+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

मुक्तककार डेविट सम्मानित



साहित्य   75 पटक पढिएको   समाज संवाददाता     

हेटौंडा, २५ चैत्रः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा शिव सावित्री मुक्तक साहित्य–२०७४ सम्मान एवम् मुक्तक साँझ तथा २२३औं साहित्य श्रृङ्खला भएको छ । कार्यक्रममा कैलालीका साहित्यकार निर्दोष डेविटलाई शिव सावित्री मुक्तक साहित्य–२०७४ सम्मानद्वारा सम्मानित गरिएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । सम्मानित साहित्यकार डेबिटको “मेरो मनका व्यथा” र “बादल भित्रको जुन” गरी दुई वटा पुस्तक प्रकाशन भएको छ । सुदुरपश्चिममा रहेर नेपाली साहित्यको मुक्तकलाई अगाडि बढाउन योगदान गरेको भन्दै उहाँलाई सम्मान गरेको हो । यस्तै, मुक्तक साँझमा ११ जना प्रतियोगीहरुले मुक्तक प्रस्तुत गरेका थिए । कार्यक्रममा विधान आचार्य प्रथम भएका छन् । आचार्यलाई १ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु
अधिकारीको संस्मरण विमोचन
प्रशिक्षणात्मक काव्य गोष्ठी
गोविन्द खड्का स्मृति साहित्य सन्ध्या
झरनाद्वारा कृति लोकार्पण र काव्य प्रशिक्षण
“आगतको आँगनी” विमोचन
१४४औं गजल यात्रा
काव्य प्रतियोगिता र प्रशिक्षण
साहित्यकार विमल निभा सम्मानित
मुक्तककार डेविट सम्मानित
पर्यटन प्रवद्र्धनका लागि काव्य उत्सव



  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top