+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

कृषि नीतिमा परिवर्तनको खाँचो



सम्पादकीय   201 पटक पढिएको   सम्पादकीय     

नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।

कृषि क्षेत्रको एकीकृत विकास गर्न कृषि उत्पादन, भण्डारणमा हुने क्षति न्यूनीकरण, किसानलाई कर्जा र सहयोग तथा खाद्य प्रशोधन जस्ता रणनीतिलाई राज्यले पूर्ण प्रतिबद्धता र इमान्दारी साथ लागू गर्न सक्नु पर्दछ । त्यसो भएमात्र युवा पुस्ता कृषि कर्ममा आकर्षित भई व्यावसायिकता अभिवृद्धि हुने थियो । खेती प्रणालीमा आधुनिकीकरण, मलखाद, बीउविजनको उपलव्धता र औजारका लागि अनुदान जस्ता कुराहरुमा राज्यबाट विशेष नीति बनाउन सकेमात्र उत्पादकत्वमा युवाहरु जुट्ने छन् । विदेशिएका युवा जनशक्तिलाई कृषिमा लगाउन सकेमा बेरोजगारी समस्या पनि समाधान हुने र नेपाल खाद्यान्नमा आत्मनिर्भर मात्र होईन कि फेरी निर्यात गर्ने सक्ने अवस्थामा पुग्ने छ ।

३ नम्बर प्रदेश सरकारले कृषिलाई व्यावसायिक, प्रतिपष्र्धी र दीगो बनाउने नीति तथा कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कृषि उत्पादनको बहुआयामिक उत्पादनलाई एकीकृत रुपमा विकास गर्न कृषि–वन–पर्यटन, वातावरणमैत्री कृषि उत्पादन तथा प्रांगारिक कृषिलाई सम्भाव्यताका आधारमा विभिन्न कृषि उपजहरुका लागि विशिष्टीकृत क्षेत्र घोषणा गरी प्रोत्साहन गर्ने भएको छ । नयाँ संरचना अन्तर्गत गठनभएको प्रदेश सरकारले आफुलाई कृषिमैत्री बनाउने प्रयास गरेको देखिन्छ । आगामी कार्यक्रमहरुका लागि योजना बनाउँदै गरेको प्रदेश सरकारले कृषि नीतिमा मौलिकता ल्याउन सक्नुपर्दछ । जुन कार्यक्रमले यस प्रदेशका सबै नागरिकहरुको आकर्षण कृषिमा हुन सकोस् । यसरी बनाईने नीति तथा कार्यक्रमहरु मिठा सपना देख्ने मात्र हुनुहँुदैन । आमनागरिकको संलग्नतामा योजना र कार्यक्रम बनाउन सके पक्कै पनि उनीहरुको अपनत्व हुने छ । आफैंले दिएका सुझाव अनुसरको कार्यक्रम भए भने मात्र त्यसलाई सफल बनाउन सक्रिय हुने छन् । त्यसैले ३ नं. प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने कृषकहरुको परामर्शमा नै नीति र योजना बनाउनु आवश्यक हुन्छ ।

प्रदेशको कृषिमा आधुनिक र व्यवसायिक बनाई खाद्य र पोषण सुरक्षा, कृषि उद्योग प्रवद्र्धन, एकीकृत कृषि, पशु सेवा, भूमि र सहकारी क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने उद्देश्य पुरा हुने हो भने साँच्चै यो प्रदेश कृषिमा देशकै नमूना बन्ने छ । भौतिक पूर्वाधार, प्रविधिको उपयोग, तीन वटा क्षेत्रहरुलाई कृषि औद्योगिक राजधानी घोषणा गर्ने सरकारको योजनाले पक्कै पनि युवाहरु समेत श्रम बजारका लागि विदेशिनु पर्ने छैन । योजना बनाउनु मात्र भन्दा पनि कार्यान्वयन पक्ष चुनौती पूर्ण हुने गरेका छन् । विगतमा केन्द्रीय सरकारले बनाएका कृषि सम्बन्धी योजना पनि निकै आकर्षक थिए । तर कार्यान्वयनमा कठिनाई हुँदा धेरै नेपालीहरु आफ्नो जग्गा जमिन बाँझो राखेर विदेशिने अवस्था बनेको हो । यो वास्तविकतालाई ध्यान दिँदै प्रदेश सरकारले व्यवहारिक र कार्यान्वयन गर्न सकिने नीति बनाउन आवश्यक छ । त्यो भए मात्र लक्ष्यमा पुग्न प्रदेश सरकार सफल हुने छ । हाल उपेक्षित पेशाका रुपमा रहेको कृषिलाई अब अपेक्षित बनाउन पनि प्रदेश सरकारले कृषिमा नयाँ नीति निर्माण गरी कृषि पेशालाई अनिवार्य बनाउन सक्नु पर्दछ ।






सम्बन्धित शिर्षक समाचारहरु
प्राविधिक शिक्षा र चुनौती
वैठक भत्ताको रकम
समाधानको पहल गरौं
वजेट कार्यान्वयको चुनौती
जनप्रतिनिधिले सेवा लिने कि दिने ?
अख्तियार अस्पताललाई हेर
प्रतिवेदनको पूर्ण विवरण खै ?
राजश्व संकलनमा सफलता
पूर्ण खोपयुक्त अभियानको सुरुवात
प्रदेश केन्द्रको निर्णय कहिले ?



  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top