: +०५७-५२६८३०, ९८५५०-६८२२७

विचार


चन्द्रपुर सार्वजनिक शौचालय विहिन

विचार 13 पटक पढिएको प्रशान्त लामा


केहि नगन्य मात्रामा चुरे पहाडको भू–भागसँग जोडिएको र लगभग ९९ प्रतिशत जति समथर भू–भाग रहेको तराई जहाँ हरियाली प्रशस्त मात्रामा देख्न सकिन्छ । त्यो ठाउँ हो चन्द्रपुर नगरपालिका । यस नगरपालिकाको उत्तरी भेगमा बढिजसो सिन्धुली, मकवानपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाहरुबाट बसाई–सराई गरी आएका मानिसहरु बसोबास गर्दछन् ।

उक्त क्षेत्रको मानिसहरुको बजार भन्नु नै चन्द्रपुर हो । यस नगरको चन्द्र निगाह बजारमा त्यस क्षेत्रका र अन्य ठाउँका मानिसहरु आ–आफ्ना आवश्यक सामानहरु किनबेच गर्नको लागि आउने गर्दछन् । मिश्रित जातजाति रहेको यस बजारमा होटल र लज साना देखि केही ठूला सम्म पनि छन् ।

खासै व्यवस्थित बसपार्क र यात्रु प्रतिक्षालय छ भन्न अलि कठिन छ अर्थात कामचलाउ छ भन्दा फरक नपर्ला । एउटा नगरपालिकामा कम्तिमा एउटा राम्रो सार्वजनिक शौचालय हुनुपर्ने हो तर विडम्बना त्यस्तो खालको सुविधा यो नगरपालिकाले उपलब्ध गराईएको पाइएन । व्यवस्थित सार्वजनिक शौचालयको सुविधा विना एउटा नगरपालिकाको कल्पना गर्नु एउटा दिवा सपना मात्र हो । विशेष गरेर यस नगरपालिकाको उत्तरी क्षेत्रतिरका अधिकांश मानिसहरु यस नगरपालिकाको सदरमुकाममा सामाग्रीहरु किनमेल (खरिद–बिक्री) गर्न आउँदा शौच अर्थात दिशा–पिसाब गर्न नपाएर सहेर (च्यापेर) गैंडाटारको बगरतिर आएर गर्नु परेको समस्या सुनाउँछन् । श्री सरस्वती आधारभूत विद्यालय, मोरङ्गेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप स्याङतान पनि चन्द्रपुरमा सार्वजनिक शौचालय नभएर समस्या भएको बारेमा दुःख व्यक्त गर्नुहुन्छ ।

वास्तवमा नगरपालिकाको सार्वजनिक शौचालय भन्नु नै एउटा अभिन्न संरचना हो । जुन नगरपालिकामा सार्वजनिक शौचालयको व्यवस्था छैन त्यहाँ खुल्ला–दिसा मुक्त क्षेत्रका बोर्ड राख्नुको औचित्य हुँदैन । यसथै यो विद्यमान समस्याको समाधान तर्फ छिटो भन्दा छिटो ध्यानाकर्षण भएमा देशकै सुन्दर नगरपालिका बन्न सक्छ भन्ने आँकलन गर्न सकिन्छ ।   





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277973 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top