: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


यो पनि भ्रष्ट्राचार हो

सम्पादकीय 12 पटक पढिएको सम्पादकीय


राज्यमा आमुल परिर्वतन गराई नेपालीलाई उत्पीडनबाट मुक्ती दिने उद्देश्यसहित भएको माओवादी सशस्त्र द्वन्द्वमा घाईते भएकाहरुलाई अपाङ्गताको स्तर हेरी आवश्यक्ताअनुसार जीवन वृत्तिका लागि राज्यले दिने सुविधामा अनियमितताको संकेत देखिएको छ । मकवानपुरमा अपाङ्गता प्रतिशत निर्धारण गर्ने समितिले अयोग्य व्यक्तिहरुलाई समेत सिफारिस गर्ने गरी प्रतिवेदन तयार पारेको पाईएको छ । सशस्त्र द्वन्द्वमा घाईते भएकाहरुको अपाङ्गता निर्धारण गरी सिफारिस गर्ने जिम्मेवारी पाएको प्राविधिक उपसमितिले तयार पारेको प्रतिवेदनमा कार्यविधि विपरित सिफारिस गरेको देखिएको छ ।

 द्वन्द्वक्रममा शारीरिक रुपमा ५१ प्रतिशत भन्दा बढी अपाङ्गता भएकालाई दिने जीवन निर्वाह भत्ता पाउने गरी अयोग्य व्यक्तिलाई सिफारिस गरेको हो । भत्ताका लागि हुनुपर्ने अपाङ्गताको प्रतिशत पुग्ने गरी प्राविधिक समितिबाट सिफारिस गर्दै प्रतिवेदन तयार भएको हो । पहुँचवालाहरुले नै पीडितका लागि उपलव्ध हुने सेवा सुविधा उपयोग गरिरहेको यो एउटा प्रतिनिधिमुलक घटनाका रुपमा लिन सकिन्छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने समिति मार्फत यस्तो सिफारिस गराउने प्रयास हुन्छ भने दुरदराजका पीडितको अवस्था र त्यहाँका टाठा वाठाहरुले गर्ने क्रियाकलाप सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिवेदन तयार गर्नका लागि कार्यविधिले तोके अनुसार जिम्मेवारी पाएका व्यक्तिहरु गैरजिम्मेवार देखिएका छन् । प्रत्येक पाँच वर्षमा अपाङ्गता प्रतिशत निर्धारण गर्नका लागि कार्यविधि २०७४ ले जिल्लास्तरीय समितिलाई जिम्मेवारी दिएको छ । यो समितिले अपाङ्गता पुनरावलोकनका लागि प्राविधिक उपसमिति मार्फत काम गर्दछ । हेटौंडा अस्पतालका मेडिकल अधिकृत, महिला तथा बालबालिका कार्यालयका प्रमुख र स्थानीय शान्ति समितिका प्रतिनिधि रहेको प्राविधिक उपसमितिले अयोग्य व्यक्तिलाई जबर्जस्ती योग्य बनाउने प्रयास गरेको छ । मासिक रुपमा प्राप्त हुने जीवन निर्वाह भत्ता ६ हजार दुई सय रुपैयाँका लागि यस्तो सिफारिस हुनु अनुसन्धानको विषय हो । जसलाई सिफारिस गर्नका लागि प्रतिवेदन बनाईएको छ । उनीहरु कार्यविधिको मापदण्ड भित्र पर्ने देखिँदैन । अघिल्लो पटक ५० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुलाई यसपटक भत्ताका लागि योग्य बनाउने काममा अस्पतालका मेडिकल अधिकृतको कमजोरी देखिन्छ । उनले यस्तो मुल्याङ्कन गर्दा अवलोकन र अनुसन्धान गरेको देखिँदैन । एक दिनमा २६ जनाको अपाङ्गता परीक्षण गरेको पाईएको छ । समान्य ओपीडीका विरामीलाई भन्दा पनि कम समयमा अपाङ्गता परीक्षण गरिएको छ । यस्तो परीक्षण स्वभाविक रुपमा तथ्यपरक हुन सक्दैन ।

भ्रष्ट्राचार कसैसँग घुस लिनु मात्र होईन, नियम विपरित गरिने सिफारिस वा लिखत गर्नु, झुठो विवरण पेश गर्नु वा बाध्य पार्नु पनि भ्रष्ट्राचार हो । यस्तो आचरणहरु पदीय जिम्मेवारी लिएकादेखि सामान्य नागरिक समेतले पनि गर्न सक्छन् । यस्तो आचरणका लागि मानिसले आफ्नो हैशियत समेत बिर्सन्छ । यस्तै भएको पाईएको छ जिल्लास्तरीय अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस समितिले गठन गरेको प्राविधिक उपसमितिको प्रतिवेदन । यो सिफारिस गराउनका लागि दवाव दिएको हुन सक्छ । कार्यविधिको क्षेत्रमा पर्नु र भत्ता लिनु स्वभाविक र जायज हुन्छ । तर कार्यविधिले दिएको क्षेत्र बाहिरका व्यक्तिहरुलाई सिफारिस गर्नु वा गराउनु भ्रष्ट्राचार हो । यस्तो क्रियाकलापलाई निरुत्साहन गर्नु आवश्यक छ । कसरी यस्तो प्रतिवेदन तयार पारियो भन्ने विषयमा अनुसन्धान हुनु पर्दछ । दोषि जो कोही भए पनि कारवाही नगर्ने हो भने पीडितका नाममा हुने यस्ता दुरुपयोगका घटनाहरुमा वृद्धि हुने छ । कतिपय मानिसहरुले आज पनि पीडितका नाममा आफ्नो जीविकोपार्जन पनि गरेका हुन सक्छन् । द्वन्द्व पीडितका नाममा राज्यले दिने राहतका अन्य विषयमाथि पनि निगरानी बढाउनु आवश्यक देखिन्छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284156 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top