: +०५७-५२६८३०, ९८५५०-६८२२७

विचार


सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो

विचार 244 पटक पढिएको सागर खतिवडा


सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
सामुदायिक विद्यालयप्रति आम अभिभावकको चासो कम भएको कारण संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको विशेषतः एसईईको नतिजालाई नियालेर कुरा काट्नेहरु प्रशस्तै छन् । यो कुरा चिर्दै आम अभिभावकको चासोलाई सामुदायिक विद्यालयतर्फ केन्द्रित गरी विश्वास जित्न धेरै सामुदायिक विद्यालयहरुले दिवा खाजा, अंग्रेजी माध्यमको पढाई, ड्रेस, व्याग लगायतका सुविधा देखाएर आकर्षित गर्ने प्रयास गरेको भए तापनि त्यो सफल हुन नसकिरहेको कारण भने हुने खाने वर्ग तथा विभिन्न क्षेत्रका नेतृत्व वर्ग लगायतका आम व्यक्तिहरुको सामुदायिक विद्यालयप्रति चासो नरहनु नै हो ।

यही कुरालाई मध्यनजर गरी सिद्धार्थ माविले दृढ अठोटका साथ अंगे्रजी माध्यमको पढाईलाई अगाडि सारेको छ । आफ्ना छोराछोरी र नानीबाबुलाई निजी विद्यालयमा पढाउने अनि सामुदायिक विद्यालयको गुणस्तर भएन भनेर कराउनु भन्दा पनि अब हामी सबैले आ–आफ्ना नानीबाबुलाई पायक पर्ने सामुदायिक विद्यालयमै भर्ना गरौं अनि गुणस्तर खोजौं भन्ने सन्देश प्रवाह गर्न सिद्धार्थ मावि सम्पूर्ण प्रबुद्ध वर्गमा अनुरोध पनि गर्दछ । पल्लो गरामा मकै रोपेर वल्लो गरामा फलेन भन्न छाडेर रोपेकै गरामा फल खोज्ने बानी बसाल्नु चाहिँ उचित होला कि । अब भने सामुदायिक विद्यालयप्रति समाजका अगुवाको चासो बढ्न गएको कुरा चैत २५ गते हेटौंडा उपमहानगरपालिकाका प्रमुख श्री हरिबहादुर महत ज्यूले आफ्नी नातिनीलाई सिद्धार्थ माविको नर्सरी कक्षामा भर्ना गरेको कुराले पनि स्पष्ट पारेको छ । यो हाम्रा लागि एउटा ठूलो अवसर र चुनौती दुबै हो ।

हुने खाने र पद, पहुँच हुनेका छोराछोरीहरु संस्थागत विद्यालयमै पढाउने परम्परा जस्तै बनिरहेको अवस्थामा माध्यमिक तहसम्मको शिक्षाको नेतृत्व लिएका व्यक्तिले नै सामुदायिक विद्यालय त्यसमा पनि सिद्धार्थ माविमा आफ्नी नातिनी भर्ना गरी आम अभिभावकहरुलाई सामुदायिक विद्यालयप्रति विश्वास गर्न सन्देश प्रवाह गर्नु हामी सबैका लागि एउटा राम्रो अवसर हो भने यसलाई टिकाई निरन्तरता दिने कार्य चुनौती पनि हो । हामी यस अवसर र चुनौती दुबैलाई सहर्ष स्वीकार्दै बढ्न विद्यालय व्यवस्थापन समिति (विव्यस), शिक्षक अभिभावक संघ (पीटीए) तथा शिक्षकहरु एकजुट भएका छौं । यसमा साथ दिन सम्पूर्ण अभिभावकलाई अनुरोध पनि गर्दछौं । विद्यालयका शिक्षक, कर्मचारी, विव्यस, पीटीए पदाधिकारी सबैले आफ्ना नानीबाबुलाई यसै विद्यालयमा पढाउने निर्णय गर्नु पनि सुखद् सन्देश हो ।

सिद्धार्थ माविले अब केवल कक्षाकोठा भित्रको पढाईलाई मात्र सबैथोक नठानेर विद्यार्थीको रुची, क्षमता र लगावलाई मध्यनजर गर्दै विभिन्न खेलकुद, नृत्य, गायन, कराँते लगायतका सीप विकास गराउने कार्यक्रम अगाडि सारेको छ । यसलाई मूर्तरुप दिन अब केवल अभिभावकको दह्रो साथ चाहिएको हुँदा हामी अभिभावक ज्यूहरुलाई विश्वास गर्न अनुरोध पनि गर्दछौं । महंगो शुल्क तिर्ने बानी परेका हामी सस्तोलाई गुणस्तरहीन ठान्छौं । मूल्यमा भन्दा पनि गुणमा विश्वास गर्ने हो भने हाम्रा सामुदायिक विद्यालय पनि कम गुणस्तरका छैनन् । सिद्धार्थ माविले अंगे्रजी माध्यमका कक्षालाई छुट्टै ब्लकको व्यवस्था गरी बोर्डिङ स्कूलले प्रयोग गरेका पाठ्य पुस्तकहरु नै प्रयोग गरी पठनपाठन गर्दैछ । भयरहीत, रमाइलो वातावरणमा बालमैत्री शिक्षण सिकाइलाई अगाडि बढाउन विद्यालयको भौतिक, आर्थिक पक्ष पनि उत्तिकै आवश्यक पर्ने हुँदा स्थानीय तहको यसतर्फ ध्यान जानु पनि उत्तिकै आवश्यक देखिन्छ ।

हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने । अब हामी शिक्षकहरु पनि अद्यावधिक हुनु जरुरी छ भने अभिभावकले पनि आफ्ना नानीबाबुलाई समय दिई उनीहरुका आवश्यकतालाई ध्यान दिनु उत्तिकै आवश्यक देखिन्छ । आफ्ना बालबच्चा के गर्दछन्, साथी संगति कस्ता छन्, के खान्छन् भनी ननियाल्ने हो भने कतै बाटो बिराएर नबिग्रिउन् । समय समयमा विद्यालय गई बुझ्ने र चासो दिने पनि गर्नुपर्दछ । भेषभूषा, खानपान, साथीसंगति, देखासिकीले पनि हाम्रा नानीबाबुहरुले बाटो बिराउन सक्छन्, यस तर्फ सचेत बनौं । गुणस्तरीय शिक्षामा परिवारको पनि भूमिका हुनुपर्दछ । कार होइन, संस्कार सिकौं, चित्र होइन, चरित्र बनाऔं भन्ने भावनाले अगाडि बढौं । सभ्य, सुसंस्कृत परिवार र समाज निर्माणमा हामी सबै एक जुट हाऔं । सबैसँग सादर अनुरोध । 

(लेखक हेटौंडा–२ स्थित सिद्धार्थ माविका सहायक प्रधानाध्यापक हुनुहुन्छ ।)





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277968 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top