+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

उदाहरणीय विद्यालय भर्ना अभियान



सम्पादकीय   9 पटक पढिएको   सम्पादकीय     

नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ । यसका आधारमा सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिलाउने जिम्मेवारी राज्यको हो । तर राज्यद्वारा सन्चालित विद्यालय र नीजि विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा आकाश जमिनको फरक छ ।

 सरकारी विद्यालयहरुमा प्रविधिसँग अभ्यस्त नभएका, जागिर खानको लागि विद्यालय जाने र आफ्नो अनुकूल दरबन्दी मिलान गर्ने प्रचलन बढी हुने हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बन्दै आएको छ । यस्तै सरकारी विद्यालयहरुमा राजनीतिक दलहरुको प्रत्यक्ष प्रभाव पर्ने भएको हुनाले गुणस्तरीय शिक्षाको विकास हुन सकिरहेको पाइँदैन । अतः निजी विद्यालयको व्यवस्थापनबाट पाठ सिकेर सर्वाङ्गिण सुधार गरेर जान सकिएन भने धेरै सार्वजनिक विद्यालयहरु बन्द हुनेछन् । त्यतिमात्र होइन कि सरकारी विद्यालयमा पढाउने शिक्षकदेखि राज्यको जिम्मेवार निकायमा बसेका सबैले नै आफ्ना सन्तान निजी विद्यालयमा नै पढाउने गरेका छन् । जसले शैक्षिक सुधार गर्नुपर्ने हो उनीहरु नै निजी विद्यालयप्रति आकर्षित भएपछि सार्वजनिक विद्यालयहरु गुणस्तर हिन हुनु स्वभाविक नै हो ।

तर हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आफ्नी नातिनीलाई सरकारी विद्यालयमा भर्ना गराउनुभएको छ । सामुदायिक विद्यालयतर्फ अभिभावकलाई आकर्षित गर्न मेयर महतले आफ्नी नातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको हो । सामुदायिक विद्यालयको गुणस्तरमा सर्वसाधारणले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र विद्यार्थीको आकर्षण बढाउन मेयरको यो कदम उदाहरणीय छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि स्थानीय तहबाट पनि सहयोग हुनु आवश्यक छ । सामुदायिक विद्यालयले अभिभावकको मन जित्न नसकेको अवस्थामा मेयरकी नातिनी भर्ना हुनु सामुदायिक विद्यालयको लागि अवसर पनि हो । आफु आधापेट खाने, ज्याला मजदुरी गर्ने तर सन्तानलाई निजी विद्यालयमा पढाउनै पर्ने सामाजिक बाध्यतालाई चिर्न पनि मेयरको कदमले सकारात्मक सन्देश प्रवाह गरेको छ । ठूलावडाका छोराछोरी निजी विद्यालयमा पढ्ने र गरिबका सन्तानले मात्र सरकारी विद्यालयमा पढ्नु पर्ने भन्ने भ्रमपूर्ण चिन्तनलाई गतिलो जवाफ हो मेयर महतको कदम । तर मेयरको कदमले स्थायित्व पाउनु पर्दछ । देखावटी रुपमा मात्र भर्ना गर्ने काम हुनु हुँदैन ।

मेयरको निर्णयले सरकारी विद्यालयहरुलाई पनि गुणस्तर सुधारमा दबाव पुग्ने छ । अध्ययन अध्यापनमा सुधार गर्न सकेमा सरकारी विद्यालयहरुले विद्यार्थीको अभाव झेल्नु पर्दैन भन्ने सन्देश पनि गएको छ । सामुदायिक विद्यालयहरुमा सचेत अभिभावकको उपस्थिति नहुने भएकोले निगरानी पनि छैन । यस्तै सरकारी शिक्षकहरु जागीरका लागि मात्र पढाउने गर्दछन् । सरकारी विद्यालयको शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्कँदै गएको छ । यसको प्रभाव निजी विद्यालयमा चाप बढेको छ । सरकारले लगानी गर्ने विद्यालयमा पढाउन नचाहने  अभिभावकहरुको मनस्थिति राज्यको शैक्षिक गुणस्तरका लागि चुनौती हो । राज्य कोषबाट तलब खाने शिक्षकले भन्दा आधा पनि पारिश्रमिक नपाउने शिक्षकहरुले पढाएका विद्यार्थीहरु अव्वल बन्ने गरेका छन् । त्यसैले पनि निजी विद्यालयहरुप्रति अभिभावकहरु आकर्षित भएका हुन् । यदि राज्य, अभिभावक र स्वयम् शिक्षकहरुबाट चाहेमा निजी विद्यालयबाट प्रदान गरिने शैक्षिक गुणस्तर सरकारी विद्यालयबाट पनि दिन सकिन्छ । शैक्षिक वातावरण, प्रविधिमैत्री शिक्षा, अभिभावक र विद्यार्थीको रुचिका पाठ्यक्रमको व्यवस्थापन गर्न सकेमा पक्कै पनि सबै अभिभावकहरुले महंगो शुल्क तिर्नुको सट्टा निशुल्क शिक्षा लिने छन् ।






सम्बन्धित शिर्षक समाचारहरु
प्राविधिक शिक्षा र चुनौती
वैठक भत्ताको रकम
समाधानको पहल गरौं
वजेट कार्यान्वयको चुनौती
जनप्रतिनिधिले सेवा लिने कि दिने ?
अख्तियार अस्पताललाई हेर
प्रतिवेदनको पूर्ण विवरण खै ?
राजश्व संकलनमा सफलता
पूर्ण खोपयुक्त अभियानको सुरुवात
प्रदेश केन्द्रको निर्णय कहिले ?



  • कांग्रेसद्वारा सभा अवरुद्ध/ प्रतिपक्षीद्वारा सरकारको आलोचना

    हेटौंडा, ४ साउनः नेपाली कांग्रेसले बिहिबार ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विशेष समयमा बोल्दै आफ्नो पार्टीले राखेका माग पूरा गर्न दबाव दिँदै संसद अवरुद्धको घोषणा गर्नुभएको थियो । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस हुने कार्यसूची थियो ।
    राजनीति
    108     प्रकाश दाहाल
  • पङ्खा र नगद सहयोग

    हेटौंडा, ४ साउनः मकवानपुरगढी गाउँपालिका ३ को ज्वालादेवी आधारभुत विद्यालयलाई नारी संरक्षण केन्द्र (डब्लुपीसी) ले पङ्खा र नगद सहयोग गरेको छ ।
    शिक्षा
    6     समाज संवाददाता
  • डा. गोविन्द केसी प्रकरण/ हेटौंडामा विरोधसँगै सेवा पनि

    हेटौंडा, ४ साउनः अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तत्पर नदेखिएको भन्दै हेटौंडा अस्पतालमा चिकित्सकहरुले विरोध जनाएका छन् ।
    स्वास्थ्य
    5     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top