालय नमुना विद्यालयमा परिसकेको छ । जुन २२० वटा विद्यलयमा हाम्रो विद्यालय पनि परेको छ । नमुना विद्यालयको गुरुयोजना बनाएर आज (मंगलबार) मात्र विभागमा पठाएका छौं । त्यो दर्ता भइसकेको छ । यदि त्यो स्वीकृत भएर आयो भने शिक्षकको अभाव सम्बन्धी समस्या हाम्रो सुल्झिन्छ । यदि नमूना विद्यालयको कार्यक्रम स्वीकृत भएन भने जिल्ला शिक्षा कार्यालयमा हामीले प्रस्ताव पेश गरिसकेका छौं । जसअनुसार हामी विद्यालयलाई २ सिफ्टमा चलाउने व्यवस्था मिलाउने छौं । टाइम टेबल बढाएर दुई सिफ्ट चलाउन सकिन्छ । स्थानीय तह, व्यवस्थापन समिति, अभिभावक, स्थानीय सरोकारवालासँग मिलेर दुई सिफ्टमा विद्यालय चलाउन सकिन्छ ।


समाजः तुलनात्मक हिसाबले अरु विद्यालय भन्दा यो विद्यालय राम्रो हुनुको कारण के–के हुन् ?

बैठाः मुल कुरा त शिक्षक टिम हो । टिमवर्क हो छ । अर्को एउटा विशेष कुरा हाम्रो विद्यालयमा सकारात्मक राजनीतिक अभ्यास छ । नकारात्मक हस्तक्षेप छैन । प्राज्ञिक कुरामा हामीलाई छाड्नुस् । भौतिक तथा अन्य क्षेत्रमा व्यवस्थापन समिति, पीटीएलाई सहयोग गर्नुहोस् भन्छौं । शिक्षकलाई भर्ना गर्ने, सरुवा गर्ने, हेडमास्टर बनाउनेतर्फ नलाग्नोस् भन्ने गरेका छौं । सोहीअनुसार काम भएको छ ।


समाजः विद्यालय व्यवस्थापन समिति र पीटीए एवम् समग्रमा अभिभावकको तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?

बैठाः व्यवस्थापन समितिका पदाधिकारीहरु बेलाबेलामा आईरहनुहुन्छ । शिक्षक अभिभावक संघका अध्यक्ष पनि आईरहनुहुन्छ । तर विद्यालयमा अभिभावकको त्यति पहुँच छैन । सहयोग शुल्क तिर्न आउने, कि त यसो कहिलेकाहीं मेरो छोराछोरी आएका छन् की छैनन् भनी बुझ्न आउने बाहेक अरु छैन । तर अब म बैशाखदेखि प्रत्येक शनिबार अभिभावकलाई बोलाउने, उहाँहरुसँगै म कक्षाकोठाको अवलोकन गर्नेछु । अभिभावकलाई विद्यालयको कमजोरीको बारेमा मुल्याङ्कन गर्न लगाउने छु । यो वैशाखदेखि केहि न केही नयाँ कुरा देखिन्छ भन्ने मलाई आशा छ ।


समाजः आगामी शैक्षिकसत्रमा पठनपाठनलाई फरक ढङ्गले लैजान के अभ्यास हुन सक्छ ?

बैठाः विद्यार्थी संख्या बढि भएकोले विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव भएर पनि प्रयोग गर्न कठिनाई छ । अब यसलाई कम गर्ने भन्दा पनि विद्यार्थीको चाप झन् बढिरहेको छ । सबैले यहि भर्ना गर्ने भन्दै अहिले देखि नै सोधपुछ गर्न आईरहेका छन् । त्यसलै यसलाई झन व्यवस्थित गर्दै लैैजाने र समुह बनाएर भएपनि यसबाट बञ्चित हुन नदिने र हरेक विद्यार्थीलाई प्रयोगशाला लाने व्यवस्था मिलाउने काम हामी गर्छौं । हरेक विद्यार्थीलाई हप्तामा एकपल्ट भएपनि पुस्तकालय जाने, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला जाने वातावरण बनाउने छु । शनिबार मिलाएर भएपनि यो व्यवस्था हामी मिलाउनेछौं । यो काममा यहाँका अभिभावक, सरोकारवाला एवम् सम्पूर्णले सहयोग गर्ने अपेक्षा राखेको छु ।


समाजः अंग्रेजी माध्यमको कक्षा सञ्चालन भइसकेको छ । विद्यार्थीसँग सहयोग शूल्क पनि लिइरहनुभएको छ । यसको पारदर्शिता कायम गर्नु भएन नि ?

बैठाः म प्रअ भएको त केही दिन मात्रै भएको छ । मेरो नाममा चेक समेत चलेको छैन । अब म चौमासिक रुपमा लेखा परीक्षण गर्नेछु । विद्यालयको वेभसाइट एकसाताभित्र सञ्चालनमा आउनेछ । वेभसाइटमै सबै विवरण प्रस्तुत गर्नेछौं । जहाँ हामी शुभचिन्तकका प्रतिक्रिया समेत पाउनेछौं ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     222
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277981 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top